MSNP Gandaki Province

MSNP Gandaki Province Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from MSNP Gandaki Province, Advertising/Marketing, Dailekh.

06/06/2024

राष्ट्रिय याेजना आयाेगकाे विशेष अनुदानतर्फ पाेषणमैत्री स्थानीय तह निर्माण, पाेषणमैत्री स्थानीय तहका लागि बहुक्षेत्रीय पाेषण सेवा विस्तार, आमा तथा बालबालिका र किशाेरीहरुकाे पाेषण सुधार आयाेजना, पाेषणमैत्री नमूना टाेल, पाेषणमैत्री नगरपालिका कार्यक्रम, पाेषण तथा खाद्यसुरक्षा कार्यक्रम जस्ता सुनाौलाे हजार दिनका आमा, ५ बर्षमुनिका बालबालिका र किशाेरिहरकाे पाेषण अवस्था सुधारमा प्रत्यक्ष सहयाेग पुग्ने कार्यक्रममा गण्डकी प्रदेशका ९ वटा स्थानीय तहमा आगामि आ. ब. २०८१/ ८२ का लागि रु ५० लाख देखि ३ कराेड सम्म गरी कुल १३ कराेड २५ लाख संघिय विशेष बजेट प्राप्त भएकाेमा राष्ट्रिय याेजना आयाेगप्रति विशेष आभार प्रकट गर्दछौं ।
साेका लागि इच्छूक स्थानीय तहलाई विशेष अनुदानतर्फ प्रस्तावना तयार गर्नका लागि प्राविधिक सहयोग गरिएकाे पनि थियाे ।राष्ट्रिय याेजना आयाेगकाे विशेष अनुदान प्राप्त गर्ने ९ वटै गाउँपालिका/ नगरपालिकालाइ धेरै बधाइ तथा शुभकामना छ ।आगामी बर्षहरुमा यस्ता मानवपूजि निर्माण गर्न पाेषणका क्षेत्रमा लगानी गर्न स्थानीय तहकाे प्रयासले निरन्तरता पाइरहोस् ।
कतिपय स्थानीय तहमा भाैतिक विकासका लागि समपुरक विशेष अनुदानका लागि मात्र प्रस्तावना पेश गर्ने तर लक्षीत वर्गका लागि सामाजिक विकासका क्षेत्रमा विशेष अनुदानका लागि प्रस्तावना पेश नगर्ने (कार्पालिकाले बैठकमा एजेण्डा नै पेश नगर्ने वा पेश भएकाे एजेण्डा पास नै नगर्ने) तर बजेटकाे अपेक्षा गर्ने खालकाे प्रवृति छ । यसका लागि स्थानीय तहले आफ्ना प्रस्तावना निर्माण गर्दा कार्यपालिकाले ध्यान दिनेछ भन्ने अपैक्षा गर्दछाैं।

विशेष अपिल
यतिवेला प्रदेश तथा स्थानीय तहले आगामि आ. ब. २०८१/ ८२ का लागि आफ्ना बार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमाका चरणमा रहेकाले आफ्ना बार्षिक नीति तथा कार्यक्रम र बजेटमा पाेषण सुधारका क्षेत्रमा लगानी बढाउन हार्दिक अनुराेध छ ।
धन्यवाद ।

05/01/2024
संघ, प्रदेश र स्थानीय तहमा कार्यरत छैठौं, सातौं र आठौं तहका कर्मचारीहरुको सेवाकालिन तालिम सहजीकरण गर्ने अवसरका लागि गण्ड...
09/10/2023

संघ, प्रदेश र स्थानीय तहमा कार्यरत छैठौं, सातौं र आठौं तहका कर्मचारीहरुको सेवाकालिन तालिम सहजीकरण गर्ने अवसरका लागि गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानप्रति विशेष आभार !

Nutrition matter @ ढोरपाटन नगरपालिका- तमानखोल गाउँपालिका-बारपाक सुनिकोट गाँउपालिका-भिमसेनथापा गाउँपालिका!
04/10/2023

Nutrition matter @ ढोरपाटन नगरपालिका- तमानखोल गाउँपालिका-बारपाक सुनिकोट गाँउपालिका-भिमसेनथापा गाउँपालिका!

@ तमानखोल गाउँपालिका, बाग्लुङ।
25/09/2023

@ तमानखोल गाउँपालिका, बाग्लुङ।

विश्व स्तनपान सप्ताह  "१६  -२२ श्रावण" २०८०“स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाको प्रतिबद्धता”
30/07/2023

विश्व स्तनपान सप्ताह "१६ -२२ श्रावण" २०८०
“स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाको प्रतिबद्धता”

नेपालको कुपोषण नियन्त्रणमा बालभिटा वरदान सावित छ, थाहा पाईराखौ यस्का फाईदा र प्रयोग गर्ने तरिकाहरु :-----------=========...
13/07/2023

नेपालको कुपोषण नियन्त्रणमा बालभिटा वरदान सावित छ, थाहा पाईराखौ यस्का फाईदा र प्रयोग गर्ने तरिकाहरु :
-----------==========---------------------

बाल भिटा १५ प्रकारका भिटामिन तथा खनिजतत्वहरुको मिश्रण हो । यो सानो पुरियामा पाइन्छ । बाल भिटा खानामा मिसाएर खुवाइन्छ । बाल भिटा ६ महिना पुरा भए देखि २ बर्षमुनिका बालबालिकालाई खुवाउनुपर्छ ।

बाल भिटा घरमा तयार पारिएका खानेकुरा (जाउलो, लिटो, मिचिएको दाल, भात) सजिलैसँग मिसाएर खुवाउन सकिन्छ । बाल भिटा मिसिएको खानाको स्वाद, गन्ध तथा रंगमा कुनै परिर्वतन आउदैँन ।

बाल भिटामा आइरन लगायतका खनिजतत्वहरु उपलब्ध हुने भएकाले रक्तअल्पना हुनबाट जोगाउँछ । ६ महिनादेखि २ बर्षसम्मका बालबालिकालाई हरेक ६ महिनाको अन्तरालमा दैनिक एक प्याकेटको दरले ६० प्याकेट बहु सुक्ष्म पोषक तत्वको मिश्रण थप आहारमा मिलाएर खुवाउनुपर्छ ।

६ महिनादेखि २ बर्षसम्मका बालबालिकालाई खुवाउने बहु सुक्ष्म पोषक तत्वको मिश्रण भएको प्याकेटमो मात्रा कुल १८० हुन्छ ।

बाल भिटा खुवाउँदाका फाइदा ;
===============================
१)दिमागको विकास
२)शरीरको वृद्धि विकास
३)रोगसँग लड्ने क्षमताको विकास
४)खाना खाने रुचिमा वृद्धि
५)रक्तअल्पता तथा अन्य सुक्ष्म पोषक तत्वहरुको कमिले हुने विकृती
६) कुपोषणबाट जोगाउन
७)बाल भिटाले बालबालिकालाई चनाखो र दरिलो बनाउँन

बाल भिटा प्रयोग गर्ने तरिका :
==============================
१)सानो चिन्ह भएको ठाउँबाट काट्ने
२)पुरै प्याकेट खनाउने
३)राम्रोसँग खानामा मिसाउने
४)बाल भिटा बालबालिकाले खाने चार समुहका खानेकुरा मिसाएर बनाएको जाउलो, राम्ररी मिचेको खानेकुरा, लिटो जस्ता साविक ५)रुपमा खाने नरम खानामा मिसाएर खुवाउनुपर्छ ।
६)एक दिनमा एउटा बच्चालाई एक पुरिया मात्र बाल भिटा खुवाउनुपर्छ ।

बाल भिटा प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा :
👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️

१)बालबालिकालाई खाना खुवाउनु अघि साबुन पानीले राम्ररी हात मिचि मिचि धुनुपर्छ ।
२)बालबालिकालाई ६ महिना पुरा भएदेखि २ बर्ष नपुगेसम्म हरेक ६ महिनाको अन्तरालमा ६० पुरिया बाल भिटा खुवाउनुपर्छ ।
३)तातोमा नमिसाउने
४)झोल पदार्थमा नमिसाउने
५)भाग नलगाउने
के तपाईंको संस्थामा बाल भिटा नियमित छ ???

प्रदेश स्तरीय पोषण कार्यक्रमको समिक्षा तथा कार्ययोजना तयारी गोष्ठी  # गण्डकी प्रदेश  #
28/06/2023

प्रदेश स्तरीय पोषण कार्यक्रमको समिक्षा तथा कार्ययोजना तयारी गोष्ठी # गण्डकी प्रदेश #

25/06/2023

आज देशैभरिका स्थानीय सरकारहरुले आगामी आ व का लागि बजेट पेश गर्ने अन्तिम दिन । सबै स्थानीय सरकारले जनमुखी र पोषणमैत्री बजेट तथा कार्यक्रम तर्जुमा गर्न सकुन भन्ने शुभकामना !!!

19/06/2023

गाउँपालिकाका अध्यक्षज्यूको पोषण सुधारमा चासो #। पोषण सुधारका लागि खानेपानी तथा सरसफाई क्षेत्रको भूमिका ४३ प्रतिशत रहेको अध्ययनले देखाएको छ। बन्दिपुर गाउँपालिका, तनहुँका अध्यक्षज्यू हात धुने बानीले कसरी पोषण सुधारमा सहयोग पुग्ने रहछ भन्ने बारेमा बहुक्षेत्रीय पोषण कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रममा !!

Address

Dailekh

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97761464841

Website

Alerts

Be the first to know and let us send you an email when MSNP Gandaki Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share