Hridai Lama Sandesh

Hridai Lama Sandesh Exploring you the facts and unseen. Updating the Essence and Core of peoples,places.

08/11/2023

शान्त संसार अनेकौं बिचार ।
Love U All.

29/10/2023

29/10/2023

09/06/2023

GTA चुनाव Vote भन्दा डरलाग्दो Vote हुनेछ यो Panchayat चुनाव-मन राख्नु भए पजि अलि अलि दिन्छ कोशिस गर्नेलाई।

06/10/2022

"आकाशलाई छोएको छ मेरो हिमालले"
क्षितिज पारीको खोजहरुमा
एउटा आन्दोलनको प्रतीक्षामा
पहाड पर्खिरहेका छ ।

09/07/2022

सिलगडी (शिला-गढी) को संक्षिप्त ईतिहास

• 17 सय शताब्दी भनौ अथवा 1640 मा सिलगढी लगायत तराई डुवर्स तथा जलपाईगढी सिक्किम राष्ट्रको क्षेत्र थियो। यहाँ रोंग र चोंग (लेप्चा र लिम्बू) हरुको विषेश बसोबास रहेको तथ्य छ। सिक्किम सु-खिम शब्दको अपभ्रंस हो। लिम्बू भाषामा (सु=नयाँ खिम=घर)।

•1780 मा पृथ्वीनारायण शाहको छोरा प्रताप सिँह शाहले सिक्किम माथि चडाई गर्छ।

• 1788-89: सिक्किममा गोर्खा फौजको आगमन पछि गोर्खा राजाले दार्जिलिङ पहाड र समतल वरिपरिको भुभाग टिस्टा नदिसम्म आफ्नो अधिनमा पार्छ।

• 1815: सम्म यो क्षेत्र गोर्खा राजाको अधिनमा रहन्छ। कतिपय गोर्खाली फौज यतैको रोंग स्त्रीहरु बिहे गरेर बस्छन। यसै बीच गोर्खा फौजले चीन माथी पनि चढाई गर्छ तर नराम्रो गरि हारको सामना गर्नु पर्छ।

• 1804-14: गोर्खा फौजले ईष्ट ईन्डिया कम्पनी अधिनस्त उत्तरतिरको भुभागहरुमा आफ्नो कब्जा जमाउनु थाल्छ जो ब्रीटिस सरकारलाई सहन हुँदैन। फलस्वरूप लर्ड ह्यास्टिङले नेपालसित (गोर्खा राजा) युद्धको घोषणा गर्छ र फेरि गोर्खा फौजले मिचेको कम्पनीको जमीन बिस्तारै वापस लिन थाल्छ।

• 4 फरवरी 1816: मकवानपुर युद्ध, ब्रीटिस र गोर्खा फौजको अन्तिम लडाइँमा ईस्ट ईन्डिया कम्पनीले 2 अफिसर 222 जवान गुमाउँछ भने लगभग 800 गोर्खाली सेना सहिद हुन्छन।

• 4 मार्च 1816: बिहारको रक्सौल देखि बीस मील दुरीमा भएको सुगौली सन्धीमा ब्रीटिस सरकारले नेपालले जितेको भुभागहरु क्रमशः दार्जिलिङ पहाड, सिलगडी, जलपाईगडी र वरिपरिको टिस्टा नदीसम्मको समतलका भूभागहरु फिर्ता लिए। यसरी गोर्खालीले ब्रीटिस ईन्डियासित आफ्नो जमीनसितै हात मिलाए। (हामी जमीनसितै आएका हौं भन्नुको तात्पर्य यो हो)। त्यस पछि गोर्खा फौजको शौर्य देखेर गोर्खालीलाई ब्रीटिस सरकारले ब्रीटिस-इन्डियन आर्मीमा भर्ना लिन थाले।

• 1836: ब्रीटीसले दार्जिलिङमा चिया रोप्न थाले। त्यस समय यहाँका जनजातिले मात्र काम गर्न नपुगेर गोर्खालीलाई पनि काम गर्न लगाईयो वा ल्याईयो। चियाको व्यापार गर्न सिलगढी रेल स्टेसन बनाए पछि पहाडलाई जोड्न The Darjeeling Himalayan Railway (DHR) को जन्म भयो। सैकडौं गोर्खालीहरु यहाँ श्रम कमाउन आए। लगभग प्राय नै मलेरियाको सिकार बन्न पर्यो। निकैले साँप र जंगली जनावरको सिकार हुन पर्यो।

• 1907: सिलगडी महकुमा बन्यो। यतिखेर यहाँको जनसंख्या मात्र 2000 थियो। केही हिन्दी र बंङ्ला भाषीहरु अवस्य थिए तर गोर्खाली बहुसंख्यक थिए।

• 1928: सिलगडी टाउन कमिटी गठन भयो। जर्ज माहबर्ट सुब्बा पहिलो अध्यक्ष बने र लगातार 1949 बीस वर्षसम्म यहि पदमा रहेर कार्य गरे।

• 1942: हजारौं गोर्खालीहरु बर्माबाट पलायन भएर उत्तर-पुर्वमा आए। जर्ज माहबर्ट सुब्बाले बर्मा छाडेर आएकाहरुलाई सिलगडीमा बस्न जग्गा मिलाई दिएका थिए जसलाई बर्मा बस्ती भनिन्थ्यो र आज आश्रम पाडा नामले चिनिन्छ।

• 1946-47: देश बिभाजन। हजारौं हिन्दु बंगालीहरु पुर्व पाकिस्तानबाट (अहिले बंगलादेश) भाग्न थाले र सिलगडी अथवा यस वरिपरिका स्थानहरुमा नयाँ घर बनाउन थाले।

• 1949: सिलगडी नगरपालिका बन्यो।

• 1951: प्रथम सिलगडी नगरपालिका चुनावमा बागबीर गुरुङ 1 नम्बर वार्डको कमिस्नर बने।

• 1959: भारत-नेपाल मैत्री सन्धी माथी हस्ताक्षर भयो। यसले खुल्ला सिमाना, निशुल्क व्यापार, गोर्खालीहरुलाई भारतीय सेनामा निरन्तर भर्ना आदि जस्ता प्रावधानहरु पारित गरियो। भारतले विषेश गरि निशुल्क व्यापार र वाणिज्यमा ठूलो फाईदा उठायो।

1952: स्वतन्त्र भारतको प्रथम जेनेरल इलेक्सन सम्पन्न भयो। जर्ज माहबर्ट सुब्बा सिलगडी-खर्साङ विधान सभा क्षेत्रबाट निर्वाचित भए।

1956: स्टेट रि-अर्गनाइजेसन (SRC) गठन भयो। यसरी ब्रीटिसले आधिकारिक तौरमा आधाकल्चो छाडेर गएको गोर्खालीको भुभाग बंगालमा गाभियो।

अब कुरा आयो-

खाँटी बंगालको बंगाली समुदायलाई भलामानुस भनिन्छ र उनीहरुलाई बंगालको ईतिहास बताई रहनु पर्दैन। तर जो-जसले पनि घरीघरी हामीलाई सत्तारूढ दलको काखी मन्तिरबाट बिदेशी भन्दैछ उनीहरु अवैध रुपमा (1947 भन्दा पनि धेरै पछि, त्यसैले यो ईतिहास थाह छैन) बंगलादेशबाट यता छिरेकाहरु हुन। यिनीहरुले गोर्खा मात्र होईन बंगालका रैथाने भद्र बंगाली जनसमुदायको शुद्ध पहिचानलाई पनि उत्तिकै क्षति पुर्याउँदैछ।

Cc
Copied 👆🙏

08/07/2022

सिलगडी (शिला-गढी) को संक्षिप्त ईतिहास
पढ्नु होस् याद राखनु होस् जरुरी छ।
समय लाएर पढ्नु होस् हामीले पनि खोजी निकालेर यहाँ सबै सामु राखेका हौं ।

-साभार

13/06/2022

दार्जिलिङ पहाडको एक लुकेको साधारण अनुहार श्रीमान फुर्बा तामाङ्ग एक योग्य राजनितीकारको लेख उहाँ के भन्नू हुन्छ त पढनुहोस # # # # # # # # # # # # # # # # # # #

आज १३ जुन सोमबार को दिन मलाई एउटा बिषयमा चित्त बुझेन र सानो मेरो आफ्नो बिचार लेख्न बाध्य भएको छु,,,, अहिले चुनाव को महलमा चिया बगानको कर्मचारीहरू संग खेलवाड गरेर राजनीति गर्दै छ,,,, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा ले यो पटक्कै राम्रो होइन,,,, कुरा के भने,यो राजनीतिक पार्टी चिया बगानको कर्मचारीहरू लाई अन्याय अत्याचार गर्ने बंगाल ले बनाएको राजनीतिक पार्टी भएर एउटा एन्जेसी पनि हो,,, भर्खर अनित थापाले यस्तो भनेको थियो बंसल कम्पनी ले १२ तारिख भित्रमा चिया बगानको कर्मचारीहरू को बेतन दिएन भने म चिया बगान लाई बस्ती बनाउँछु भन्दैथियो,१२ तारिख सक्यो आज १३ तारिख हो, फेरि आज देखि शुरु भयो नयाँ नाटक डिएम कार्यलय पो घेराउ गरियो फल के भयो जिरो,,,,,,यो हाम्रो दार्जिलिङ जिल्लाको चिया बगान १८५६ सालमा शुरू गरेको हो, चिया बगान एतिहासिक दरावरलाई जराई बाट मेटाउन चाहन्छ यो बंगाल को एजेन्ट भएर,,,,,,१८५६ सालमा तीन वटा चिया बगान रोप्ने काम भयो,, पहिलो तराईको चम्टा चिया बगान, दोस्रो खरसाङको वालटिन चिया बगान,र तेस्रो दार्जिलिङको आलुबारी चिया बगान,,,यो चिया बगान हाम्रो मुटु हो,,,, चिया बगानको कर्मचारीहरू को खर्च दिएको छैन अरे ,यो खर्च नदिनु भनेर कमिशन खाने यो नेताहरू हो ,,,२०२१ मा बंगालको बिधान सभाको चुनावमा यो बन्सल कम्पनी ले कति डोनेसन दियो , त्यही डोनेसन थापेर खाएँ पछि यो बन्सल कम्पनी को बिरोध मा बोल्छन् चूई बोल्दैन अहिले चुनाव को महलमा चिया बगानको कुरा गरेको मात्र हो,,,, अस्ति यो जिटीए चुनाव को कुरा केही नहुँदा किन के कारण चुई बोलेनन् यो अनित थापा,,, अहिले किन बोल्दैछ,,,यो अनित थापालाई ममता बनर्जी ले प्रत्येक महिना ३० लाख रुपैयाँ खर्च गरेर चिया बगानको कर्मचारीहरूलाई अन्यय अत्याचार गर्नु भनेर राखेको एजेन्ट हो,,,,अब फेरि झोलेहरूको मनमा प्रश्न आउँछ यो ३० लाख कसरी खर्च गर्दै छ भनेर है,,,,,,लौ सुन्नुस् झोलेहरू,,,,,,,,,,अनित थापा को हो ,,, कुनै पनि चुनाव मा बिजयी भएको जनप्रतिनिधि हो एमी हो, एमएलऐ हो नगरपालिका अध्यक्ष हो, आखिर को हो,,,को पनि होइन मतलब जनप्रतिनिधि नै होईन भनेपछि बंगाल को दलाल हो,,, एउटा कुरा अनित थापालाई साईरेन गाड़ी अगाडी पछाडी बंगाल को पुलिस ,एक जना पुलिस को तलब ४० हजार देखि ९० हजार रुपैयाँ सम्म छ यत्रो तीन गाड़ी पुलिस लाई तलब दिई दिई सुरक्षा दिएर राख्नु को मतलब के हो, कुरा सिधा छ मेरो चिया बगानको कर्मचारीहरू लाई र गोर्खाल्याण्ड को आवाज लाई दबाउनु को निम्ति राखेको बंगालको एजेन्ट हो,,,,,,, भोलि अर्को भागमा आउने छु, कृपया तपाईंको बिचार र सुझाव लेखिदिनु होला, शुभ रात्री

Address

Kalimpong

Website

Alerts

Be the first to know and let us send you an email when Hridai Lama Sandesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share