COPY PASTE

COPY PASTE Patience and tolerance are weapons that make it easy to move forward in any difficult situation.

But anger and pride are enemies that always push a person towards destruction and darkness.

20/04/2026

राजनीति
विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय, अब ‘स्टुडेन्ट काउन्सिल’ बन्ने

रूबी रौनियार काठमाडौं ७ वैशाख २०८३ २ मिनेट पाठ

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाह र विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूबीचको बैठकले विश्वविद्यालयहरूमा क्रियाशील निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गरी ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ संयन्त्र विकास गर्ने निर्णय गरेको छ।

सोमबार कुलपति शाहको अध्यक्षतामा बसेको सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूको बैठकले शिक्षा क्षेत्रको सुधारका लागि ५ बुँदे निर्णय गरेको हो।

यसअन्तर्गत विश्वविद्यालयको नियमावली र विनियमावली संशोधन गर्दै दलीय विद्यार्थी संगठनका संरचना ६० दिनभित्र हटाउने र ९० दिनभित्र नयाँ विद्यार्थी संयन्त्र स्थापना गर्ने सहमति भएको छ।

बैठकले मन्त्रिपरिषद्बाट स्वीकृत ८६ बुँदे शासकीय सुधार कार्यसूची कार्यान्वयन गर्न जोड दिँदै विश्वविद्यालय परिसरमा दलीय विद्यार्थी संगठनका झण्डा, ब्यानर र भित्ते लेखन तत्काल हटाउन निर्देशन दिएको छ।

यस्तै, राजनीति दलका भ्रातृ संगठनका रूपमा रहेका विद्यार्थी संगठनहरूलाई कार्यालयका लागि उपलब्ध गराइँदै आएको कोठा, भवन वा जमिन अब उपलब्ध नगराउने निर्णय समेत भएको छ।

विश्वविद्यालयको ऐन वा नियमावलीमा दलीय विद्यार्थी संगठनसँग सम्बन्धित कुनै पनि कानुनी व्यवस्था भएमा त्यसलाई खारेज गर्न तीन महिनाभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्ताव पठाउनुपर्नेछ।

विश्वविद्यालयको कार्यकारी परिषद् वा सभाले ६० दिनभित्र नियमावली र विनियमावली संशोधन गरी दलीय संगठनका प्रावधान हटाउनुपर्ने निर्णयमा उल्लेख छ।

विश्वविद्यालयमा हाल कायम रहेको स्ववियुको सट्टा विद्यार्थीको वास्तविक हितका लागि कार्य गर्ने ‘स्टुडेन्ट काउन्सिल’ जस्ता संयन्त्र स्थापना गर्नुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिएका छन्।

यसका लागि विश्वविद्यालयको ऐनमै संशोधन आवश्यक परेमा सम्बन्धित दफा र उपदफा किटान गरी सरकारलाई सिफारिस गर्न उपकुलपतिहरूलाई निर्देशन दिइएको छ।

19/04/2026

नेपालको सबै विद्यार्थी संगठनहरू खारेज हुनु जरुरी छ ।

यी संगठनहरू विद्यार्थीको वास्तविक हितको लागि भन्दा पनि वर्षौँ सम्म विद्यार्थीहरूलाई प्रभावित गरेर आफ्नो संगठनको सदस्य बनाउने र चुनावको समयमा कार्यकर्ता बनाउने उद्देश्यले मात्र सक्रिय देखिन्छन् ।

विद्यार्थीको अधिकार, गुणस्तरीय शिक्षा र उज्ज्वल भविष्यको विषयमा गम्भीर पहल गर्नुको सट्टा, उनीहरूलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।




19/04/2026

अब १५/१५ दिनमा कर्मचारीलाई तलब : सरकारले अब सरकारी कर्मचारीलाई तलबभत्ता महिनामा दुई किस्तामा उपलब्ध गराउने व्यवस्था लागू गर्ने भएको छ । अर्थ मन्त्रालयले जारी गरेको पत्रअनुसार हालसम्म मासिक रूपमा वितरण हुँदै आएको तलबभत्ता अब अर्धमासिक रूपमा भुक्तानी गर्ने तयारी गरिएको हो । हालसम्म सरकारी कर्मचारीहरूले महिनामा एकपटक मात्रै तलब पाउँदै आएका थिए । नयाँ व्यवस्थाअनुसार अब महिनामा दुईपटक तलब प्राप्त हुने भएकाले कर्मचारीहरूको नगद प्रवाह व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ ।

बालेन पुर्व राष्ट्रपति बिद्या देवि भन्डारीलाई कडा जवाफ फर्काएका छन।
18/04/2026

बालेन पुर्व राष्ट्रपति बिद्या देवि भन्डारीलाई कडा जवाफ फर्काएका छन।


18/04/2026

“आमा का भनाई” (आमाले दिने जीवनका साना तर गहिरा ज्ञानहरू) ❤️
1. “मेहनत गर्नेको हात कहिल्यै खाली हुँदैन।”
– मिहिनेत गर्‍यो भने ढिलो-चाँडो फल पाइन्छ भन्ने सन्देश।
2. “मान्छे राम्रो भए संसार पनि राम्रो लाग्छ।”
– आफू राम्रो भए अरू पनि राम्रो देखिन्छन्।
3. “साँचो बाटो ढिलो भए पनि ठीक ठाउँमा पुगाउँछ।”
– इमान्दार र सही बाटो कहिल्यै गलत हुँदैन।
4. “आफ्नो भन्दा अरूको दुख बुझ्न सिक।”
– दया र सहानुभूति जीवनको ठूलो गुण हो।
5. “थोरै भए पनि इमानको कमाइ मीठो हुन्छ।”
– इमानदारीले कमाएको सानो पनि ठूलो जस्तो हुन्छ।
6. “रिसले काम बिगार्छ, धैर्यले बनाउँछ।”
– धैर्य राखे सफलता सजिलो हुन्छ।
7. “घरको शान्ति नै सबैभन्दा ठूलो धन हो।” 🏡
– परिवारमा माया र समझदारी हुनु सबैभन्दा महत्त्वपूर्ण।❤️❤️❤️

18/04/2026

दिनहुँ २० मिनेट हिँड्नुका (Walking) का फाइदाहरू :

🚶‍♂️ १. मुटुको स्वास्थ्य सुधार- दिनहुँ हिँड्दा मुटु बलियो हुन्छ र मुटु रोगको जोखिम कम हुन्छ।

🫁 २. फोक्सो राम्रोसँग काम गर्ने - हिँड्दा सासप्रश्वास प्रणाली सक्रिय हुन्छ र फोक्सो स्वस्थ रहन्छ।

⚖️ ३. तौल नियन्त्रण - २० मिनेट दैनिक हिँड्दा क्यालोरी बर्न हुन्छ र तौल घटाउन वा नियन्त्रण गर्न मद्दत गर्छ।

🧠 ४. मानसिक स्वास्थ्य राम्रो हुन्छ - तनाव कम हुन्छ, मन शान्त र खुसी हुन्छ

🦵 ५. मांसपेशी र हड्डी बलियो - नियमित हिँड्दा खुट्टा र शरीरका मांसपेशी बलिया हुन्छन् र हड्डी मजबुत हुन्छ।

🩸 ६. रक्तचाप र चिनी नियन्त्रण -रक्तचाप सन्तुलित राख्न मद्दत , मधुमेह नियन्त्रणमा सहयोग

😴 ७. राम्रो निद्रा - दिनहुँ हिँड्दा राति राम्रो र गहिरो निद्रा लाग्छ।

🔋 ८. ऊर्जा (Energy) बढ्ने - शरीर सक्रिय हुने भएकाले दिनभरि ताजगी महसुस हुन्छ।

निष्कर्ष - दिनहुँ २० मिनेट हिँड्नु सजिलो तर अत्यन्त प्रभावकारी बानी हो। यसले शारीरिक र मानसिक दुवै स्वास्थ्य सुधार गर्छ।

18/04/2026

काठमाडौं। गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय तथा सुझाव मागेको छ।

मन्त्रालयले बैशाख ३ गते सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई पत्राचार गर्दै सुझाव माग गरेको हो।

त्यस्तै मन्त्रालयले जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघलाई बोधार्थ दिँदै सहजिकरणको लागि आग्रह गरेको छ।

मन्त्रालयका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३, ५, ६, ७ र ८ को व्यवस्था बमोजिम गाउँपालिका तथा नगरपालिका, वडाको संख्या तथा सिमाना हेरफेर, गाउँपालिका र नगरपालिका एक आपसमा गाभिने र नगरपालिकाको विद्यमान बर्गीकरणमा पुनराबलोकन गर्न प्रारम्भिक मस्यौदा तयार भएको छ।

सो सम्बन्धमा कुनै राय सुझाव भए मन्त्रालयको इमेल ठेगानामा तीन दिनभित्र उपलब्ध गराईदिन मन्त्रालयले आग्रह गरेको हो।

"Small steps today can lead to big dreams tomorrow."💓
17/04/2026

"Small steps today can lead to big dreams tomorrow."💓

17/04/2026





बिश्वका प्रभावशाली नेताको सूचीको  १४ औं नम्बरमा बालेन : प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह विश्वका १०० प्रभावशाली व्यक्...
16/04/2026

बिश्वका प्रभावशाली नेताको सूचीको १४ औं नम्बरमा बालेन :

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्। १०० मध्य प्रभावशाली नेताको सूचीको १४ औं नम्बरमा छन्। उक्त समूहमा पोप लियो पहिलो नम्बरमा छन्। दोस्रो नम्बरमा मेक्सिकोकी प्रधानमन्त्री क्लाउडिया शेइनबउम छिन्। अमेरिकी विदेशमन्त्री मार्को रूबिओ तेस्रो र राष्ट्रपति डोनाल्ड ट्रम्प चौथो नम्बरमा छन्। टाइमले बालेनलाई हिप–हप कलाकारबाट उदाएका राजनीतिक नेतृत्वका रूपमा चित्रण गरेको छ। भ्रष्टाचार र पुरानो राजनीतिक संरचनाप्रति असन्तुष्ट युवा पुस्ताको आन्दोलनले उनलाई सत्तामा पुर्‍याएको भनेर पनि उल्लेख गरिएको छ।
बालेनको उदयलाई युवा विद्रोहका रूपमा हेरिएको र यसले क्षेत्रीय सत्ता संरचनामै तरंग ल्याएको पत्रिकाले उल्लेख गरेको छ।



15/04/2026

एक गाउँमा एउटा बुबा र उनको दुई वटा छोरा बस्थे। बुबा निकै मेहनती किसान थिए, तर छोराहरु अलि अल्छी र खेल्न मात्र मन पराउने थियो।

एक दिन बुबाले छोराहरुलाई भने, “बाबु तिमिहरु जीवनमा सफल हुन मेहनत गर्नुपर्छ।”
छोराहरुले हाँस्दै भने , “बुबा, हामिहरु पछि पनि काम गर्न सकिन्छ , अहिले खेल्न दिनु ।”

बुबाले केही नभनी अर्को दिन दुई छोरालाई खेतमा लगे। त्यहाँ बुबाले एउटा सानो बिरुवा देखाउँदै भने, “यो बिरुवा हेर्नु, यसलाई समयमै पानी र हेरचाह गरियो भने ठूलो रूख बन्छ। तर अहिले नै ध्यान नदिए सुक्छ।”

छोराहरुले त्यति ध्यान दिएन्न् बावा को कुरा लाई मजाग गरे । केही दिनपछि त्यो बिरुवा सुक्न थाल्यो। छोराहरु ले दुःखी हुँदै बुबालाई भने , “बुबा, अब यसलाई बचाउन सकिन्छ?”

बुबाले शान्त स्वरमा भने, “अब गाह्रो छ। किनकि समयमै हेरचाह गरिएन।”

त्यसपछि बुबाले सम्झाए, “जीवन पनि यही बिरुवा जस्तै हो। समयमै मेहनत नगरेपछि पछुताउनुपर्छ।”

छोराहरुले आफ्नो गल्ती बुझे । त्यस दिनदेखि ऊनिहरु बुबासँगै काम गर्न थाले र मेहनतको महत्व सिके ।त्यसैले समयमा नैई मेहनेत गरे अवश्य सफल भईन्छ ।

सन्देश: समयमै गरेको मेहनतले भविष्य उज्ज्वल बनाउँछ।
कुनै सन्देश भए comment मा राखनु होला ✍️
👏👏

Address

Lalbandi
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when COPY PASTE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share