Dudhey Times 24×7

  • Home
  • Dudhey Times 24×7

Dudhey Times 24×7 "नछुटोस् कुनै समाचार, हाम्रो छ सबैतिर नजर"
Reg No : S0028903

13/09/2026

दार्जीलिङमा नयाँ पार्टीको घोषणा

13/09/2026

🌿 प्रकृतिको काखमा नयाँ सुरुवात!

भव्य रूपमा उद्घाटन भयो “Ghising Homestay” — हरियाली, शान्त वातावरण र आत्मीय आतिथ्यताको सुन्दर संगम। 🏡🌿

प्रकृतिसँग रमाउँदै अविस्मरणीय पल बिताउन, अब स्वागत छ Ghising Homestay मा।

प्रकृतिको काखमा, आफ्नै घरजस्तै अपनत्व। ❤️

सत्ता गुमेपछि मात्रै गोर्खाल्याण्डको राग अलाप्नु हास्यास्पद : अनुप गदालसन् २०१७ को गोर्खाल्याण्ड आन्दोलनलाई कमजोर बनाउँद...
13/09/2026

सत्ता गुमेपछि मात्रै गोर्खाल्याण्डको राग अलाप्नु हास्यास्पद : अनुप गदाल

सन् २०१७ को गोर्खाल्याण्ड आन्दोलनलाई कमजोर बनाउँदै जनताको भावनामाथि खेलवाड गरेर सत्ताको स्वाद चाख्नेहरूले सत्ता गुमेपछि फेरि गोर्खाल्याण्डको शब्द मुखमा ल्याँउनु हास्यास्पद भएको भारतीय जनता पार्टीका जिल्ला प्रवक्ता अनुप गदालले बताएका छन्।गदालले २०१७ को आन्दोलनका क्रममा गोर्खाल्याण्डविरोधी तत्वहरूसँग हात मिलाएर आन्दोलनलाई कमजोर पार्नेहरू अहिले सत्ताबाट बाहिरिएपछि गोर्खाल्याण्डको कुरा गर्न थालेको आरोप लगाए। उनले भने जब-जब गोर्खाको भाग्य उदय हुने समय आउँछ, तब-तब मीर जाफरहरू सक्रिय हुन खोज्छन्।उनका अनुसार सत्तामा रहँदा गोर्खाल्याण्डको ‘ग’ समेत उच्चारण नगर्नेहरूले अहिले आफूलाई गोर्खाल्याण्डप्रेमी र जातिका लागि लड्ने शक्ति भनेर प्रस्तुत गर्नु जनतालाई भ्रममा पार्ने प्रयास बाहेक केही होइन।गदालले २०१७ को आन्दोलनका क्रममा जनताले देखाएको अभूतपूर्व सहभागिता र बलिदानलाई केही स्वार्थी तत्वहरूले कुर्सीका लागि प्रयोग गरेको आरोप लगाए। “मीर जाफरहरूले गद्दारी नगरेका भए २०१७ को जनआन्दोलनले केही न केही सकारात्मक परिणाम अवश्य ल्याउने थियो उनले दाबी गरे।उनले थपे, “सत्तामा हुँदा आन्दोलन दबाउने, शहीदहरूको सपना बेच्ने र जनताको आन्दोलनलाई कुर्सीका लागि प्रयोग गर्नेहरूबाट सत्ता गुमेपछि मात्रै गोर्खाल्याण्डको कुरा सुन्दा अब पहाडका जनताले उनीहरूको कुरामा विश्वास गर्ने अवस्था छैन।”
गदालले सत्तामा रहँदा पहाडका युवालाई रोजगारी दिन नसकेको, विकास निर्माण तथा शिक्षा र स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाएको आरोप लगाउँदै अहिले गोर्खाल्याण्डको नाम लिएर जनताको भावनासँग पुनः खेलवाड गर्न खोजिएको बताए।उनले भने, “आज सबै कुरा गुमाइसकेपछि गोर्खाल्याण्डको शब्द उच्चारण गरेर पवित्र गोर्खाल्याण्डको भावनालाई नै कलंकित गर्ने प्रयास भइरहेको छ। पहाडका जनताले अब सबै कुरा राम्ररी बुझिसकेका छन्।”उनले विगतमा सत्ताको लाभ लिनेहरू फेरि जनतालाई भ्रममा पार्ने तयारीमा रहेको दाबी गर्दै वर्तमान राजनीतिक गतिविधिप्रति समेत प्रश्न उठाए।
गदालले गोर्खाल्याण्डको मुद्दाभन्दा जीटीएको ३१३ करोड रुपैयाँको विषयलाई लिएर बढी चासो देखिन थालेको आरोप लगाए।उनले सत्ताभोग गरिसकेपछि गोर्खाल्याण्डको नाम लिएर जनताको भावनासँग खेलवाड गर्नेहरू फेरि जनतालाई धोका दिने तयारीमा छन्। अर्कोतर्फ जीटीएको ३१३ करोड रुपैयाँमा र्‍याल चुहाउन थालेको देखिन्छ। यसबाट उनीहरूको ध्यान गोर्खाल्याण्डमा होइन, ३१३ करोड रुपैयाँमा केन्द्रित भएको भान हुन्छ।”यदि वास्तवमै गोर्खाल्याण्डको पक्षधर हो भने जीटीएको धनराशिमा होइन, गोर्खाल्याण्ड प्राप्तिको मुद्दामा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ छ।दार्जिलिङ पहाडको वर्तमान राजनीतिक परिवेशमा को कति पानीमा छ भन्ने कुरा जनताले स्पष्ट रूपमा बुझिसकेको दाबी गर्दै गदालले दार्जिलिङका लोकसभा सांसद राजू विष्टज्यूँलाई गोर्खा जातिको हितका लागि निरन्तर सक्रिय रहने नेता भएको बताए।उनले सांसद विष्टज्यूँ राज्यमा भाजपा सरकार नरहेको अवस्थामा समेत गोर्खा जातिको न्यायका लागि संघर्षरत रहेको दाबी गरे।
गदालका अनुसार, पश्चिम बंगालमा भाजपा सरकार गठन भएपछि सांसद राजू विष्टज्यूँको सक्रिय पहलमा केही साताअघि सिलिगुडीमा भारतका गृहमन्त्री तथा पश्चिम बंगालका मुख्यमन्त्रीको उपस्थितिमा पहाडको स्थायी संवैधानिक समाधानका विषयमा भएको सभा गोर्खा जातिका लागि महत्वपूर्ण उपलब्धि हो।आजको परिस्थितिमा पहाडको आशा र भरोसा भनेकै सांसद राजू विष्टज्यूँ हुन्। उहाँको कुशल नेतृत्वमा गोर्खा जातिले अवश्य न्याय पाउनेछ,” गदालले भने।गदालले अबको समय युवाहरूको भएको बताउँदै गोर्खा जातिको भविष्यका लागि युवा नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे।उनले सांसद राजू विष्ट ज्यूँ युवा पुस्ताका प्रतिनिधि भएको र जनताको समस्या जहाँ हुन्छ, त्यहाँ पुगेर समाधानका लागि पहल गर्ने गरेको दाबी गरे।चिया श्रमिकहरूले पाउने बोनसको विषयमा समेत सांसद विष्टज्यूँको पहल महत्वपूर्ण रहेको उल्लेख गर्दै गदालले गोर्खा जातिको हितका लागि विष्ट ज्यूँ निरन्तर सक्रिय रहेको बताए।गोर्खा जातिको मसिहाका रूपमा अघि आएका सांसद राजू विष्टज्यूँले नै गोर्खा जातिलाई सुरक्षित र सम्मानजनक स्थानमा पुर्‍याउनुहुनेछ। यसमा कुनै शंका गर्ने ठाउँ छैन। गदालले दाबी गरे।

12/09/2026

हार्दिक निमन्त्रणा

खेन रिन्पोछे फुर्बा दोर्जे
खेन्पो, Thekchen Guru Lhakhang, Mirik, Jangtayar Thapar Chöling Gumba Monastery, Pokhriabung

को मार्गदर्शनमा परमपूजनीय टुल्कु थामथोग रिन्पोछेको पावन उपस्थितिमा मिरिकमा विशेष आध्यात्मिक कार्यक्रम आयोजना हुँदैछ।

सेप्टेम्बर १९ र २०, २०२६ मा मिरिक गार्डेनमा हुने यस कार्यक्रममा सम्पूर्ण श्रद्धालु, अनुयायी तथा विभिन्न समुदायका दाजुभाइ–दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।

यस पावन अवसरमा रिन्पोछेको दर्शन, आशीर्वाद तथा आध्यात्मिक शिक्षाबाट लाभ लिँदै शान्ति, करुणा, सद्भाव र मानव एकताको सन्देशलाई आत्मसात् गरौँ।

आउनुहोस्, हामी सबै मिलेर प्रेम, करुणा र शान्तिको भावनासहित यस ऐतिहासिक आध्यात्मिक जमघटको हिस्सा बनौँ।

स्थान: मिरिक गार्डेन, मिरिक
मिति: सेप्टेम्बर १९–२०, २०२६

धर्म • शान्ति • करुणा • सद्भाव
एक मानवता • एक आवाज • एक लक्ष्य

दूधे बालासन नदीको २०० फिट बेली पुल १५ सेप्टेम्बरमा बन्द हुनेबालासन नदीमाथिको २०० फिट लामो ट्रिपल डबल नर्मल बेली पुलको मा...
12/09/2026

दूधे बालासन नदीको २०० फिट बेली पुल १५ सेप्टेम्बरमा बन्द हुने
बालासन नदीमाथिको २०० फिट लामो ट्रिपल डबल नर्मल बेली पुलको मासिक मर्मतसम्भारका लागि १५ सेप्टेम्बर २०२६ बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म नागरिक यातायातका लागि बन्द गरिने भएको छ।
१५ सेप्टेम्बरमा मर्मतकार्य सम्भव नभएमा १७ सेप्टेम्बरमा सोही समयमा पुल बन्द गरी मर्मतकार्य गरिने जानकारी दिइएको छ।

भारतिय जनता पार्टीको च्याँगा बस्ती पार्टी कार्यलयमा सुकना पानीघटा मण्डल अध्यक्ष अजय शर्मा ज्युको अध्यक्षतामा एक महत्वोपु...
11/09/2026

भारतिय जनता पार्टीको च्याँगा बस्ती पार्टी कार्यलयमा सुकना पानीघटा मण्डल अध्यक्ष अजय शर्मा ज्युको अध्यक्षतामा एक महत्वोपुर्ण सांगठानिक बैठक सप्पन्न भयो आजको बैठकमा च्याँगा पानीघटा, र सुकना - सिमलबाडी जम्मा २० वटा बुथका कार्यकर्ताहरको सहभागीतामा आगमी दिनमा पार्तीलाई थप शसक्त र गतिसिल बनाउने राजनीतिक बिशयमा गहन छलफल गरियो आजको बैठकमा मण्डल महासचिव राजिव छेत्री मण्डल उपाध्यक्ष लगायत प्रमुख कार्यकर्ताहरुको सक्रिय उपस्तिथि रहेको थियो । संगठन सुदृढीकरण तथा आगामी कार्यदिशाबारे सुकना–पानीघट्टा मण्डलको महत्त्वपूर्ण बैठक सम्पन्न
आज सुकना–पानीघट्टा मण्डल अन्तर्गत चेङ्गा पार्टी कार्यालयमा पार्टीको एक अत्यन्तै महत्त्वपूर्ण तथा बृहत् सांगठनिक बैठक सम्पन्न भयो। मण्डल अध्यक्ष श्री अजय शर्माज्यूको अध्यक्षता एवं कुशल नेतृत्वमा सम्पन्न उक्त बैठकमा चेङ्गा–पानीघट्टाका १५ वटा बुथ तथा सुकना–सिमुलबारी क्षेत्रका ५ वटा बुथका सक्रिय कार्यकर्ता तथा अगुवा प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
बैठकमा आगामी दिनहरूमा पार्टी संगठनलाई जगैदेखि कसरी अझ सुदृढ, सशक्त र गतिशील बनाएर अगाडि लैजाने भन्ने विषयमा गहन छलफल तथा रणनीतिक विचार-विमर्श गरियो।
यस अवसरमा मण्डलका महासचिव, उपाध्यक्ष लगायत मण्डल कार्यसमितिका मुख्य पदाधिकारीहरू, बुथ स्तरका संयोजकहरू तथा निष्ठावान कार्यकर्ता साथीहरूको गरिमामय उपस्थिति रहेको थियो।

स्ट. मेरी–III ग्राम पञ्चायतका प्रत्येक काम र बैठकबारे प्रतिनिधिलाई जानकारी गराउन भागोप्रमोको मागखरसाङ , ११ सेप्टेम्बर २०...
11/09/2026

स्ट. मेरी–III ग्राम पञ्चायतका प्रत्येक काम र बैठकबारे प्रतिनिधिलाई जानकारी गराउन भागोप्रमोको माग

खरसाङ , ११ सेप्टेम्बर २०२६।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (BGPM) लङ्गभ्यू ब्लक कमिटीले स्ट. मेरी–III ग्राम पञ्चायतसँग आफ्नो प्रतिनिधिलाई पञ्चायतका महत्वपूर्ण काम, कार्यक्रम तथा बैठकबारे जानकारी गराउन माग गरेको छ।

लङ्गभ्यू ब्लक कमिटीका संयोजक बुद्ध पाख्रिनद्वारा स्ट. मेरी–III ग्राम पञ्चायतका प्रधानलाई पठाइएको पत्रमा पञ्चायतअन्तर्गत सञ्चालन हुने महत्वपूर्ण कार्य, कार्यक्रम, बैठक तथा छलफलका विषयमा पार्टीका अधिकृत प्रतिनिधि/समन्वयकर्तालाई समयमै जानकारी गराउन अनुरोध गरिएको छ।

पत्रमा पञ्चायतका बैठक तथा अन्य कार्यक्रमबारे अग्रिम जानकारी उपलब्ध गराइएमा संगठनले आवश्यकताअनुसार उचित सहभागिता जनाउन सक्ने उल्लेख गरिएको छ।

पञ्चायत र BGPM लङ्गभ्यू ब्लक कमिटीबीच उचित समन्वय, सहकार्य र सञ्चार कायम राख्ने उद्देश्यले उक्त अनुरोध गरिएको पत्रमा जनाइएको छ।

कमिटीले आफ्नो अनुरोधलाई सकारात्मक रूपमा विचार गर्दै आवश्यक सहयोग गरिदिन पनि ग्राम पञ्चायतसमक्ष आग्रह गरेको छ।

11/09/2026

Dudhey Times 24×7
हार्दिक निमन्त्रणा

थेगचेन गुरु लाखाङ विकास समितिका सम्पूर्ण सदस्यहरूको तर्फबाट सम्पूर्ण श्रद्धालु, अनुयायी तथा मिरिकवासीहरूलाई परमपूजनीय टुल्कु थामथोग रिन्पोछेको पावन उपस्थितिमा आयोजना हुने विशेष आध्यात्मिक एवं अन्तरधार्मिक कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौँ।

आउनुहोस्, हामी सबै एकसाथ भेला भई शान्ति, करुणा र सद्भावको सन्देशलाई आत्मसात् गरौँ।

मिरिक गार्डेन, मिरिक
सेप्टेम्बर १९-२०, २०२६

एक मानवता • एक आवाज • एक लक्ष्य
शान्ति • करुणा • सद्भाव

11/09/2026

मिरिक बस्ती मा हेर्दा हेर्दा पैह्रो गयो

11/09/2026

दुधेको ह्युम पाइप ब्रिज भत्कियो ,

Address

Darjeeling

Alerts

Be the first to know and let us send you an email when Dudhey Times 24×7 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dudhey Times 24×7:

Shortcuts

  • Want your business to be the top-listed Advertising & Marketing Company?

Share