25/04/2026
सुकुम्बासी बस्ती हटाउने प्रकरणले दुई फरक दृश्य देखाएको छ: 👇
पहिलो: नक्कली सुकुम्बासीहरू रातारात आफ्ना सामान सारेर अन्यत्र सर्दै छन्। उनीहरू सरकारले व्यवस्था गरेको आश्रयस्थलतर्फ गएका छनैन्। उल्टै कार्यवाहिमा परिने डर उनीहरुमा छ।
दोस्रो: सक्कली सुकुम्बासीहरू भने यस आशाका साथ बस्ती खाली गर्दैछन् कि यो सरकारले उनीहरुलाई दीर्घकालीन समाधान दिनेछ, संरक्षण गर्नेछ।
यी दुई परिदृश्यले सरकारप्रति आम नागरिकको मनोभाव स्पष्ट रूपमा झल्काउँछ।
गलत ढंगले लाभ लिइरहेका व्यक्तिहरू अहिले सरकारसँग वास्तवमै डराएका छन्। कारबाही हुने भय प्रस्ट देखिन्छ, र पहिलेझैँ राजनीतिक संरक्षणले जोगाउन सक्दैन भन्ने बुझाइ उनीहरूमा विकसित भएको छ।
त्यसैगरी, जो वास्तवमै समस्यामा परेका छन्, जो आजसम्म व्यवस्था बाहिर थिए उनीहरूमा भने सरकारप्रति भरोसा देखिन्छ। सरकारबाट सकारात्मक पहल हुने विश्वासका साथ उनीहरू सहकार्य गरिरहेका छन्।
अब सरकारको मुख्य दायित्व के हो भने यी दुवै पक्षलाई निराश नबनाउने।
नक्कली सुकुम्बासीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने, र सक्कली सुकुम्बासीलाई आवश्यक सहयोग र संरक्षण प्रदान गर्ने।
सरकारलाई सफलताको शुभकामना। 🙏