Timure Entertainment

Timure Entertainment ताजा रमाईला भिडियो, मनोरञ्जन साथै समाचारका लागि हामिलाई लाईक, फलो तथा हाम्रो पेज लाई शेयर गर्नुहोस !! Timure

गोरखाको घ्याल्चोक–धादिङको चरौदी जोड्ने झोलुङ्गे पुल त्रिशूली नदीमा आएको भोटेकोशी बाढीले बगाएको छ। पुल बगेपछि दुई क्षेत्र...
30/08/2026

गोरखाको घ्याल्चोक–धादिङको चरौदी जोड्ने झोलुङ्गे पुल त्रिशूली नदीमा आएको भोटेकोशी बाढीले बगाएको छ। पुल बगेपछि दुई क्षेत्रबीचको आवागमन प्रभावित भएको छ। नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्राकृतिक प्रकोपको बेलामा उद्धार गर्दा कहि कतै केहि न केही त कमि कमजोरी अवश्य पनि देखिन्छ। बिकशित देशमा त झन आफ्नो सुरक्...
29/08/2026

प्राकृतिक प्रकोपको बेलामा उद्धार गर्दा कहि कतै केहि न केही त कमि कमजोरी अवश्य पनि देखिन्छ।
बिकशित देशमा त झन आफ्नो सुरक्षाको प्रत्याभुति नभईकन कसैको पनि उद्धार गर्न नजानु भन्ने उर्दि नै छ।
तर यस पटक नेपालमा पहिले भन्दा धेरै नै सकारात्मक फरक कुरा देखियो। सरकार र आफ्नो ज्यानको पर्वाह नगरिकन उद्धारमा खटिने सुरक्षाकर्मिहरु लाई हृदय देखि नै नमन।
बिरोध गर्ने लाई त निहॅु मात्रै चाहिएको छ गर्दै गर्छन। यस्तो राष्ट्रिय बिपत्तिमा सबै संगै जानु पर्छ भन्ने कुरा थाहा हॅुदा हॅुदै पनि मसला खोज्ने लाई राम राम भन्ने हो कॅाध थाप्न आवश्यक छैन।

29/08/2026

भदौ १४, बिहान ४:३१ बजे

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढीको बहाव बढेको आवाज सुनिएको भन्ने सूचना छ यसै सूचना लाई आधारमानी हाललाई रसुवा, नुवाकोट, धादिंग सम्म नदी आसपास को क्षेत्रमा सतर्कता को अपील गर्दछौ। थप पुष्टी हुनासाथ अपडेट गर्दै जाने छौ ।
बाढी पुर्वानुमान महाशाखा
National Disaster Risk Reduction & Management AuthorityPMO Nepal

तीन दिन शव व्यवस्थापन केन्द्रमा बसेर देखेको र भोगेको कुरा !!भरतपुरमा शव व्यवस्थापनको अवस्था कति कठिन थियो भन्ने कुरा बाह...
29/08/2026

तीन दिन शव व्यवस्थापन केन्द्रमा बसेर देखेको र भोगेको कुरा !!

भरतपुरमा शव व्यवस्थापनको अवस्था कति कठिन थियो भन्ने कुरा बाहिर बसेर अनुमान गर्न सायद गाह्रो हुन्छ। तीन दिन शव व्यवस्थापन केन्द्रमा बसेर काम गर्दा मैले जे देखेँ र भोगेँ, त्यो जीवनभर बिर्सन सक्दिनँ।

गर्मीको समयमा बाहिरबाट हेर्दा पैसाले सबै कुरा सहज हुन्छ जस्तो लाग्न सक्छ। तर वास्तविक धरातलमा कस्तो समस्या थियो भन्ने कुरा त्यहाँ काम गर्नेहरूलाई मात्र थाहा थियो। आफन्तहरू आउनुहुन्थ्यो, तर आफ्नै मान्छेको अवस्था देखेर सम्हाल्न नसक्ने स्थिति थियो। कतिपयले त आफैं भन्नुभएको थियो— “हामी यस्तो अवस्थामा सम्हाल्न सक्दैनौँ, बरु तपाईंहरू नै अन्त्येष्टि गरिदिनुस्।”

पहिचान हुन नसकेका शवहरूको अवस्था झन् गाह्रो थियो। यस्तो सङ्कटको समयमा सामान्य सुक्खा हिउँसमेत सहजै पाउन नसकिने अवस्था थियो। शव राख्ने उपयुक्त ठाउँ र शवगृहको व्यवस्था कहाँबाट गर्ने भन्ने अर्को ठूलो चुनौती थियो। भन्न सजिलो हुन्छ, तर त्यहाँ उभिएर काम गर्नेलाई मात्रै वास्तविक कठिनाइ थाहा हुन्छ।

सबैभन्दा दुःख लाग्ने कुरा के थियो भने धेरै शव खोज्न आफ्ना मान्छेहरू नै आउनुभएन। आउनेहरू पनि प्रायः रसुवा र नुवाकोट बाहेकका बाहिरी जिल्लाबाट हुनुहुन्थ्यो। आफ्नै मान्छेको शव लिनसमेत कोही नआउने अवस्था देख्दा मन नै भारी हुन्थ्यो।

हामी भएको ठाउँ नारायणी आसपास थियो। चितवनमा मृत शरीरहरू ८–१० घण्टापछि पानीमा ढाडिएर आइरहेका थिए। शवको अवस्था यस्तो थियो कि धेरैलाई हेर्दा पहिचान गर्न सम्भव नै थिएन। मैले १०० भन्दा बढी शव देखेँ होला, तर अनुहार स्पष्ट भएर चिन्न सकिने एउटा मात्र भेटेँ।

ट्याटुबाट समेत पहिचान गर्न सकिने अवस्था थिएन। छाला नै निस्किएर गएको, मुख र आँखा सुन्निएको अवस्था थियो। कतिपय अवस्थामा महिला र पुरुष छुट्याउनसमेत गाह्रो हुने अवस्था थियो।

चितवनले सकेको तयारी गरिरहेको थियो। तर हामीले सोचेको भन्दा धेरै छिटो शवहरू बिग्रिन थाले। एकै दिनमा यस्तो अवस्था आउँछ भन्ने हामीले पनि कल्पना गरेका थिएनौँ।

अस्थायी रूपमा एउटा जुगाडकै भरमा तापक्रम सन्तुलन हुने कोठा बनायौँ। करिब ७–८ डिग्रीमा तापक्रम सन्तुलन भएको थियो होला। तर त्यसको क्षमता पनि करिब ६० वटा शवसम्म मात्र थियो। त्यसपछि के गर्ने भन्ने चिन्ता अर्को थियो।

त्यसैले कसैको शवको महत्त्व नबुझेर वा बेवास्ता गरेर त्यस्तो व्यवस्थापनको बाटो रोजिएको थिएन। त्यो बाध्यता थियो।

साथीहरूले असन्तुष्टि जनाउनुभएको केही पोस्टहरू पनि देखेँ। सरकार अभिभावक हो, घरमा बा–आमासँग गुनासो गरेजस्तै सरकारसँग गुनासो गर्न पाइन्छ। प्रश्न गर्नुपर्छ, कमजोरी देखाउनुपर्छ र सरकारलाई घच्घच्याइरहनुपर्छ।

तर हामी पनि यही देश र यही सरकारका छोराछोरी हौँ। त्यहाँ बसेर हामीले कसरी अझ राम्रो गर्न सकिन्छ भनेर सोचिरहेका थियौँ। त्यतिबेला दोष कसलाई दिनेभन्दा पनि अब के गर्न सकिन्छ भन्ने कुरा बढी महत्त्वपूर्ण थियो।

अब यस्ता विपद्का लागि देशभर कम्तीमा ४–५ वटा ठूला केन्द्र तयार गर्नुपर्ने देखिन्छ, जहाँ एकैपटक १००–२०० भन्दा बढी शव सुरक्षित रूपमा राख्न सकियोस्। सेनाका होल्डिङ सेन्टरहरूलाई पनि आवश्यक पर्दा यस्तो व्यवस्थापनसँग आबद्ध गर्न सकिने सम्भावना देखिन्छ।
त्यो विचलित भएर एकअर्कालाई दोष दिने समय थिएन। हामीले सोचेको भन्दा धेरै ठूलो धनजनको क्षति भएको थियो। यस्तो बेला सबै फुटेर होइन, जुटेर अघि बढ्नुपर्ने रहेछ।
सरकारलाई सचेत गराऔँ, प्रश्न गरौँ, कमजोरी भए औँल्याऔँ, घच्घच्याइरहौँ। तर एकोहोरो विरोध मात्र गरेर समस्या समाधान हुँदैन। त्यहाँ खटिएका कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूले पनि आफ्नो ठाउँबाट सक्दो उत्कृष्ट प्रयास गरिरहेका थिए।
ती तीन दिनले मलाई धेरै कुरा सिकायो। केही दृश्य र अनुभवहरू शब्दमा लेखेर मात्र व्यक्त गर्न सकिँदैन।यस्तो भयावह माहौल फेरि कहिल्यै देख्न र भोग्न नपरोस्।

दिवंगत हुनुभएका सबैप्रति हार्दिक श्रद्धाञ्जली।
हराइरहनुभएका सबै सकुशल भेटिनुहोस्—यही नै मनदेखि कामना।

❤️🙏
28/08/2026

❤️🙏

बाढी आएपछि छरछिमेकी जोगाउन कुदाकुद गरेका नुवाकोट-११, बिदुरका भीमप्रसाद प्याकुरेलले अन्ततः आफ्नै घर, आमा र केही नातागोता ...
28/08/2026

बाढी आएपछि छरछिमेकी जोगाउन कुदाकुद गरेका नुवाकोट-११, बिदुरका भीमप्रसाद प्याकुरेलले अन्ततः आफ्नै घर, आमा र केही नातागोता जोगाउन सकेनन्। 🥺🥺

अरूलाई जोगाउने दौडधुपमा रहेका भीमप्रसादले आफ्नै परिवार र वर्षौँको मेहनतले बनाएको घर गुमाउनुपर्‍यो।

आँसु झार्दै उनले भने, “४५ वर्षको उमेरसम्म कमाएको केही रहेन। १२ वर्ष अरबमा काम गरेर आएर जोडेको सबै सक्कियो।

बाढीले घर मात्रै बगाएको छैन, वर्षौँको पसिना, सपना र भोलिको आशासमेत बगाएको छ।

🚨 बाढी आउँदै!यो सूचना सबैसम्म पुर्‍याउन शेयर गरिदिनुहोस्। 🙏🙏भोटेकोशी नदी, रसुवामा बाढीको बहाव बढिरहेको छ र बाढी स्याफ्रु...
28/08/2026

🚨 बाढी आउँदै!
यो सूचना सबैसम्म पुर्‍याउन शेयर गरिदिनुहोस्। 🙏🙏

भोटेकोशी नदी, रसुवामा बाढीको बहाव बढिरहेको छ र बाढी स्याफ्रुबेसीसम्म आइपुगेको जानकारी प्राप्त भएको छ। नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

⚠️ नदी तथा खोलाको किनारमा नजानुहोस् र जोखिमको अवस्था देखिएमा तत्काल सुरक्षित स्थानतर्फ जानुहोस्।

यो सूचना सबैसम्म पुर्‍याउन शेयर गरिदिनुहोस्।

27/08/2026

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

Rasuwa Flood Update: अहिले सम्म ५५ जना भन्दा बढीको शव भेटिएको छ, ११४ जनाको उद्धार भएको छ भने एकदम धेरै बेपत्ता रहेका छन्...
26/08/2026

Rasuwa Flood Update: अहिले सम्म ५५ जना भन्दा बढीको शव भेटिएको छ, ११४ जनाको उद्धार भएको छ भने एकदम धेरै बेपत्ता रहेका छन्! 🥺😭

26/08/2026

बाढिले त्रिशुली बजारको अवस्था 🥺🥺

住所

Shinjuku-ku, Tokyo

ウェブサイト

アラート

Timure Entertainmentがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Timure Entertainmentにメッセージを送信:

ショートカット

共有する