03/08/2026
हार्दिक श्रद्धाञ्जली
ईजी खोज कर्पोरेट ग्रुपका सदस्य तथा समाजसेवी आदरणीय कृष्ण आले सरको असामयिक निधनको खबरले हामी अत्यन्त मर्माहत भएका छौँ।
उहाँको सरल स्वभाव, सहयोगी भावना, सकारात्मक सोच तथा समाजसेवाप्रतिको समर्पण हामी सबैका लागि सधैँ प्रेरणाको स्रोत बनिरहनेछ। ईजी खोज परिवारप्रति उहाँले पुर्याउनुभएको योगदान र आत्मीय साथलाई हामी सदैव स्मरण गरिरहनेछौँ।
यस दुःखद घडीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभचिन्तकहरूमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी हार्दिक समवेदना व्यक्त गर्दछौँ।
हार्दिक श्रद्धाञ्जली! 💐
ईजी खोज बिजनेस ग्रुप परिवार
Grow by Giving • We are One