Hamro Khabar Bardiya हाम्रो खबर बर्दिया

  • Home
  • Nepal
  • Bardiya
  • Hamro Khabar Bardiya हाम्रो खबर बर्दिया

Hamro Khabar Bardiya  हाम्रो खबर बर्दिया Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Khabar Bardiya हाम्रो खबर बर्दिया, Social Media Agency, Bardiya.

17/06/2026

उखु किसान आन्दोलित, प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र
बर्दिया, असार ३ — बर्दिया र कैलालीका उखु किसानहरूले सरकारले उपलब्ध गराउनुपर्ने अनुदान रकम भुक्तानी नगरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन्।
उनीहरूले आज बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।
प्रमुख जिल्ला अधिकारी हमाललाई ज्ञापनपत्र बुझाउँदै किसान प्रतिनिधिहरूले निर्धारित ७ दिनभित्र अनुदान रकम भुक्तानी नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएका छन्। किसानहरूले समयमै समस्या समाधान नभए बर्दिया र कैलालीका हजारौं उखु उत्पादक प्रत्यक्ष प्रभावित हुने बताएका छन्।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हमालले किसानहरूको माग सम्बन्धित निकायसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राजापुर नगरपालिका–५ बदालपुरमा सञ्चालित राजापुर सुगर एण्ड केमिकल्स इण्डष्ट्रिज प्रालिमा उखु बिक्री गरेका ७ सय ८ जना किसानहरूको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा ७ दिनभित्र अनुदान रकम भुक्तानीको सुनिश्चित व्यवस्था गर्न माग गरिएको छ।
किसानहरूका अनुसार २०८२ साल पौष २२ गतेदेखि चैत्र १२ गतेसम्म उद्योगमा ४ लाख ८ हजार ४ सय ३८ दशमलव २८ क्विन्टल उखु बिक्री गरिएको थियो। उद्योगबाट प्रति क्विन्टल ६ सय २० रुपैयाँका दरले भुक्तानी प्राप्त भए पनि नेपाल सरकारले उपलब्ध गराउनुपर्ने प्रति क्विन्टल ७० रुपैयाँ अनुदान रकम भने हालसम्म प्राप्त हुन सकेको छैन।
उखु किसान अनुदान सम्बन्धी कार्यविधि २०७५ को दोस्रो संशोधन २०७९ अनुसार प्राप्त हुनुपर्ने रकम कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समयमै निकासा नगर्दा किसानहरू आर्थिक समस्यामा परेको बताएका छन्।

राजापुर नगरपालिका–६ मा क्षेत्रीय कार्यसमिति सदस्यसहित ८५ जनाले नेपाली कांग्रेस परित्याग गरेराजापुर, बर्दिया । राजापुर नग...
16/06/2026

राजापुर नगरपालिका–६ मा क्षेत्रीय कार्यसमिति सदस्यसहित ८५ जनाले नेपाली कांग्रेस परित्याग गरे

राजापुर, बर्दिया । राजापुर नगरपालिका वडा नं. ६ महुवा तथा आसपास क्षेत्रका नेपाली कांग्रेससँग आबद्ध ८५ जना कार्यकर्ताले सामूहिक रूपमा पार्टीबाट राजीनामा दिएका छन्।

मंगलबार जारी गरिएको सामूहिक राजीनामा पत्रमा उनीहरूले आफूहरू विगत २०५५ सालदेखि नेपाली कांग्रेसप्रति वफादार रही पार्टीको सिद्धान्त र विचारलाई आत्मसात् गर्दै विभिन्न तहमा रहेर योगदान पुर्‍याउँदै आएको उल्लेख गरेका छन्। तर पार्टी नेतृत्वले मानपुर–महुवा क्षेत्रका कार्यकर्तालाई निरन्तर उपेक्षा गरेको, उनीहरूको योगदानको उचित मूल्याङ्कन नगरेको तथा कार्यकर्ताप्रति विभेदपूर्ण व्यवहार गरेको आरोप लगाएका छन्।

राजीनामा पत्रमा नेपाली कांग्रेस नेपालको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भए पनि बर्दियामा लोकतान्त्रिक अभ्यास र कार्यकर्ताको सम्मानको अनुभूति हुन नसकेको उल्लेख गरिएको छ। “खोक्रो लोकतान्त्रिक अभ्यासमा सीमित भएको पार्टीमा रहेर देश र जनताको हितमा प्रभावकारी काम गर्न नसकिने निष्कर्षमा पुगेका छौं,” भन्दै उनीहरूले पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यता समेत त्याग गरेको घोषणा गरेका छन्।

राजीनामा दिनेहरूमध्ये क्षेत्रीय कार्यसमिति सदस्य जगत राम थारु, वडा उपसभापति बलिराम थारुलगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरू रहेका छन्। सामूहिक राजीनामासँगै स्थानीय राजनीतिक वृत्तमा यसको व्यापक चर्चा सुरु भएको छ।

राजापुर–६ क्षेत्रमा नेपाली कांग्रेसका सक्रिय कार्यकर्ताहरूको सामूहिक बहिर्गमनलाई पार्टीका लागि महत्वपूर्ण राजनीतिक झट्काका रूपमा हेरिएको छ। स्थानीय स्तरमा यस घटनाले आगामी राजनीतिक समीकरण तथा संगठनात्मक अवस्थामाथि प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

13/06/2026

राजापुर, बर्दिया । बर्दियाको राजापुर नगरपालिका वडा नं. ३ टेडियाकी एक महिलामाथि चक्कु प्रहार भएको छ।
प्रहरीका अनुसार महिलामाथि उनका प्रेमी भनिएका धनगढी निवासी धनिराम चौधरी ले चक्कु प्रहार गरेका हुन्। घटनामा घाइते भएकी महिलाको प्राथमिक स्वास्थ्य केन्द्र राजापुर मा उपचार भइरहेको छ।
घटनापछि आरोपी धनिराम चौधरी फरार रहेका छन्। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीले खोजी तथा पक्राउ अभियान तीव्र बनाएको जनाएको छ।
घटनाको कारण र थप विवरणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

06/06/2026

उखु किसानलाई अध्ययन भ्रमण: कञ्चनपुरको अनुभवबाट उत्साहित बने राजापुरका किसान
राजापुर, बर्दिया । बर्दियाको राजापुरमा सञ्चालित राजापुर सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रा.लि. ले आफ्ना उखु किसानहरूलाई अध्ययन तथा अवलोकन भ्रमण गराएको छ। किसानहरूको ज्ञान, सीप तथा अनुभव अभिवृद्धि गर्दै व्यावसायिक उखु खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले उद्योगले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित उखु खेती क्षेत्र र चिनी उद्योगको अवलोकन कार्यक्रम सञ्चालन गरेको हो।
भ्रमणका क्रममा किसानहरूले कञ्चनपुरमा रहेको महाकाली सुगर मिल तथा त्यहाँका सफल उखु किसानहरूसँग अन्तरक्रिया गरेका छन्। अन्तरक्रियाका क्रममा कञ्चनपुरका किसानहरूले करिब ४,२०० किसानले ६,००० हेक्टर क्षेत्रफलमा उखु खेती गर्दै आएको र उन्नत जातको बिउ, समयमै मल तथा सिँचाइको व्यवस्थापनका कारण राम्रो उत्पादन र आम्दानी लिन सफल भएको जानकारी दिएका थिए।
उखु खेतीबाट प्राप्त आम्दानीले किसानहरूको जीवनस्तरमा उल्लेखनीय सुधार आएको बताउँदै त्यहाँका किसानहरूले अधिकांश परिवारले कृषि यान्त्रिकीकरणमा जोड दिएको र धेरै किसानसँग आफ्नै ट्र्याक्टर तथा अन्य सवारी साधन रहेको अनुभव सुनाएका थिए। प्रारम्भिक चरणमा महाकाली सुगर मिल स्थापना हुँदा विभिन्न चुनौतीहरू सामना गर्नुपरे पनि अहिले उद्योग र किसानबीचको समन्वय राम्रो रहेको तथा उखु खेती लाभदायक बन्दै गएको उनीहरूको भनाइ थियो।
अन्तरक्रियाका क्रममा कञ्चनपुरका किसानहरूले राजापुरमा हालै सञ्चालनमा आएको राजापुर सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रा.लि. आधुनिक प्रविधियुक्त उद्योग भएकाले बर्दियाका किसानहरूका लागि ठूलो अवसर भएको बताएका थिए। राजापुर क्षेत्रको मलिलो माटो, पर्याप्त पानी र राम्रो उत्पादन क्षमता रहेको उल्लेख गर्दै उखु खेती विस्तार गर्न किसानहरूलाई सुझाव समेत दिएका थिए।
राजापुरबाट भ्रमणमा सहभागी किसानहरूले उखु खेती गर्ने विधि, उखुका विभिन्न जात, बिउ छनोट, मल व्यवस्थापन, उखु लगाइसकेपछि अन्य बाली लगाउन मिल्ने वा नमिल्ने लगायतका विषयमा जिज्ञासा राखेका थिए। किसान र प्राविधिकबीच भएको अन्तरक्रियाले उन्नत प्रविधि र व्यावसायिक खेतीसम्बन्धी महत्वपूर्ण जानकारी आदानप्रदान भएको थियो।
राजापुर सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रा.लि.का सुपरभाइजर कृष्णकुमार रेग्मीका अनुसार किसानहरूको क्षमता विकासका लागि सञ्चालन गरिएको यो अध्ययन तथा अवलोकन भ्रमण तीन चरणमा सम्पन्न गरिनेछ। उहाँले यस्ता कार्यक्रमले किसानहरूलाई व्यावसायिक तथा आधुनिक उखु खेतीतर्फ प्रेरित गर्नुका साथै उत्पादन वृद्धि र आम्दानी बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उद्योगले किसानमैत्री कार्यक्रमलाई निरन्तरता दिँदै उखु खेतीको विस्तार, उत्पादन वृद्धि तथा किसानको आर्थिक सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। अध्ययन भ्रमणबाट प्राप्त अनुभव र सिकाइले राजापुर क्षेत्रका किसानहरूलाई उन्नत र व्यावसायिक उखु खेतीतर्फ अग्रसर बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

दौलतपुर घाट झोलुङ्गे पुल अन्तिम चरणमाबर्दिया–कैलाली जोड्ने दौलतपुर घाटको झोलुङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको ...
06/06/2026

दौलतपुर घाट झोलुङ्गे पुल अन्तिम चरणमा
बर्दिया–कैलाली जोड्ने दौलतपुर घाटको झोलुङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। करिब पौने १६ करोड रुपैयाँ लागतको पुल सम्झौता अवधि भन्दा एक वर्षअघि नै सम्पन्न हुने भएको छ। निर्माण व्यवसायीले असारको पहिलो साताभित्र पुल हस्तान्तरण गर्ने लक्ष्य लिएको जनाएको छ।

बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नं. ५ बदालपुरकी अपांग बालिका नानू सुहाना चौधरीको जीवनमा मनकारी सहयोगले केही सहजता...
19/05/2026

बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नं. ५ बदालपुरकी अपांग बालिका नानू सुहाना चौधरीको जीवनमा मनकारी सहयोगले केही सहजता थपेको छ। आफ्नी हजुरआमाको सहारामा कठिन जीवन बिताइरहेकी सुहानालाई वडा नं. ५ का वडा अध्यक्ष रमेश दहित को पहल तथा सहयोगमा ह्विलचेयर प्रदान गरिएको हो।
ह्विलचेयर प्राप्त गरेपछि सुहाना र उनकी हजुरआमा (बजै) दुवैको अनुहारमा खुसी झल्किएको देखिन्थ्यो। आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी सुहानाको परिवार लामो समयदेखि संघर्षपूर्ण जीवन बिताउँदै आएको स्थानीयले बताएका छन्। सुहानाकी आमा अर्कै घरतर्फ गएको र बुबा रोजगारीका लागि बाहिर मजदुरी गर्ने भए पनि लामो समयदेखि सम्पर्कमा नरहेको बताइएको छ। परिवारको अवस्थाबारे अनिश्चितता कायम रहँदा सुहानाको पालनपोषण र हेरचाहको सम्पूर्ण जिम्मेवारी वृद्ध हजुरआमामाथि परेको छ।
हजुरआमाले आफ्नै जीविकोपार्जन गर्न कठिन भइरहेको अवस्थामा मामाघर तथा विभिन्न व्यक्तिसँग सहयोग माग्दै नातिनीको पालनपोषण गरिरहेको दुखेसो सुनाइन्। पढाइका क्रममा सुहानाकी दिदीले पनि कक्षा ८ मा अध्ययनरत रहँदा घर छोडेको आशंका गरिएको स्थानीय स्रोतले बताएका छन्, जसले परिवारको पीडा झन् थपिएको देखिन्छ।
यस्तो पीडादायी अवस्था प्रत्यक्ष देख्दा आफू भावुक बनेको र व्यक्तिगत रूपमा समेत केही सहयोग गरेको वडा अध्यक्ष रमेश दहितले बताएका छन्। उनका अनुसार ह्विलचेयरले सुहानाको दैनिक आवतजावत तथा सामान्य कामकाजमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
स्थानीयवासीले वडा अध्यक्षको सहयोगी भावना, मानवीय संवेदनशीलता तथा सामाजिक उत्तरदायित्वको प्रशंसा गरेका छन्। समुदायस्तरमा गरिएको यस्ता सहयोगले असहाय, अपांगता भएका तथा आर्थिक रूपमा कमजोर नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।

शान्त वातावरण स्वादिष्ट कफीको स्वाद मिठो चिया नास्ताको लागि अब अन्त धाउनै परेन राजापुरमा रहेको कृष्णसार अफसेट प्रेस सँग ...
07/05/2026

शान्त वातावरण स्वादिष्ट कफीको स्वाद मिठो चिया नास्ताको लागि अब अन्त धाउनै परेन राजापुरमा रहेको कृष्णसार अफसेट प्रेस सँग जोडिएको अगुवा क्याफे लाई सम्झिनुहोस्।

छात्रवृद्धि  आवेदन फारम भर्ने सम्बन्धीको अत्यन्त जरुरी सूचना यस लाइट एकेडेमी इङ्लिस बोर्डिङ स्कुल राजापुर ४ बर्दियाले आर...
06/05/2026

छात्रवृद्धि आवेदन फारम भर्ने सम्बन्धीको अत्यन्त जरुरी सूचना यस लाइट एकेडेमी इङ्लिस बोर्डिङ स्कुल राजापुर ४ बर्दियाले आर्थिक वर्ष २०८३ को लागिकक्षा नर्सरीदेखि कक्षा १० सम्मका लागि अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृद्धि कार्यक्रमसञ्चालन गरेको सहर्ष जानकारी गराउँदछौँ। लाइट एकेडेमी इङ्लिस बोर्डिङ स्कुल राजापुर ४ बर्दिया

बर्दियाको राजापुरमा ‘राजापुर प्राइड लिग–२०८२’ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। आयोजक राजापुर स्पोर्ट्स क्लबका अनुसार प्...
03/04/2026

बर्दियाको राजापुरमा ‘राजापुर प्राइड लिग–२०८२’ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। आयोजक राजापुर स्पोर्ट्स क्लबका अनुसार प्रतियोगिता चैत्र ३० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको संरक्षक राजापुर नगरपालिका रहेको छ भने जिल्ला क्रिकेट संघ बर्दियाको सहकार्य रहेको छ।
क्लबका अध्यक्ष बैधनाथ झाको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरी प्रमुख अतिथिका रूपमा सहभागी रहनुभयो। यस्तै, वडा नम्बर–३ का वडा अध्यक्ष प्रसादु थारु विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा क्लबका कोषाध्यक्ष कमल पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो।
प्रतियोगिताको पहिलो दिन आज कृष्णसार स्पोर्ट्स क्लब, गुलरिया र मध्यपश्चिम स्पोर्ट्स क्लब, गुलरिया बीच उद्घाटन खेल सञ्चालन भइरहेको छ।
राजापुर प्राइड लिगमा कुल ५ टिमको सहभागिता रहेको छ। सहभागी टिमहरूमा धोविनपुर किङ, कालिका बिक्स च्यालेन्जर, इलाइट इगल, मध्यपश्चिम स्पोर्ट्स क्लब र कृष्णसार स्पोर्ट्स क्लब रहेका छन्।
प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेट खेलको विकास तथा खेलाडीहरूको क्षमता अभिवृद्धिमा टेवा पुग्ने आयोजकको विश्वास रहेको छ।

02/04/2026

राजापुर नगरपालिका वडा न.६ काे आयोजनामा यही मिति २०८२ साल चैत महिनाकाे २१ गते सनिबार बिहान ५ बजे देखि जिल्ला स्तरीय याेगगुरुद्धारा शारीरिक तथा मानसिक व्यायाम याेग शिविर सञ्चालन हुने भएकोले वडाबासी सम्पूर्णमा सहभागिताकाे लागि हार्दिक आमन्त्रण गर्दछाैं ।
स्थान: मानपुर मा.वि काे प्राङ्गणमा
मिति: २०८२ चैत २१ गते
समय: बिहान ५ बजे

Address

Bardiya

Alerts

Be the first to know and let us send you an email when Hamro Khabar Bardiya हाम्रो खबर बर्दिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Khabar Bardiya हाम्रो खबर बर्दिया:

Shortcuts

Share