NXT NEPAL

NXT NEPAL समाचार भनेको आँखासँगै दिमाग पनि खोल्ने हुनुपर्छ।
कहिलेकाहीँ आगोजस्तै पोल्ने हुनुपर्छ।
मिठो त चकलेट छँदै छ नि।

26/05/2026

ग्रामीण दूरसञ्चार कोषको रकम खर्च गरेर गाउँ गाउँमा सञ्चार सुविधा पुर्याउनुपर्छ : महावीर पुन

26/05/2026

प्रधानमन्त्री वालेन्द्र शाहज्यूले आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संयुक्त भेटवार्ता गर्नुभएको छ ।

26/05/2026

विराटनगरमा हटियापछि फ्याकिएको तरकारीले सडक फोहोर र दुर्गन्धित

24/05/2026
21/05/2026

सरकारसँग सहकारी पिडितलाई फिर्ता दिएको पैसाको स्रोत माग्दै हर्क साम्पाङ

17/05/2026

बुटवलमा आज आइतबार सुकुम्बासी हरूले सरकारको विरुद्ध विरोध प्रदर्शन गरेका छन्।
#सुकुम्बासी #समस्या

15/05/2026

संविधान संशोधनका लागि सरकारले बनाउँदा जिएनजीहरू किन गएनन्?
द काउन्सिल अफ जेन्जी प्रदेश १ का संयोजक उपार्जन चाम्लिङसँग गरिएको कुराकानी

13/05/2026

सरकारले नीति तथा कार्यक्रममा विज्ञान प्रविधि र नवप्रवर्तनलाई व्यवस्था गरेपछि सांसद पुन दुखित

राष्ट्रिय स्वतन्त्र पार्टीले अधिवेशनको कार्यतालिका स्वीकृतराष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला तथा पालिका अधिवेशनको कार्य...
10/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टीले अधिवेशनको कार्यतालिका स्वीकृत

राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला तथा पालिका अधिवेशनको कार्यतालिका स्वीकृत गरेको छ। आज बसेको सचिवालय बैठकले वडा, पालिका र जिल्ला अधिवेशनको मिति तय गरेको जानकारी पार्टीका केन्द्रीय सदस्य आदित्य आचार्यले दिनुभयो।

यस्तो छ कार्यतालिका :

२०८३ जेठ २: वडा भेला (समिति गठन नभएका वडाहरूमा)
जेठ ३ : वडा अधिवेशन (वैशाख २० अगावै समिति गठन भएका वडा)
जेठ ९ : पालिका भेला (समिति गठन नभएका पालिकाहरूमा)
जेठ १० : पालिका अधिवेशन (वैशाख २५ अगावै समिति गठन भएका पालिका)
जेठ १६: वडा अधिवेशन (जेठ ३ अगाडि गठन भएका बाँकी वडा)
जेठ १७: पालिका अधिवेशन (जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिका)
जेठ २३ र २४: जिल्ला अधिवेशन

10/05/2026

आवाज फाउन्डेसनद्वारा लागूऔषध विरुद्ध समाजसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

आवाज फाउन्डेसन विराटनगरमा लागूऔषध विरुद्ध समाजसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।

आवज फाउन्डेसन ले शनिबार विराटनगरको गुद्रीमा कार्यक्रम आयोजना गरेको हो। युवाहरूलाई लागूऔषधको दुरुपयोगबाट टाढा राख्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको फाउन्डेसनका प्रमुख जे के जमसेदले जानकारी दिनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रम अब प्रत्येक शनिबार सञ्चालन गरिनेछ।

फाउन्डेसनले युवाहरूलाई लागूऔषध सम्बन्धी परामर्श, सचेतना तथा आवश्यक सहयोगसमेत उपलब्ध गराउने जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि मोरङ जिल्ला प्रहरी प्रमुख एसपी कवित कटवालले लागूऔषध कारोबार नियन्त्रणमा प्रहरीले शून्य सहनशीलताको नीति अपनाएको बताउनुभयो। उहाँले जिल्लामा नियमित चेकजाँच, अनुगमन तथा सीमा सुरक्षालाई थप सशक्त बनाइएको उल्लेख गर्नुभयो। लागूऔषध नियन्त्रणमा प्रहरीसँगै समाजको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो।

त्यसैगरी, विराटनगरकी उद्यमी तथा समाजसेवी निशा श्रेष्ठ ले एक क्षणको लतले जीवनभर दुःख दिन सक्ने भन्दै युवाहरूलाई लागूऔषधबाट टाढा रहन आग्रह गर्नुभयो।

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when NXT NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share