धार्चे सूचना केन्द्र, गोरखा

  • Home
  • Nepal
  • Gorkha
  • धार्चे सूचना केन्द्र, गोरखा

धार्चे सूचना केन्द्र, गोरखा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from धार्चे सूचना केन्द्र, गोरखा, Advertising/Marketing, Dharche 5 Machhikhola, Gorkha.

धार्चे सूचना केन्द्रले सिंगो धार्चेको बारेमा मात्र नभएर देशै भरीका समाचारहरु संकलन गरेर जनता सामु पुर्याउने सुचना केन्द्रको लक्ष्य रहेको छ । धार्चेमा उत्पादित कृषि जन्य,पर्यटन क्षेत्र र धार्चेको कला सस्कृतिलाइ समेत प्रचार प्रसार गर्ने लक्ष्य रहेको छ ।

ठेक्का अन्त्य गरिएको सम्बन्धी सूचना ।
19/06/2026

ठेक्का अन्त्य गरिएको सम्बन्धी सूचना ।

यस गाउँपालिकाको न्यायिक समितिद्वारा आयोजित दुईदिने मेलमिलापकर्ताहरूको पुनर्ताजगी तालिम आज सफलतापूर्वक सम्पन्न भएको छ।   ...
12/06/2026

यस गाउँपालिकाको न्यायिक समितिद्वारा आयोजित दुईदिने मेलमिलापकर्ताहरूको पुनर्ताजगी तालिम आज सफलतापूर्वक सम्पन्न भएको छ।
मिति २०८३ साल जेठ २८ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको उक्त तालिमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत श्री बुद्धिराम बस्नेतज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष श्री लक्ष्मण गुरुङज्यू तथा विशेष अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक श्री सुनिला गुरुङज्यूको उपस्थिति रहेको थियो।
शान्तिका लागि सहकार्य संस्था, नेपालका प्रशिक्षक श्री सागर देव गिरी र श्री नारायण ढकालज्यूको सहजीकरणमा सम्पन्न उक्त तालिमले मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि तथा स्थानीय तहमा विवाद समाधान प्रक्रियालाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने छ।

गाउँपालिकाको कभर्ड हलमा उत्पादनको आधारमा कृषि तथा मासुजन्य उत्पादनमा धार्चेका कृषकहरुलाई नगद अनुदान वितरण कार्यक्रम सम्प...
11/06/2026

गाउँपालिकाको कभर्ड हलमा उत्पादनको आधारमा कृषि तथा मासुजन्य उत्पादनमा धार्चेका कृषकहरुलाई नगद अनुदान वितरण कार्यक्रम सम्पन्न ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्री लक्ष्मण गुरुङ ज्यू, विशेष अतिथि गाउँपालिका उपाध्यक्ष श्रीमती सुनिला गुरुङ ज्यू तथा अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत श्री बुद्धिराम बस्नेत ज्यूले गर्नुभएको थियो।
उक्त कार्यक्रम अन्तर्गत कृषि क्षेत्रतर्फ १७३ जना कृषकहरूलाई रु. १६,९९,००१ तथा पशु तथा मासुजन्य उत्पादनतर्फ १२० जना कृषकहरूलाई रु. १६,७२,२६५ बराबरको नगद अनुदान वितरण गरिएको छ।
उत्पादनमा आधारित अनुदान कार्यक्रमले कृषकहरूलाई थप प्रोत्साहन प्रदान गर्दै कृषि तथा पशुपालन क्षेत्रको व्यवसायीकरण, उत्पादन वृद्धि तथा स्थानीय अर्थतन्त्रको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

धार्चे गाउॅंपालिकामा प्रमाणिकरण कार्यक्रम सम्पन्न गाउॅंपालिकाको केन्द्र माछिखोलामा आज जेष्ठ महिनाको १९ गतेका दिन पालिका ...
02/06/2026

धार्चे गाउॅंपालिकामा प्रमाणिकरण कार्यक्रम सम्पन्न
गाउॅंपालिकाको केन्द्र माछिखोलामा आज जेष्ठ महिनाको १९ गतेका दिन पालिका पुर्णखोप दिगोपना सुनिस्चितता प्रमाणिकरण कार्यक्रम लक्ष्मण गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा जिल्ला समन्व समितिका प्रमुख मोहन थापा मगर रहेको थियो । त्यसै गरी आजको कार्यक्रममा धार्चे गाउॅंपालिका भित्र कार्यरत स्वास्थ्यकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा ७ जना उत्कृष्ट कार्यलय सहयोगीहरुलाई सम्मान गरेको थियो । त्यसै गरी उत्कृष्ट महिला स्वयम सेविकामा पनि ७ जनालाई सम्मान गरिएको छ भने उत्कृष्ट खोप कार्यकर्ता ७ गरी २१ जनालाई सम्मान गरेको थियो ।

(अ. लक्ष्मण गुरुङ योजना मागको लागि पोखरा)गोरखा जिल्ला धार्चे गाउॅंपालिका समग्र समृद्वि विकासको निम्ति योजना मागको लागि त...
21/05/2026

(अ. लक्ष्मण गुरुङ योजना मागको लागि पोखरा)
गोरखा जिल्ला धार्चे गाउॅंपालिका समग्र समृद्वि विकासको निम्ति योजना मागको लागि त्यहाका मन्त्री ज्यूहरुसंग भेटघाट गर्न गण्डकी प्रदेश पोखरा पुग्नु भएको छ ।

19/05/2026

धार्चेको शान तातो पानी कुण्डलाई प्रचार प्रसारको निम्ति सक्दो शेयर गरौ 🙏
त्यसै गरी चर्चित विश्व ख्याती प्राप्त वाचन प्रविण दिनबन्धु पोखरेल एक्काशी तातोपानी कुण्ड आउनुको मुख्यकारण के रहेछ । सबैले पुरा भिडियो हेरी शेयर पनि गर्नु होला ।

आज मिति २०८३ जेष्ठ ३ गते वेनीघाट आरुघाट लार्के सडक अन्तर्गत गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नं. ७ न्यौलीस्थित पक्की...
17/05/2026

आज मिति २०८३ जेष्ठ ३ गते वेनीघाट आरुघाट लार्के सडक अन्तर्गत गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नं. ७ न्यौलीस्थित पक्की पुलको आज एक कार्यक्रमका बीच विधिवत उद्घाटन सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ ले रिवन काटेर पुलको उद्घाटन गर्नुभएको हो।
विगत लामो समयदेखि निर्माण कार्य रोकिएको अवस्थामा रहेको उक्त पुल अहिले निर्माण सम्पन्न भएसँगै स्थानीयवासीमा खुशी छाएको छ। विशेषगरी वर्षायाममा न्यौली खोलामा पानीको बहाव बढ्दा स्थानीय नागरिक तथा यात्रुहरुले आवतजावतमा ठूलो समस्या भोग्दै आएका थिए। पुल निर्माण सम्पन्न भएसँगै अब आवतजावत सहज, सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको छ।

Address

Dharche 5 Machhikhola
Gorkha
34000

Website

Alerts

Be the first to know and let us send you an email when धार्चे सूचना केन्द्र, गोरखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share