10/07/2026
बुद्धिकर्ण राय याक्खाको पुत्लुङ पाछा हुनाले लिम्बु जातिको सारा थर, उपथरभित्र धुईपत्ताल लगाएर खोज्दापनि कतै भेटिंदैनI
साथै,
किरात राजा लोहाङसेन राईले बनाई दिएको दश थुम, कसरी दश लिम्बुवान भयो? र ती दश थुमहरु कहाँ, कहाँ थियो? दश लिम्बुवानसंगै उदय भएको नव लिम्बु जातिको बिकास कसरी भएछ? अनि बुद्धिकर्ण रायको याक्खाको पाछा पुत्लुङ कसरी लिम्बु थर अनि उपथरहरुभित्र नभेटिने रहेछ? आदि प्रश्नहरुको उत्तर यहाँ तल लेखिने प्रयत्न गरिएकोछI
सम्भवत मोरंग र बिजयपुरको अधिनभित्र रहेर पल्लो किरातमा राज्य शासन गर्ने आठ किरात राय/राई राजाहरुदेखि आजित भएर पल्लो किरातको जनताहरु मोरंगको किरात राजा लोहाङसेन राईलाई स्वायत्तकोलागी बिन्ति बिसाएपछि बनिएको दश थुम प्रान्तहरु अर्थात् मोरंग र बिजयपुरको केन्द्रिय शासनबाट अलग भएर शासन गर्ने प्रान्तहरु निम्न प्रकार छन्I
जुन दश थुम प्रान्तहरु कालन्तरमा दश लिम्बुवान भएको हो भनिन्छI त्यसरी दश थुमदेखि दश लिम्बुवान बनिएपछिमात्र लिम्बु र याक्थुङ्ग शब्द लेख्नु र प्रचलमा ल्याईएको हो भनेर भनिन्छI
अनि लिम्बु र याक्थुङ्ग शब्द बनिएको धेरैपछिमात्रै लिम्बुवान शब्द प्रचलनमा आउनु थालेको सजिलै अनुमान लगाउनु सकिन्छI
त्यसैले दश थुम निर्माण हुनुअघि पल्लो किरातको सबै जनताहरुले राई नै लेख्थ्यो भन्ने इतिहासको एक अकाट्य सत्य होI
जुन वास्तविकतालाई पल्लो किरातसँग युद्ध लडिनुअघि र अरुण नदी किनारमा गोर्खालीहरुको जालझेलमा कान्छो (लोहोरुङ्ग) राई(Kanxo Rey/काङ्ग्सो-रे) मारिएपछि पृथिवी नारायण शाहले जैनी सम्बत 1831 साउन 22 गते पल्लो किरातलाई दिएको लालमोहोरमा सुन राई, कुम राई र जंग राईहरुको नाम उल्लेख हुनु पुग्योI
त्यसो किन भयो? भन्ने प्रश्नको उत्तर, 1831 सम्म लिम्बु शब्दको प्रचलन नै थिएन छI
माथी वर्णन गरिए अनुसारको दश थुम र त्यसको रजौटाहरु यस प्रकार छन्I
1. तमर थुम - सामबाहाङ
2. मेवा र मैवा थुम - सो सो रोदिङहाङ
3. आठराई थुम - थकथकसो आङबोहाङ
4. य़ाङ् वरक थुम - लिन्दोलुक खोकयाहाङ
5. पाँचथर थुम - यङ्गेसो पापोहाङ
6. फेदाप थुम - सेङसेमगुम फेदापहाङ
7. इलाम फाकफोक र चारखोला थुम - मुङ् ताइची इमेहाङ्
8. चौबिसे बोधे थुम - याकलोदाहाङ
9. तेह्रथुम थुम - तामपेसो पेरुङहाङ
10. छथर थुम - ताकलुङ खेवाहाङ
अब यहाँ यसरी दश थुमलाई नियाल्दा,
यदि दश थुम मध्येको एक थुम बिजयपुर थुम हुन्थ्योभने, लिम्बुवानको राजधानी बिजयपुर गढी हुनु सक्थ्योI तर बिजयपुर दश थुमभित्र थिएन र लिम्बुवानको राजधानी बिजयपुर होईनI भन्ने प्रष्ट भईन्छI
यहाँ देखिएको अर्को मुख्य कुरा, यी दश थुमहरु सबै तमोर पुर्व रहेछन्I र दश थुमभित्र बिजयपुर थिएन रहेछI त्यसले दश थुमदेखि दश लिम्बुवान बनिएको हुनाले बिजयपुरलाई लिम्बुवानको राजधानी भन्नु वा दाबी गर्नु हाँस्यस्पद कुरा बाहेक केहि होईन रहेछI
यसरी आजको लिम्बु किरातहरु यिनै दश प्रान्तीय किरात राजा र प्रजाबाट फैलिएका जनगणहरु हुन् भनिन्छI
यसरी दश थुमदेखि दश लिम्बुवानमा परिणत हुदै लिम्बु र याक्थुङ्ग जातिमा बिस्तारै पुस्तान्तरण भएका पल्लो किरातको जनताहरु 16 देखि 17 थुमहरुमा विभाजित भएको देखिन्छI
अनि दश थुम, दश लिम्बुवान भएI अर्थात् दश लिम्बु बनिएI त्यसपछि दश लिम्बुदेखिपनि. छुट्टिएर 16 लिम्बु बनिएI
ती 16 लिम्बुहरु यसप्रकार छन्;
1. माबोहाङ
2. थेगिम
3. सेरेङ्
4. फागो
5. साँवा
6. बोखिम
7. खोकयाङ
8. थेवे
9. पापोहाङ
10. इजम
11. यकपाङदेन
12. फेदाप
13. आथ्रे
14. नेम्बाङ
15. हुक्पाहाङ
16. खेवा
यसरी बुझ्दा दश लिम्बुवान भनिएको दश थरिको लिम्बुहरु रहेछन्I अनि समय अनुसार जनसंख्या बढ्दै गएपछि दश थरिको लिम्बुहरुमात्र प्रान्तीय राजा हुनु नपुगेर अरु 16 थरी लिम्बुहरुको राजाहरु थपिएछन् र त्यसपछि 16 देखि 17 थुम बनिएको हुनुपर्छI
यसरी 16 थरी लिम्बुहरुदेखिपनि छुट्टिएर बिभिन्न उपथरको लिम्बुहरु यसरी बनिएछन्I
1. माबोहाङबाट छुट्टिएर बनिएका लिम्बु उपथरहरु:
अङछङबो
इम्बाहाङ
चिकपो
चेम्जोङ
लदो
तबेबुङ
ताआवावा
तामादेन
तुम्बाहाङफे
प्राङदेन
फुरुम्बो
फेन्दुवा
फेम्फु
मादेन
माङयुङ
यङदेन
लाबुङ
लिमखिम
वरुकपा
सरमन्धङ
साअदेन
सामबेखा
सुभासङ
हेल्लोक
नयङ
सम्वाङफे
हिमाआ
2. थेगिमबाट छुट्टिएर बनिएका लिम्बु उपथरहरु:
आङबो
आङथुम्बो
केरुङ
जगेबु
थकलेहाङ
थामसुहाङ
नायन
पाङयक
नेम्बेफु
यकतेनहाङ
य़ोङहाङ
हाङसरुम्बा
3. सेरेङबाट छुट्टिएर बनिएका लिम्बु उपथरहरु:
केदेम्बा
चेङबाङ
थुकयुमा
नाल्बो
फुङजेल्ला
मादेन
लङवा
साम्यङखाम
सामसुयङ
हाडाम
4. फागोबाट छुट्टिएर बनिएका लिम्बु उपथरहरु:
आङलावा
ओखावो
एभेङ
थोप्रा
चङवाङ
चङवाङयाक
तेम्बे
तेगिबुङ
थकलुङ
थानदेन
नेयङवा
पङथाक
पाङमा
फावेन
फागो
माङदेम्बा
मासुवा
यकयुकपा
मुसोहाङ
वनेम्मा(वनेम?)
संयिता
5. साँवाबाट छुट्टिएर बनिएका लिम्बु उपथरहरु:
खोकलङ
तङदपा
तबेतलागु
तस्ये
थलङ
नाइतेम्बा
पाङपलिवाङ
पालुङवा
प्राङदेन
फयङ
फलछाङवा
फमसङ
मादेनसाँवा
मुदेनसङ
मिकेकन्दाङ
लुङहिम्बा
साँवा
सवोहिम
सावाहाङ
6. बोखिमबाट छुट्टिएर बनिएका लिम्बु उपथरहरु:
काङफा
थरवाङ बोखिम
यङवागो बोखिम
सेम्बु बोखिम
मावखिम
7. खोकयाङबाट छुट्टिएर बनिएका लिम्बु उपथरहरु:
आङबुहाङ
इमसङ
उसुक
खिम्दोङ
खोकयाहाङ
फाकलेछा
माङछाक
मेयाङबोवथुप
मेयाङबोसिवा
यङग्या
युङग्या
लकसम
लकताम
सनेहाङ
सामसङ
8. थेबेबाट छुट्टिएर बनिएका लिम्बु उपथरहरु:
थुपोको
इखारोङ
माङथुम्बो
सिंह
सिगु
9. पापोहाङबाट छुट्टिएर बनिएका लिम्बु उपथरहरु:
आङदेम्बे
इङवावा
इङनाम्फे
कुरुम्बाङ
कुगेतनाम
खजुम
चेङवा
खजुम
तुम्बापो
तुमरोक
मिखक
लावती
समपाम्फे
लेकवा
10. इजमबाट छुट्टिएर बनिएका लिम्बु उपथरहरु:
कलिङवा
चङसु
ताउजम
ताङविङ
फेन्जे
हाङगेम
11. यकपाङदेनबाट छुट्टिएर बनिएका लिम्बु उपथरहरु:
कयादापा
कोयाङ
खेवाङ
इथिङगो
केबुक
कामबाङ
तकफेत्ला
तपेतलागु
पङथक
पेसा
लिङदेन
यङया
याङतेम्बा
यामोफोता
समसम्बो
हेम्ब्या
12. फेदापबाट छुट्टिएर बनिएका लिम्बु उपथरहरु:
आङबुङ
खोङवा
तुम्बाङफे
तेयुङ
थामदेन
थेगुवा
फादाफा
फुदोङ
सदेम्बा
सिंजागु
सेने
सुवाबा
13. आथ्रेबाट छुट्टिएर बनिएका लिम्बु उपथरहरु:
खुदाङ
नामलाक
पिचाकवा
फयाक
फेजङ
याङदेम्बा
याङसोवा
सारदाप
14. हुकपाहाङबाट छुट्टिएर बनिएका लिम्बु उपथरहरु:
आकवजङ
इसपो
काबेप्रङ
चङवाङ
चिकुयुङ
निङलेखु
पाउगेन
पङथक
पङयाङगो
पेहिन
फमबो
खेवा
मादेम्बा
वबुङगेक
सङवो
सिङगक
सेन्दाङ
हाङस्रक
सेङ
सावा
तिलिङ
ग्याक
15. खेवाबाट छुट्टिएर बनिएका लिम्बु उपथरहरु:
अन्द्रुङ
आङलावाङ
इङवावा
इङसङ
खादी
चिल्लेक
चेङवाङ
तिगेला
तिङलिङ
तुमसेरमा
तुम्मेलिङ
तुमादेन
तुङखङ
थकलेङ
पाराखारी
माङफु
माङयाक
मावाङ
सावापाक
सेबुक
सेरमापाक
सोवातुम
यहाँ माथी लेखिएको बाहेक अन्य लिम्बु उपथरहरु:
ओनो
इङवादोकपा
इथिगो
इजम
इसिबु
इवाहाङ
ओग्याकहाङ
केबुहाङ
ओखाबु
कन्दङवा
कैय
खङवा
खापुङ
खाम्दाक
खाङवोङवा
खोअबुङ
खोयाङ
चिकफुङ
चिल्लेक
तावा
ताप्मादेन
तुम्याङ
तुमसावा
ताम्लिङ
तुम्बासंयोक्पा
तेङगोयुङ
थकपेवा
थकलेहाङ
थिङलागो
थुप्पोको
थोकसुवा
नयोङवा
नाइतेम्बा
नाङगेनपङयक
नुगो
नेउरुम्बा
पाङसाली
पाङपमा
पाराखारी
पाङबुङवा
पेघा
पेतथेगिम
पुङलाइड
पोसु
पाङगेनहाङ
पदालुङ
पुङलाङ
पेगाहाङ
पेथेगिम्बाङ
पेथेलिम्बा
पेहिम
पोमु
फत्र
फलेछुवा
फेमसङ
फेन्जेताङलिङ
बारघरी
फाङहाङ
फोम्चो
बेघा
माखिम
माङथुम्बो
माङमु
माङलाक
मुङलाङ
माकसिबुङ
मायाम
मावजङनेम्जङ
माश्रेङ
मायुथाक
मुदेनहाङ
मुसाहाङ
मेभोक
यकथुक्पा
यकसो
यङवागे
यङसङगो
यङडेव
याङसेम्बा
याङदेन
युङवा
युङसिम्बा
लङवेवा
लदोहाङ
लिङदेन
लनबुङ
लिङदोम
लुङफाङवा
लेजेन्जे
लुम्बा
रुपिहाङ
रोबोन
लिबाङ
लोवा
वन्छाङवो
वहेकमुसोहाङ
वथुनपमेयाङवो
वरुक्पा
सङयक
संसाम्बो
साङमाङगो
साङलाइङ
समसिबुङ
साभ्रबेरेवा
सावारेवा
सतिहाङ
स्याङसाबू
स्वानसाबू
स्याबरुम्बा
साम्बाहाङ
सिङजागु
सिङथेबे
सिजिकतम
सुनऐवा
सेतलिङ
सेम्बो
सुङघोङ
सुहाङ
सेल्ले
सोदुङ
सोङयोङपा
सोङबा
सोदुङ
हाङवाङ
हिना
हिल्लोक
अब यहाँ 15 लिम्बु थरहरुदेखि छुट्टिएर बनिएको उपथरहरु लगायत अन्य लिम्बु उपथरहरु अध्यन गर्दा पुत्लुङ भनिने लिम्बु थर वा उपथरभित्र कतै भेटिंदैनI
त्यो किन भेटिंदैनभन्दा, पुत्लुङ भनिएको याक्खाहरुको पाछा हो रहेछI यसरी बिजयपुरको प्रधानमन्त्री अथवा राजा बुद्धिकर्ण राय याक्खाको पुत्लुङ पाछा भएको हुनाले यहाँ माथी लेखिएको लिम्बु थर, उपथरहरुभित्र कतैपनि नभेटिएको होI
अन्तमा, दश थुमदेखि बनिएको दश लिम्बुवानको राजधानी बिजयपुर हुन्थ्योभने, ती दश थुमहरु मध्येको एक थुम बिजयपुर हुन्थ्योI
बिजयपुर पल्लो किरातको राजधानी थियो भन्नुसम्म चाहिं उचित होलाI तर सिधै कुनै आधार बिना बिजयपुर लिम्बुवानको राजधानी हो भन्नु र बुद्धिकर्ण राय खेवा लिम्बु थियो भनेर भन्नु लिम्बुवान भन्नेहरुको किरात अस्तित्वहरुमाथीको ठाडै अतिक्रमण, लुट अनि मुर्खतापूर्ण पेलाई होI
पल्लो किरातको ऐतिहासिक सम्पदा बिजयपुर गढीलाई लिम्बुवानको राजधानी भन्दै त्यहाँ हुनै नसक्ने अरुण पुर्व 9 जिल्ला लिम्बुवानको नक्सा शिलालेख बनाई गाड्दै अतिक्रमण गरेपछि अनि याक्खा राई(उहिले) को पुत्लुङ पाछा भएको बुद्धिकर्ण रायलाई जबर्जस्ती खेवा लिम्बु बनाउने जालसाजीले परकाष्ठ नाघेपछि स-बिस्तार यत्ति लेख्नु बाध्य नै भईयोI
- चाप्चा, YD 5086, जुलाई 8 तारिक 2026, D‘dorf जर्मनीI
#पल्लोकिरात #दशथुम #दशलिम्बुवान #सत्रथुम
साभार