27/08/2026
पार्टीको सानो–तिनो कार्यक्रम आयो भने पार्टी सदस्यता लिने बेला आयो, चुनाव आयो भने १–१ जना फोन हान्ने, फेसबुकमा छिनछिनमै अनेकौँ कुतर्क गर्ने—हाम्रोतिरका नयाँ–पुराना सबै पार्टीका नेता तथा जनप्रतिनिधिहरू देश र आफ्नो गाउँठाउँ अप्ठ्यारोमा पर्दा भने प्रायः चुपचाप देखिन्छन्। सहयोग गर्न भन्यो भने दाँतबाट पसिना निकाल्छन्।
तर अहिलेको यो विषम परिस्थितिमा राजनीति होइन, मानवता र सहयोगको आवश्यकता छ। 🙏
स्थानीय बासिन्दा वा यात्रु महानुभावहरू पैसा नभएकै कारण खाना खान समस्या परेको अवस्था छ भने:
📍 वडा नं. ४ — मास्टार, चिरौदी, २८ किलो क्षेत्रमा
👉 सबिन अधिकारि 9706488000 सँग समन्वय गर्नुहोस्।
📍 वडा नं. ६ देखि वडा नं. ७ भित्रको हाईवे मा समस्यामा पर्नुभएका यात्रु महानुभावहरूले हामीसँग सम्पर्क गर्नुहोस्।
📞 9808856238
📞 9840180960
📞 9860148782
हामी तपाईंहरूलाई पायक पर्ने नजिकैको होटलमा खानाको व्यवस्था गर्न तयार छौँ।
पैसा नभएकै कारण कोही पनि भोकै बस्न नपरोस्। 🙏❤️
मानवता नै सबैभन्दा ठूलो धर्म हो।
सहयोग गरौँ, सक्नेले साथ दिऔँ।
— गल्छी सचेत युवा समूह
भिडियो : Milan Dallakoti