21/05/2026
आज माननीय क्षेत्र विधायक श्री Samdup Bhutia ज्यूले दिक्चुतर्फ जाने राजमार्ग अन्तर्गत पर्ने लोअर टिन्टेक खोलाको स्थलगत अनुगमन भ्रमण गर्नु भयो।
पर्याप्त कल्भर्टको अभाव र साँघुरो पानी निकास व्यवस्थाका कारण समस्या झेलिरहेको उक्त क्षेत्रमा अवरोधका कारण खोलाको पानी सडकतर्फ मोडिन गई तल रहेका केही घर तथा जमिनमा क्षति पुगेको अवस्थाबारे उहाँले गम्भीर चासो व्यक्त गर्नुभयो। साथै, प्रभावित परिवारहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको पीडा, समस्या र आवश्यकताबारे जानकारी लिनुभयो।
यसै क्रममा माननीय विधायकज्यूले जाङ, लोअर राक्दोङ, लोअर खेसेय तथा तुमिन–धनबारीको माचेयलाखामा पुगेर शोकसन्तप्त परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्नुभयो।
यात्राकै क्रममा निर्माणाधीन होमस्टे संरचनाको निरीक्षण गर्दै लाभग्राहीहरूसँग भेटघाट गरी स्थानीय पर्यटन तथा स्वरोजगार प्रवर्द्धनबारे पनि चासो व्यक्त गर्नुभयो।
भ्रमणका दौरान विभिन्न स्थानमा सर्वसाधारणसँग आत्मीय भेटघाट गर्दै उहाँहरूले राख्नुभएका गुनासा, सुझाव तथा निवेदनहरू धैर्यतापूर्वक सुन्नुका साथै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“जनताको दुःखमा साथ, विकासमा निरन्तर प्रतिबद्धता” — यही भावनासहित माननीय विधायकज्यू निरन्तर जनतामाझ। 🙏