Jaributti

Jaributti Online news स्वच्छ र निशपक्ष खबर प्रस्तुती हाम्रो प्रतिबद्धता।

22/02/2026

कालो हर्दी पेटको रोगको अचुक

21/02/2026

पिनासको काल

03/06/2025

यस्तो छ कालो हर्दिको औषधीय गुण

03/06/2025

तमर्केको मुन्टा खानुहोस्,सुगर कन्ट्रोलमा ल्याउनु होस्

26/05/2025

टाइफाइडको अचुक औषधि बासक

सुरक्षालाई ध्यानमा रख्दै सेलरोटी पुलमा गाडी रोक्न अनि फोटो खिच्न कालेबुङ जिल्ला प्रशासनले लगायो प्रतिबन्ध|
13/01/2025

सुरक्षालाई ध्यानमा रख्दै सेलरोटी पुलमा गाडी रोक्न अनि फोटो खिच्न कालेबुङ जिल्ला प्रशासनले लगायो प्रतिबन्ध|

हायमनदास राई किरात स्मृति पुरस्कार शुरु गरिने घोषणा जीटीए सूचना एवं सांस्कृतिक विभागप्रति आभार प्रकट गोर्खाल्याण्ड क्षेत...
13/01/2025

हायमनदास राई किरात स्मृति पुरस्कार शुरु गरिने घोषणा
जीटीए सूचना एवं सांस्कृतिक विभागप्रति आभार प्रकट

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अन्तर्गत सूचना एवं सांस्कृतिक विभागले आज नेपाली भाषा साहित्यका मूर्धन्य साहित्यकार तथा शताब्दी पुरुष हायमनदास राई किरातको नाममा आगामी वर्षदेखि पुरस्कार दिइने घोषणा गरेकोमा साझा साहित्य संरक्षण संस्था, गोरुबथानले आभार प्रकट गरेको छ।
साहित्य लेखनसँगैसँगै प्रकाशनको क्षेत्रमा पनि उतिकै उल्लेखनीय योगदान दिएर सिङ्गै नेपाली समाजलाई उपकृत तुल्याउने स्व. हायमनदास राई ‘किरात’-को नाममा जीटीए सूचना एवं सांस्कृतिक विभागद्वारा पुरस्कार घोषणा गरिनुपर्ने मागलाई साझा साहित्य संरक्षण संस्थाले धेरै वर्ष अघिदेखि उठान गर्दै आइरहेको थियो। गत 28 दिसम्बर 2024 को दिन एक टोलीले डुवर्सको साहित्यिक कार्यक्रममा जीटीए सूचना एवं सांस्कृतिक विभागका कार्यकारी सभासद अनोस थापासित भेट गरेर यस विषयबारे पुनः स्मरण गराएका थिए। कार्यकारी सभासद थापाले नै १३ जनवरी घोषणा गरिने जानकारी गराएका थिए। त्यसरी नै गत जनवरी पहिलो साता सिलगढीस्थित पिंटल भिलेजमा जीटीए मुख्य कार्यपाल अनित थापासित भेट गर्दा पनि यस विषयमा मुख्य कार्यपाल थापालाई पुनः जानकारी गराइएको थियो। मुख्य कार्यपाल थापाले यस विषयमा चाँडै घोषणा गरिने बताएका थिए।
जीटीएले नेपाली भाषा साहित्यका श्रीपेच हायमनदास राई किरातको स्मृतिमा पुरस्कार शुरु गरिने घोषणा गरेर महान कार्य गरेको मन्तव्य गर्दै साझा साहित्य संरक्षण संस्था गोरुबथानका सभापति तरूण राई अनि सचिव रूस्तम शर्माले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन मुख्य कार्यपाल अनित थापा, सूचना एवं सांस्कृतिक विभागीय कार्यकारी सभासद अनोस थापाप्रति कृतज्ञता प्रकट गरेका छन्। जीटीएकै सहयोगमा गोरुबथानमा आगामी १६ जनवरीको दिन पूर्णाङ्ग सालिकको पनि अनावरण भइरहेको छ।
स्मरण रहोस् आज जीटीए सूचना एवं सांस्कृतिक विभागद्वारा गाडीधुरामा आयोजित एक कार्यक्रममा नेपाली भाषा साहित्यका शताब्दी पुरुष हायमनदास राई किरात अनि एमएम गुरुङको स्मृतिमा आगामी वर्षदेखि पुरस्कार शुरु गरिने भारप्राप्त सभासद अनोस थापाले घोषणा गरेका छन्।
स्रोत :- Souraj Butang Rai

सिक्किम अपडेट ...गान्तोक शिशा गोलाईस्थित एउटा घरमा भीषण आगलागी...
13/01/2025

सिक्किम अपडेट ...
गान्तोक शिशा गोलाईस्थित एउटा घरमा भीषण आगलागी...

लोहागढको जियो मोबाइल टावर 'बाँदरको पुच्छर लौरो न हतियार' लोहागढ चियाबारीमा रहेको जियो कम्पनीको मोबाइल टावर काम नलाग्ने भ...
08/01/2025

लोहागढको जियो मोबाइल टावर 'बाँदरको पुच्छर लौरो न हतियार'

लोहागढ चियाबारीमा रहेको जियो कम्पनीको मोबाइल टावर काम नलाग्ने भएको छ। गाउँबासी यसको अनियमितता प्रति दुखेशो गर्छन्,यस बिषयमा स्थानीय युवा बिधान शर्माले यसरी गुनासो गरेका छन्।

छबिसेमा  सेनाको कन्वोई ट्रकको सामान्य दुर्घटनाआज बिहान मिरिकतर्फ जाँदै गरेको सेनाको कन्वोई ट्रकको छबिसेमा सामान्य दुर्घट...
07/01/2025

छबिसेमा सेनाको कन्वोई ट्रकको सामान्य दुर्घटना

आज बिहान मिरिकतर्फ जाँदै गरेको सेनाको कन्वोई ट्रकको छबिसेमा सामान्य दुर्घटना भएको छ। सौभाग्यवश, यस घटनामा कुनै मानवीय क्षति भएको छैन र केवल सवारी साधनमा क्षति पुगेको छ।
स्थानीय प्रशासन, एसएसबी, सेनाका जवानहरू र स्थानीय बासिन्दाहरूको तत्कालै प्रतिक्रियाले अवस्था नियन्त्रणमा आएको छ। करिब ३०-४० मिनेट रोकिन पुगेको यातायात चाँडै सामान्य अवस्थामा फर्किएको छ।
फसेको सवारी साधनलाई उद्धार गर्न जेसिबी परिचालन गरिएको थियो र सबै पक्षहरूको सामूहिक प्रयासले यस परिस्थितिलाई प्रभावकारी रूपमा समाधान गर्न मद्दत पुगेको छ।

Address

Gorubathan
735231

Alerts

Be the first to know and let us send you an email when Jaributti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jaributti:

Share