CB news

CB news निष्पक्ष समाचार तपाईँको माझमा

20/09/2026

विगत ५ दिनदेखी झापा को विर्तामोड मा आमरण अनसन Gen z घाइते युवा लाई भेट्न श्रम सॅस्कृती पाटी का अघ्यक्ष हर्क सम्पाड. विर्तामोड मा । भेटपस्चात Gen Z को माग पूरा गर्न कोसिस गर्ने ।

20/09/2026

कृष्ण भिर मा दुई तर्फी बाटो सन्चालन मा आइ सकेको छ ।

20/09/2026

गुडिरहेको ईभी हाइसमा अचानक आगलागी कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको ईभी हाइसमा बर्दियामा अचानक आगलागी हुँदा कागजपत्रसहित ४२ हजार रुपैयाँ जलेर नष्ट भएको छ ।
बर्दिया नगरपालिका–७ रम्तापुरमा आइतबार बिहान पौने ७ बजे सु.प.प्र. ०१–००२ ज ४३३ नम्बरको ईभी हाइसमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएको उक्त हाइसमा चालक र सहचालक मात्र रहेकाले मानवीय क्षति भने भएको छैन ।
आगलागीबाट हाइसमा राखिएका कागजपत्र र नगद ४२ हजार रुपैयाँ जलेर नष्ट भएको डीएसपी रेशम बोहराले जानकारी दिए । ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मोङगमा सरकारी सवारी साधनको दुरुपयोग मोरङको पथरी शनिश्चरे नगरपालिकामा मेयर र प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीले मौ...
19/09/2026

मोङगमा सरकारी सवारी साधनको दुरुपयोग

मोरङको पथरी शनिश्चरे नगरपालिकामा मेयर र प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीले मौका छोपेर सरकारी गाडी व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्दै आएको पाइएको छ । बुधबार मध्यान्ह नगरपालिकाको १ झ ५१४ नम्बरको बोलेरो जीपमा शिक्षा शाखा प्रमुख नवीन खुलाल र उनकी श्रीमती निजी कामको लागि इटहरी पुगेका छन्।

स्रोतका अनुसार खुलालले आफ्नो श्रीमतीलाई सवारी चालक अनुमतिपत्र परीक्षामा सहभागी गराउन र अन्य निजी कामको लागि इटहरी पुर्याएका हुन् । उक्त गाडी साँझ ५ बजे मात्र पथरी फर्किएको बुझिएको छ ।

शिक्षा अधिकृत खुलालले कार्यालय समयभित्र व्यक्तिगत काम हिँड्दा कार्यालयका अन्य कर्मचारीलाई समेत जानकारी नगराएको बताइन्छ । यस विषयमा विस्तृत बुझ्नको लागि खुलाललाई फोन गरिएकोमा उनी सम्पर्कमा आउन चाहेनन् ।

त्यस्तै, हरेक शुक्रबार कार्यालय समय सकिएपछि लेखा प्रमुख विकास पोखरेलसहित अन्य कर्मचारीलाई नगरपालिकाकै सरकारी गाडीमा घरघरसम्म पुर्याउने गरिएको स्रोतले बताएको छ। नगरपालिकाबाट इटहरी हुँदै विराटनगरका विभिन्न ठाउँमा कर्मचारीलाई पुर्याएर गाडी पुनः पथरी फर्किने गरेको बताइन्छ ।
प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने १ झ ५१४ नम्बरको बोलेरो र नगर प्रमुखले विगतमा प्रयोग गर्ने गरेको को १ झ ५७४ नम्बरको गाडी कर्मचारीहरुले सरकारी काममा भन्दा निजी काममा बढी प्रयोग गरिरहेको स्रोतको दावी छ । यसले सरकारी स्रोत–साधनको उपयोगसम्बन्धी गम्भीर प्रश्न समेत उठाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडासँग कुरा गर्दा उनले यस विषयमा अनविज्ञता प्रकट गरे। उनले भने, ‘मलाई यस विषयमा थाहा छैन, म र मेयर साप जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमको लागि मुस्ताङ गएका थियौँ । अब यस्ता कुराको जबफा कसले दिने हो ? सरकारी सम्पत्तिको सहि तरिकाले प्रयोग गरौ ।।

नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएक...
19/09/2026

नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ। दिवसको अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा मूल समारोह आयोजना गरिएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

19/09/2026

संविधानमा दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नु भएको शुभकामना सन्देश ।

निर्वाचन आयोगले आगामी फागुनको अन्तिम सातामा स्थानीय तहको निर्वाचन गर्ने तयारी अघि बढाएको छ।
19/09/2026

निर्वाचन आयोगले आगामी फागुनको अन्तिम सातामा स्थानीय तहको निर्वाचन गर्ने तयारी अघि बढाएको छ।

18/09/2026

लण्डनको लागि उडेको बंगलादेश एयरलाइन्समा यात्रुबीच कुटाकुट भएको छ ।

भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकरबीच शुक्रबार भेटवार्...
18/09/2026

भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकरबीच शुक्रबार भेटवार्ता भएको छ ।

पुष्प कमल दाहाल प्रचण्डले भने, अहिले सरकारको ज्यादती बढ्यो अब दशैं तिहार पछि सडक आ'न्दो'लनमा जान्छौँ हामी।
18/09/2026

पुष्प कमल दाहाल प्रचण्डले भने, अहिले सरकारको ज्यादती बढ्यो अब दशैं तिहार पछि सडक आ'न्दो'लनमा जान्छौँ हामी।

Address

Buddhashanti
Jhapa District
57200

Website

Alerts

Be the first to know and let us send you an email when CB news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share