नेपाल मगर संघ जापान सांस्कृतिक समूह

नेपाल मगर संघ जापान सांस्कृतिक समूह “पट्ट मगरको काट छानिङ, लहो ढुट, धर्म र सांस्कृतिके माह्याकिङ"

20/07/2026

15th Nepal Festival 2026

20/07/2026

15th nepal festival 2026

हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौ ।।सर्वप्रथम सम्पुर्णमा जेदो, झोर्ले, सिमिङेपाउ 🙏 ☘️नेपाल मगर संघ जापान केन्द्रीय ...
09/06/2026

हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौ ।।
सर्वप्रथम सम्पुर्णमा जेदो, झोर्ले, सिमिङेपाउ 🙏

☘️नेपाल मगर संघ जापान केन्द्रीय समितिले आईतबार टोकियो स्थित कासाई रिन्काई पार्कमा आयोजना गरेको "भूमे पूजा तथा BBQ कार्यक्रम" भव्य रूपमा सम्पन्न भएको छ।

भूमे पूजाको पावन अवसरमा आयोजना गरिएको BBQ कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्विकार गरि सहभागी भई आफ्नो अमूल्य समय, साथ र उपस्थितिभई कार्यक्रमलाई सफल तथा स्मरणीय बनाइदिनु भएकोमा समस्त आदरणीय अतिथि ज्युहरु,दाजुभाइ, दिदीबहिनी, साथीभाइ तथा पाहुनाहरू लगायत शुभेच्छुकहरूमा नेपाल मगर संघ जापान केन्द्रीय समितिको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

भूमे पूजामार्फत हाम्रो संस्कृति, परम्परा र आपसी सद्भावलाई अझ मजबुँद बनाउने अवसर प्राप्त भयो भने BBQ कार्यक्रमले सबैलाई एकै ठाउँमा भेला गराई खुसी साटासाट गर्ने सुन्दर वातावरण सिर्जना गर्यो।यहाँहरूको माया, सहयोग र सहभागिताले कार्यक्रमलाई अझ विशेष बनाएको थियो।

आगामी दिनमा पनि नेपाल मगर संघ जापानले आयोजना गर्ने हरेक कार्यक्रममा यहाँहरुको यस्तै उल्लेखिनीय उपस्थीती सदाबहार रहि रहने छ भन्नेमा हामी विस्वस्त छौं।

तसर्थ : नेपाल मगर संघ जापान क्षेत्रीय समितिहरुले पनि भूमे पुजा तथा BBQ कार्यक्रम विभिन्न मितिमा जापानको अन्य शहरहरु गुन्मा, नागोया,ओशाका, फुकुओका र ओकिनावामा पनि गर्न लागेको हुनाले पायक पर्ने स्थानमा यहाँहरु जो कोहिले पनि उपस्थीत जनाउन सक्नु हुनेछ।

* फेरि पनि एकपटक भूमे पूजा तथा BBQ कार्यक्रम" मा उपस्थित
सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौ।🙏🌿🔥

नेपाल मगर संघ जापान केन्द्रीय समिति परिवार
टोकियो, जापान
प्रवक्ता : दुर्लभ सारु मगर

27/05/2026

नेपाल मगर संघ केन्द्रिय समिति जापानको साँस्कृतिक समुहद्धारा मोना फेस्टिवलमा गरिएको शोभायात्रा ( परेड) को दृश्य ।।

住所

Toshima, Tokyo

電話番号

+818046916554

ウェブサイト

アラート

नेपाल मगर संघ जापान सांस्कृतिक समूहがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

नेपाल मगर संघ जापान सांस्कृतिक समूहにメッセージを送信:

ショートカット

共有する