25/05/2026
काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह ले भोलि नेपालस्थित युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने उक्त सामूहिक भेट तथा संवादमा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषय तथा आपसी सहकार्यका विविध क्षेत्रबारे छलफल हुने जनाइएको छ।
भेटवार्तामा नेपाल र इयू सदस्य राष्ट्रहरूबीचको कूटनीतिक सम्बन्ध, विकास सहकार्य, लगानी, सुशासन तथा समसामयिक अन्तर्राष्ट्रिय चासोका विषयमा समेत विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।
यसअघि गत वर्ष चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट तथा संवाद गर्नुभएको थियो।