Palika Post - पालिका पोस्ट

Palika Post - पालिका पोस्ट स्थानीय ताजा गतिविधि,सूचना,समाचार सम्प्रेषण गर्दछौँ।

palikapost.blogspot.com

थप जानकारी: WhatsApp - 9862675017

24/09/2026

श्री सट्टाभर्ना मंगलबारे खानेपानी उपभोक्ता समूहको निर्वाचन यही असोज १५ गते हुने


Palika Post - पालिका पोस्ट

बुद्धशान्ति–४ मा सर्पदंश सम्बन्धी सचेतनामूलक कार्यक्रम हुँदैसर्पदंश सम्बन्धी समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले...
18/09/2026

बुद्धशान्ति–४ मा सर्पदंश सम्बन्धी सचेतनामूलक कार्यक्रम हुँदै

सर्पदंश सम्बन्धी समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हाम्रो युवा जेनेरेसनको आयोजनामा तथा चारआली सर्पदंश उपचार केन्द्र, झापाको प्राविधिक सहयोगमा सचेतनामूलक कार्यक्रम आयोजना हुने भएको छ।

कार्यक्रममा सर्पदंशबाट बच्ने उपाय, सर्पले टोकेपछि अपनाउनुपर्ने प्राथमिक उपचार तथा समयमै उपचारका लागि अपनाउनुपर्ने आवश्यक सावधानीबारे जानकारी प्रदान गरिने आयोजकले जनाएको छ।उक्त कार्यक्रममा सहभागी भइदिन आयोजकले सबैमा अनुरोध गरेको छ।

- कार्यक्रम हुने -

मिति: २०८३ असोज ५ गते, सोमबार
समय : दिउँसो १ बजे
स्थान: श्री नमुना आधारभूत विद्यालय, बुद्धशान्ति–४, जुनेली बस्ती


Palika Post - पालिका पोस्ट

14/09/2026

“प्रेम मगर सम्मान तथा आवास कार्यक्रम” हस्तान्तरण समारोहमा अभियानलाई सफल बनाउन सबै प्रकारको सहयोग तथा भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण सहयोगी एवं शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुहुँदै।
संयोजक – पवन थलङ लिम्बु


Palika Post - पालिका पोस्ट

13/09/2026

“प्रेम मगर सम्मान तथा आवास कार्यक्रम” हस्तान्तरण समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित वडा अध्यक्ष शेरबहादुर रायले स्थानीय युवाहरूको पहलमा सञ्चालित अभियानको प्रशंसा गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले वडा कार्यालयले अभियानलाई सहजीकरण गरेको बताउँदै, वडाले गर्ने सबै प्रकारको काममा सहयोग रहने बताउनुभयो।


Palika Post - पालिका पोस्ट

13/09/2026

“प्रेम मगर सम्मान तथा आवास कार्यक्रम” हस्तान्तरण समारोहमा पूर्व शिक्षक प्रेम मगरले शैक्षिक क्षेत्रमा पुर्‍याउनु भएको योगदानबारे आफ्नो धारणा राख्नुहुँदै।
वडा सदस्य - संजित कुमार थेबे

झापाको बुद्धशान्ति गाउँपालिका–४, जुनेली बस्ती निवासी पूर्व शिक्षक प्रेम मगरको सम्मानमा निर्माण गरिएको दुई कोठे पक्की घर ...
13/09/2026

झापाको बुद्धशान्ति गाउँपालिका–४, जुनेली बस्ती निवासी पूर्व शिक्षक प्रेम मगरको सम्मानमा निर्माण गरिएको दुई कोठे पक्की घर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। स्थानीय युवाहरूको पहलमा सञ्चालित ‘प्रेम मगर सम्मान तथा आवास कार्यक्रम’ अन्तर्गत निर्माण सम्पन्न भएको घर आइतबार एक औपचारिक कार्यक्रमबीच मगरलाई हस्तान्तरण गरिएको हो। अभियान सफल सम्पन्न बनाउन देश तथा विदेशबाट आर्थिक, जिन्सी तथा जनसहभागिता मार्फत सहयोग प्राप्त भई सम्पन्न भएको अभियान संयोजक - पवन थलङ लिम्बुले जानकारी दिनुभयो।(केही फोटो फिचर)


Palika Post - पालिका पोस्ट

07/09/2026

बुद्धशान्ति–४ स्थित श्री सट्टाभर्ना मंगलबारे खानेपानी तथा सरसफाइ उपभोक्ता समूहको नयाँ कार्यसमिति गठन प्रक्रिया बन्यो अन्योल। लामो समय संस्था कार्यसमिति विहीन हुँदा आम उपभोक्ताहरूमा चासो र चिन्ता बढेको पाइएको छ।


Palika Post - पालिका पोस्ट

बुधबारेमा अटो दुर्घटना,ठुलो क्षति हुनबाट जोगियो।बुधबारे, झापा । बुद्धशान्ति गाउँपालिका–बुधबारे स्थित हँडिया खोला पुल नजि...
07/09/2026

बुधबारेमा अटो दुर्घटना,ठुलो क्षति हुनबाट जोगियो।

बुधबारे, झापा । बुद्धशान्ति गाउँपालिका–बुधबारे स्थित हँडिया खोला पुल नजिकै आज अटो दुर्घटनामा परेको छ। दुर्घटनाबाट ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।


Palika Post - पालिका पोस्ट

07/09/2026

बुद्धशान्ति १ मा ५४ वर्षीया महिला मृत फेला ।
थप विवरण कमेन्टमा

बुद्धशान्तिमा दुई दिने युवा नेतृत्व विकास सम्बन्धी 'लिडरशिप एकाडेमी' सम्पन्न
07/09/2026

बुद्धशान्तिमा दुई दिने युवा नेतृत्व विकास सम्बन्धी 'लिडरशिप एकाडेमी' सम्पन्न

बुद्धशान्ति ,बुद्धशान्ति गाउँपालिका–१ को समन्वयमा सञ्चालित दुईदिने युवा नेतृत्व विकाससम्बन्धी ‘लिडरशिप एकाडे...

Address

बुद्धशान्ती-४, मंगलबारे बजार
Jhapa District

Alerts

Be the first to know and let us send you an email when Palika Post - पालिका पोस्ट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share