07/03/2026
हार्दिक धन्यवाद तथा आभार
आदरणीय बुबा,आमा दाजुभाई,दिदीबहिनी एबं सम्पूर्ण
आम मतदाता महानुभावहरू,
आज फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नं. २ का सम्पूर्ण मतदाताज्यूहरूले देखाउनुभएको उत्साह, सहभागिता र लोकतन्त्रप्रतिको उच्च प्रतिबद्धताप्रति म हृदयदेखि नै आभारी छु। लोकतन्त्रको पर्वमा आफ्नो अमूल्य मतमार्फत जनताको सार्वभौम अधिकार प्रयोग गर्नुभएकोमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।
यस निर्वाचन प्रक्रियालाई शान्त, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन अहोरात्र खटिनुहुने निर्वाचन आयोग, सरकारी निकायका सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, प्रशासन, पर्यवेक्षक तथा मतदान केन्द्रमा कार्यरत सम्पूर्ण जनशक्तिप्रति, साथै पार्टीको विभिन्न जिम्वेवारी भूमिकामा रहनुहुने सम्पूर्ण सहकर्मी एबं पार्टीको सम्पूर्ण पंक्ति प्रति विशेष आभार प्रकट गर्दछु। यहाँहरूको इमान्दारिता, कर्तव्यनिष्ठा र निष्पक्ष भूमिकाले नै लोकतन्त्रप्रति जनविश्वास अझ बलियो बनेको छ।
यसैगरी, निर्वाचनलाई सभ्य, प्रतिस्पर्धात्मक र विचारमूलक बनाउन भूमिका खेल्नुहुने सम्पूर्ण राजनीतिक दल तथा उम्मेदवार मित्रहरूलाई पनि धन्यवाद व्यक्त गर्दछु।
निर्बाचन प्रक्रियालाई पारदर्शी बनाउनु का साथै भयरहित मतदानका लागि समेत अभिप्रेरित गर्न महत्वपुर्ण योगदान गर्नुहुने सम्पूर्ण पत्रकार मित्रहरू तथा सञ्चार माध्यमप्रति पनि हार्दिक आभार व्यक्त गर्दछु।
मलाई विश्वास र साथ दिनुहुने, सुझाव–सल्लाह दिनुहुने तथा लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन योगदान पुर्याउनु हुने सम्पूर्ण नागरिक समाज, युवा, महिला, अग्रज, बुद्धिजीवी तथा समर्थकहरू प्रति म सदा आभारी छु ।
लोकतन्त्र केवल निर्वाचनमा सीमित हुँदैन, यो जनसेवा, जवाफदेहिता र निरन्तर संवादबाट सशक्त बन्छ। यहाँहरूको विश्वास, साथ र सुझावलाई सधैं मार्गदर्शनका रूपमा ग्रहण गर्दै चितवन क्षेत्र नं. २ को समृद्धि, सुशासन र समावेशी विकासका लागि निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु।
अन्त्यमा, लोकतन्त्रको यो पावन यात्रामा साथ दिनुहुने सम्पूर्ण महानुभावहरूलाई पुनः हार्दिक धन्यवाद।
मीना कुमारी खरेल
उम्मेदवार
प्रतिनिधि सभा निर्वाचन
चितवन क्षेत्र नं. २
नेपाली कांग्रेस