बिस्वकर्मा ग्रिल उधोग

बिस्वकर्मा ग्रिल उधोग all equal think.

जनकपुरमा बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरेको प्रकरण: मुख्य अभियुक्त ताहिर राइन कारागार चलान, मिलापत्र गराउने वडा...
16/09/2026

जनकपुरमा बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरेको प्रकरण: मुख्य अभियुक्त ताहिर राइन कारागार चलान, मिलापत्र गराउने वडाध्यक्ष १ लाख धरौटीमा रिहा

जुनतारा खबर

काठमाडौं,धनुषाको जनकपुरस्थित दुईवटा होटेलमा १६ वर्षीया बालिकालाई १९ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार तथा देहव्यापारमा लगाएको जघन्य अपराधका मुख्य अभियुक्त ताहिर राइन पुर्पक्षका लागि कारागार चलान भएका छन्। धनुषा जिल्ला अदालतको आदेशपछि २३ वर्षीय राइनलाई कारागार पठाइएको हो।

घटनालाई २० लाख रुपैयाँमा मिलापत्र गराउन पीडित परिवारलाई दबाब दिएको आरोपमा पक्राउ परेका धनौजी गाउँपालिका–५ का वडाध्यक्ष याकुब कवारी भने अदालतको आदेशपछि एक लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।

कतार भागेका मुख्य अभियुक्त इन्टरपोलमार्फत पक्राउ

अपराधपछि वैदेशिक रोजगारीको बहानामा कतार भागेका ताहिर राइनलाई प्रहरीले इन्टरपोलको सहयोगमा रेड नोटिस जारी गरी गत २५ साउनमा नेपाल फर्काएर पक्राउ गरेको थियो।

अनुसन्धान मिसिलअनुसार अभियुक्तहरूले बालिकालाई दुई पटकसम्म अपहरण गरी अत्याचार गरेका थिए:

पहिलो घटना (२९ चैत २०८१): विवाहको प्रलोभन देखाएर बालिकालाई जनकपुर ल्याई बलात्कार गरिएको र होटेलमा बेचबिखनको प्रयास भएको थियो। बालिका भागेर ज्यान जोगाउन सफल भई ३ जेठ २०८२ मा प्रहरीमा जाहेरी दिए पनि प्रहरीले समयमै कारबाही नगर्दा अभियुक्त विदेश भाग्न सफल भएका थिए।

दोस्रो घटना (१७ असार २०८२): घरको दैलोमा निस्किएकी बालिकालाई आँखा बाँधेर पुनः अपहरण गरी जनकपुरको पिडारीचोकस्थित होटेल सीएफसी र मुरलीचोकस्थित मधेश प्रदेश गेस्ट हाउसमा १९ दिनसम्म बन्धक बनाइयो। त्यहाँ होटेल सञ्चालकसहितका व्यक्तिहरूले बलात्कार गरेको र ग्राहकबाट पैसा लिएरसमेत करणी गर्न लगाएको खुलेको छ।

दुई प्रहरीसहित एक दर्जन अभियुक्त, अधिकांश अझै फरार

यस जघन्य अपराधमा दुई जना प्रहरी कर्मचारीसहित करिब एक दर्जन व्यक्तिहरू संलग्न रहेको खुलेको छ। उनीहरूविरुद्ध मानव बेचबिखन, अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीका दुई छुट्टाछुट्टै मुद्दा जिल्ला अदालत धनुषामा विचाराधीन छन्। संलग्न अधिकांश अभियुक्तहरू अझै फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

अत्यधिक असुरक्षा र सामाजिक दबाबका कारण पीडित बालिका घटनायता हालसम्म पनि सेफ हाउसकै संरक्षणमा बस्न बाध्य छिन्।

सरकार नाश गर्न कुमार बेन काफी छन्ः सिंहकाठमाडौं। रास्वपा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीको प्रमुख सल्लाहकार कुमार ...
10/09/2026

सरकार नाश गर्न कुमार बेन काफी छन्ः सिंह

काठमाडौं। रास्वपा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीको प्रमुख सल्लाहकार कुमार बेनप्रति इंगित गर्दै उनका पछिल्ला गतिविधिप्रति गम्भीर आपत्ति जनाएका छन्।

उनले दिल्लीमा भारतीय जासुसी संस्थाको निमन्त्रणामा भ्रमण गरेको देखि सरकारी कमर्चारीहरूको हुर्मत लिएको विषय समेत उठाएका छन्।

‘एउटा जासुसी संस्थालाई भेट्न प्रधानमन्त्रीका सल्लाहकार जान्छन्। त्यहाँ दिल्लीको लिला प्यालेस होटलको दोस्रो फ्लोरमा बस्छन्’ उनले बेनको भ्रमणबारे भने, ’देवानन्दको गाइड फिल्म जस्तै यो सरकार चलिरहेको छ। एउटा सल्लाहकार नै यो सरकारको नाश गर्न काफी छ।’



बाढी प्रभावित क्षेत्रमा वाइसियलका ६०० स्वयंसेवक परिचालित काठमाडौँ। आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको नेपाली...
04/09/2026

बाढी प्रभावित क्षेत्रमा वाइसियलका ६०० स्वयंसेवक परिचालित

काठमाडौँ। आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध युवा दस्ता वाइसिएल (योङ कम्युनिष्ट लिग, नेपाल) भोटेकोशी बाढी पीडितको उद्धार तथा राहत वितरणका लागि रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा अग्रणी संगठनका रुपमा अहोरात्र खटिएको छ।

अध्यक्ष पुष्प ओलीको नेतृत्वमा उद्धार, राहत तथा सहयोगका लागि वाईसीएलले उद्वार र राहत टोली परिचालन गरेको छ।

सो संगठनका अनुसार सो टोलीले पहिलो चरणमा खाना पकाउने एलपी ग्याँस, दाल चामल लगायत खाद्यान्न लगायतका सामान होल्डिङ सेन्टरमा पुर्‍याएर फर्किएको हो।

त्यसैगरी बिहिबार वाइसिएलले ५० थान डस्ना ५० थान ब्ल्याङकेट ५० थान कुर्ता सुरुवाल, सेनेटरी प्याड लगायत सामान पनि तुप्चेको होल्डिङ सेन्टरमा पुर्‍याएको छ।

संगठनका स्वयंसेवकहरूले प्रभावितहरूको उद्वारका साथै पीडितहरूका निम्ति मेस सञ्चालन गरी खानेकुराको व्यवस्थापन समेत गरिरहेको छ।

23/08/2026

゚viralシfypシ゚

22/08/2026

माननीय हुन लायक छनत ??
゚viralシfypシ゚


20/08/2026

नाबालिका हत्या प्रकरणमा उठ्येा प्रहरी माथी प्रस्न ?
゚viralシfypシ゚



येा बालकले गरेकेा हुनै सक्दैन ।गम्भीर अनुसन्धान जरुरी छ । ゚viralシfypシ゚
19/08/2026

येा बालकले गरेकेा हुनै सक्दैन ।गम्भीर अनुसन्धान जरुरी छ ।
゚viralシfypシ゚


18/08/2026

चेत खुल्दै माननियहरुकेा ।
゚viralシfypシ゚

17/08/2026

माननीय सुधन गुरुङ ज्युकेा विवादित अभिव्यक्ति ।
゚viralシ



14/08/2026

महाकालीमा हामफालेर १ युवक वेपत्ता ।
゚viralシfypシ゚


Address

Ajman Industrial 1

Website

Alerts

Be the first to know and let us send you an email when बिस्वकर्मा ग्रिल उधोग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share