11/05/2026
#राष्ट्रिय #रूपमा #2082 #को #नतिजा #सार्वजनिक
#यस #वर्ष #६५.९८ #प्रतिशत #विद्यार्थी #उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको SEE 2082 को नतिजाअनुसार देशभरबाट सहभागी कुल ४ लाख ३० हजार ६ सय ६७ जना विद्यार्थीमध्ये २ लाख ८४ हजार १ सय ६० जना विद्यार्थी उत्तीर्ण भएका छन् भने १ लाख ४६ हजार ५ सय ७ जना विद्यार्थी NG (Not Graded) भएका छन्। यस वर्षको कुल उत्तीर्ण प्रतिशत ६५.९८ रहेको बोर्डले जनाएको छ।
प्रकाशित विवरणअनुसार GPA 2.80 देखि 3.20 समूहमा सबैभन्दा धेरै ९४ हजार २ सय २२ जना विद्यार्थी रहेका छन्। त्यसपछि GPA 3.20 देखि 3.60 समूहमा ८० हजार ३ सय ७२ जना विद्यार्थी परेका छन्।
त्यस्तै, GPA 3.60 देखि 4.00 ल्याउने विद्यार्थी संख्या ४८ हजार ३ सय ९२ रहेको छ भने GPA 2.40 देखि 2.80 समूहमा ५५ हजार ९ सय ७७ जना विद्यार्थी रहेका छन्। GPA 2.00 देखि 2.40 ल्याउने ५ हजार १ सय ९० जना तथा GPA 1.60 देखि 2.00 ल्याउने ७ जना विद्यार्थी रहेका छन्।
बोर्डका अनुसार NG प्राप्त गर्ने विद्यार्थी संख्या १ लाख ४६ हजार ५ सय ७ रहेको छ। विद्यालय तथा अभिभावकहरूले यस वर्षको नतिजालाई मिश्रित रूपमा लिएका छन्। केही विद्यालयले उत्कृष्ट नतिजा ल्याएको बताएका छन् भने NG संख्या अझै उच्च रहेको भन्दै शिक्षाको गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताएका छन्।
GPA अनुसार विद्यार्थी संख्या:
GPA 1.60 – 2.00 : ७ जना
GPA 2.00 – 2.40 : ५,१९० जना
GPA 2.40 – 2.80 : ५५,९७७ जना
GPA 2.80 – 3.20 : ९४,२२२ जना
GPA 3.20 – 3.60 : ८०,३७२ जना
GPA 3.60 – 4.00 : ४८,३९२ जना
NG : १,४६,५०७ जना
कुल सहभागी विद्यार्थी : ४,३०,६६७
उत्तीर्ण विद्यार्थी : २,८४,१६०
कुल उत्तीर्ण प्रतिशत : ६५.९८ %