पुर्वी चितवन purbi chitwan

पुर्वी चितवन purbi chitwan चितवनको खैरहनी नगरपालिका लगायत समग्र पुर्बी चितवन आसपासका सूचना, समाचार र बिषयवस्तु उठान गर्ने हाम्रो लक्ष्य हो ।

20/06/2026
19/06/2026

भण्डारा अस्पतालका स्वास्थ्यकर्मीद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र

13/06/2026

खगेन्द्रमल्ली मध्यवर्ती क्षेत्र पर्यटकीय गन्तब्यको नयाँ बिकल्प बन्न सक्छ

10/06/2026

कठै, पैदल हिड्ने बाटो छैन

10/06/2026

राप्तीमा जारी वडाकप फुटबल प्रतियोगितामा सहभागी खेलाडीको अनुभव यस्तो छ

09/06/2026

राप्ती, वडाकप फुटबल प्रतियोगितामा वडा नम्बर ४ vs वडा नम्बर ५ (३-१ गोलले वडा नम्बर ५ बिजयी )

05/06/2026

कालिका सामुदायिक वनका महिला सदस्यलाई एकदिने उद्यमशीलता तालिम

चितवन, राप्ती । राप्ती नगरपालिका–८ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहका महिला सदस्यहरूलाई लक्षित गरी “उद्यमशीलता मार्फत महिला सशक्तीकरण” विषयक एकदिने तालिम सम्पन्न भएको छ। महिलाहरूको आर्थिक, सामाजिक तथा नेतृत्व क्षमताको विकास गर्दै आत्मनिर्भर बनाउन उद्देश्यले आयोजित तालिममा करिब दुई दर्जन महिला सदस्यहरूको सहभागिता रहेको थियो।

तालिमका प्रशिक्षक दीपक गौतमले उद्यमशीलताको महत्व, साना तथा घरेलु व्यवसाय सञ्चालनका सम्भावना, व्यवसाय व्यवस्थापन, बचत तथा लगानीको सही उपयोग, बजार व्यवस्थापन र महिलाहरूले स्थानीय स्रोत तथा सीपलाई उपयोग गरेर आयआर्जनका गतिविधि कसरी सञ्चालन गर्न सक्ने भन्ने विषयमा सहजीकरण गरेका थिए।

तालिममा सहभागी महिलाहरूलाई स्वरोजगार तथा उद्यम विकासका विभिन्न अवसरहरूबारे जानकारी दिइएको थियो। साथै, सफल उद्यमी बन्न आवश्यक आत्मविश्वास, नेतृत्व क्षमता र योजना निर्माणका विषयमा समेत प्रशिक्षण प्रदान गरिएको प्रशिक्षक गौतमले बताए।

कार्यक्रममा बोल्दै सहभागीहरूले यस्ता तालिमले महिलाहरूको क्षमता अभिवृद्धि गर्न तथा घरायसी कामकाजमा मात्र सीमित नभई आर्थिक गतिविधिमा सक्रिय बन्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए। उनीहरूले सिकेका सीप तथा ज्ञानलाई व्यवहारमा उतारेर आयआर्जन वृद्धि गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

कालिका सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक वन संरक्षणसँगै समुदायका महिला सदस्यहरूको सामाजिक तथा आर्थिक उत्थानका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। समूहका पदाधिकारीहरूले महिलाहरूलाई उद्यमशीलता र आयमूलक गतिविधितर्फ आकर्षित गर्न यस्ता तालिमहरू आगामी दिनमा समेत निरन्तर सञ्चालन गरिने बताएका छन्।

स्थानीय स्तरमा महिलाहरूको सहभागिता र नेतृत्व विकासलाई प्रोत्साहन गर्दै आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले सहभागी महिलाहरूलाई नयाँ सोच, आत्मविश्वास र उद्यमशील बन्ने प्रेरणा प्रदान गरेको आयोजकको विश्वास रहेको छ।

01/06/2026

राप्ती नपा ४ चितवनको दृश्य

राप्तीमा जेठ १९ गतेदेखि वडा कप फुटबल प्रतियोगिता हुने
30/05/2026

राप्तीमा जेठ १९ गतेदेखि वडा कप फुटबल प्रतियोगिता हुने

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when पुर्वी चितवन purbi chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share