Jahada-3 Helping Hands

  • Home
  • Jahada-3 Helping Hands

Jahada-3 Helping Hands Jahada-3 Helping Hands
Hands that serve. Hearts that care. Working for education, health, relief & welfare in Jahada-3. Together we rise. Together we serve. ❤️

विराटनगरको महेन्द्रचोकको भाइरल भिडियोको सन्दर्भमा। भिडियोमा देखिएको हातको इसारा अभद्र व्यवहार नभई "जेब्रा क्रसिङबाट बाटो...
06/09/2026

विराटनगरको महेन्द्रचोकको भाइरल भिडियोको सन्दर्भमा।
भिडियोमा देखिएको हातको इसारा अभद्र व्यवहार नभई "जेब्रा क्रसिङबाट बाटो काट्नु" भनेर सम्झाएको थियो। भिडियोमा युवाले गरेको हातको इसारा "अभद्र व्यवहार" नभएर "जेब्रा क्रसिङबाट बाटो काट्नु" भनेर सम्झाएको थियो। तर केही मिडियाले वास्तविकता नबुझिकनै भ्रामक हेडलाइन बनाएर भाइरल गरे।

🙏 श्री राम जानकी मन्दिरका चोरी भएका मूर्ति फेला परेको खुसीको खबर 🙏केही दिनअघि हाम्रो जहदा गाउँपालिका–३ स्थित श्री राम जा...
06/09/2026

🙏 श्री राम जानकी मन्दिरका चोरी भएका मूर्ति फेला परेको खुसीको खबर 🙏

केही दिनअघि हाम्रो जहदा गाउँपालिका–३ स्थित श्री राम जानकी मन्दिरबाट चोरी भएका २ वटा पित्तलका मूर्ति खोजी गर्ने क्रममा आज हाम्रो जहदाका युवाहरूको निरन्तर प्रयास र मेहनतले भारतको डोरिया भन्ने स्थानबाट सफलतापूर्वक फेला पार्न हामी सफल भएका छौँ। 🙏❤️

यो सफलता कुनै एक व्यक्ति वा समूहको मात्र नभई सम्पूर्ण जहदा–३ का युवाहरूको एकता, मेहनत, साहस र आपसी भाइचाराको परिणाम हो। विगत ५ दिनदेखि हिन्दू–मुस्लिम सबै समुदायका युवा साथीहरू मिलेर दिनरात नभनी मूर्ति खोजी गर्ने अभियानमा जुट्यौँ र अन्ततः आज खुसीको खबर पाउन सफल भयौँ। 🤝❤️

यस खोजी अभियानमा विशेष रूपमा महत्त्वपूर्ण योगदान दिनुहुने मुकेश झा, प्रमोद मण्डल लगायत Jadaha-3 Helping Hands का सम्पूर्ण युवा साथीहरूप्रति हृदयदेखि नै धन्यवाद तथा सम्मान व्यक्त गर्दछौँ। 🙏❤️

हाम्रो उद्देश्य सधैँ धर्मभन्दा माथि मानवता, समुदायभन्दा माथि एकता र समस्याभन्दा माथि समाधान हुनुपर्छ भन्ने सन्देश दिनु हो। हिन्दू–मुस्लिम सबै मिलेर आफ्नो गाउँको धार्मिक सम्पदा र सामाजिक सद्भावको संरक्षण गर्न सकिन्छ भन्ने उदाहरण आज हामीले प्रस्तुत गरेका छौँ। 🤝🕉️☪️

भोलि बिहान विधिवत् रूपमा उही मन्दिरमा मूर्तिहरू पुनःस्थापना गर्ने तयारी गरेका छौँ। यो क्षण सम्पूर्ण जहदा–३ का लागि खुसी, गर्व र एकताको क्षण हुनेछ। 🙏

मूर्ति भेटिनु मात्र सफलता होइन, हाम्रो गाउँका युवाहरू एकजुट भएर असम्भव जस्तो देखिएको काम सम्भव बनाउनु नै सबैभन्दा ठूलो सफलता हो। ❤️

सम्पूर्ण सहयोगी हातहरूलाई हार्दिक धन्यवाद।
जहदा–३ एकता जिन्दाबाद ❤️🤝
हिन्दू–मुस्लिम भाइचारा जिन्दाबाद ❤️
जहदा–३ Helping Hands 🤝❤️

04/09/2026

Stop Harassment ❌

विराटनगरमा युवतीहरुलाई अभद्र व्यवहार गर्ने २ जना पक्राउ मिति २०८३/०५/१९ गते महेन्द्रचोकमा विद्यालय पोशाकमा रहेका युवतीहर...
04/09/2026

विराटनगरमा युवतीहरुलाई अभद्र व्यवहार गर्ने २ जना पक्राउ

मिति २०८३/०५/१९ गते महेन्द्रचोकमा विद्यालय पोशाकमा रहेका युवतीहरुलाई मोटरसाइकलमा आएर अभद्र व्यवहार गर्ने महेश कुमार मण्डल र अखिलेश कुमार प्रसादलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ।
सार्वजनिक स्थानमा कसैलाई पनि यस्तो व्यवहार गर्ने छुट कसैलाई छैन।

03/09/2026

मन्दिरमा भएको मूर्ति चोरीबारे गम्भीर अनुसन्धान र जनअपिल 🙏

हिजो हाम्रो मन्दिरबाट २ वटा पित्तलका मूर्ति चोरी भएको दुःखद तथा गम्भीर घटनाबारे अनुसन्धान गर्न क्षेत्र नं. ५ का कोशी प्रदेश सभा सदस्य आशा झा ज्यू आज मन्दिरमा आई घटनाबारे जानकारी लिनुका साथै स्थलगत निरीक्षण गर्नुभएको छ।

यस घटनालाई सामान्य रूपमा नलिई सम्बन्धित सुरक्षा निकायले निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी चोरी भएका मूर्ति तत्काल खोजी गर्न तथा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन हामी जोडदार माग गर्दछौँ।

सम्पूर्ण स्थानीयवासीमा विशेष अपिल
घटनासँग सम्बन्धित कुनै जानकारी शंकास्पद गतिविधि वा व्यक्तिबारे जानकारी भएमा अफवाह नफैलाइकन सम्बन्धित प्रहरी निकाय वा मन्दिर व्यवस्थापनलाई तुरुन्त जानकारी गराइदिनुहोस्।
सबैको सहयोग र एकताबाट मात्रै सत्यतथ्य बाहिर ल्याउन सकिन्छ।

मन्दिर हाम्रो आस्था र सम्पूर्ण समुदायको साझा सम्पत्ति हो। यसको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो। 🙏

#मूर्ति_चोरी #अनुसन्धान #जनअपिल #मन्दिर_संरक्षण #सत्यतथ्य_बाहिर_आओस्

02/09/2026

🚨 दुःखद घटना | मूर्ति चोरी 🚨

जाहदा गाउँपालिका वडा नं. ३ स्थित श्री राम जानकी मन्दिरबाट आज बिहान करिब ३–४ बजेको बीचमा २ वटा पित्तलका मूर्ति चोरी भएको घटना सार्वजनिक भएको छ। 🛕😔

धार्मिक आस्थाको पवित्र स्थलबाट यसरी मूर्ति चोरी हुनु अत्यन्तै दुःखद र निन्दनीय कार्य हो। यस घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ।

कसैले उक्त समयमा शंकास्पद व्यक्ति वा गतिविधि देख्नुभएको भए सम्बन्धित प्रहरी वा मन्दिर व्यवस्थापनलाई जानकारी गराइदिनुहुन अनुरोध गर्दछौँ।

धार्मिक सम्पदाको संरक्षण गरौँ। 🙏🛕

त्रिशूली नदीमा आएको भीषण बाढी–पहिरोको दुःखद खबरले मन निकै भारी भएको छ। 💔🌧️प्राकृतिक विपत्तिका कारण धेरै परिवारले आफ्ना आ...
26/08/2026

त्रिशूली नदीमा आएको भीषण बाढी–पहिरोको दुःखद खबरले मन निकै भारी भएको छ। 💔🌧️
प्राकृतिक विपत्तिका कारण धेरै परिवारले आफ्ना आफन्त घर–सम्पत्ति र जीवनका महत्वपूर्ण आधारहरू गुमाउनुपरेको पीडा शब्दमा बयान गर्न कठिन छ। यस्तो विपत्तिको खबर सुन्दा जो–कोहीको मन दुख्छ।

यस दुःखद घटनामा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। 🙏 घाइते तथा प्रभावित सबैको शीघ्र उद्धार उपचार र सुरक्षित जीवनको कामना गर्दछु।

पीडित परिवारहरूको आँसुमा हामी सबैको साथ होस्, दुःखको यस घडीमा एक–अर्काको सहारा बनौँ। 🤝❤️
प्रकृतिको प्रकोप रोक्न नसकिएला, तर विपत्तिमा मानवता देखाउन भने अवश्य सक्छौँ।

भगवानले सबैको रक्षा गरून्। 🙏
त्रिशूलीको यो पीडा चाँडै शान्तिमा बदलियोस्। 💔

🚨 जहदा–३ मा दुःखद घटनाजहदा–३ मा मन्दिरदेखि पश्चिम जाने बाटो अगाडि विषालु पदार्थका कारण धेरै निर्दोष जनावरहरूको मृत्यु भए...
25/08/2026

🚨 जहदा–३ मा दुःखद घटना

जहदा–३ मा मन्दिरदेखि पश्चिम जाने बाटो अगाडि विषालु पदार्थका कारण धेरै निर्दोष जनावरहरूको मृत्यु भएको दुःखद घटना भएको छ। 🥺💔

बोल्न नसक्ने निर्दोष प्राणीहरूको ज्यानसँग खेलवाड गर्नु अत्यन्तै निन्दनीय कुरा हो। सम्बन्धित निकायले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्छ।

निर्दोष जनावरको जीवन पनि जीवन नै हो। 🐾🙏
न्यायको आवाज उठाऔँ।

Address

Jahada-3, Morang

Website

Alerts

Be the first to know and let us send you an email when Jahada-3 Helping Hands posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed advertising & marketing company?

Share