रासविस केन्द्रिय कार्य समिति गौरीगंज - २०८३

  • Home
  • Nepal
  • Jhapa
  • रासविस केन्द्रिय कार्य समिति गौरीगंज - २०८३

रासविस केन्द्रिय कार्य समिति गौरीगंज - २०८३ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रासविस केन्द्रिय कार्य समिति गौरीगंज - २०८३, Social Media Agency, Gauriganj - 6, Jhapa, Jhapa.

रासविस केन्द्रिय कार्य समिति गौरीगंज – २०८३ (आधिकारिक फेसबुक पेज)

राजवंशी समाज विकास समिति (रासविस) को केन्द्रिय कार्य समिति–२०८३ को यो आधिकारिक फेसबुक पेजमा तपाईंहरूलाई हार्दिक स्वागत छ। वि.सं. २०५० सालमा आधिकारिक रूपमा दर्ता भई स्थापना भएको यस संस्थाले

29/07/2026

३२ औं आदिवासि दिवस भव्यताका साथ सफल पारौं!
साउन २४ गते आइतबार काठमाडौं को खुल्ला मञ्च जाऔं!

राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष कमलप्रसाद राजवंशीको  अध्यक्षतामा आज साँझ ८: ३० बजे समितिको इतिहासमै पहिलो प...
25/07/2026

राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष कमलप्रसाद राजवंशीको अध्यक्षतामा आज साँझ ८: ३० बजे समितिको इतिहासमै पहिलो पटक जुम (Zoom) मार्फत भर्चुअल बैठक सम्पन्न भएको छ।
बैठकमा समितिका उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष तथा केन्द्रीय सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकले आगामी साउन २४ गते काठमाडौंमा आयोजना हुने विश्व आदिवासी दिवसको कार्यक्रममा रासविस क्षेत्रिय समिति काठमाडौसँग समन्वय गरेर समितिको सांस्कृतिक टोलीसहित सहभागी हुने महत्वपूर्ण निर्णय गरेको छ।
यस अवसरमा उक्त कार्यक्रममा राजवंशी समाजका सम्पूर्ण महानुभावहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गर्ने निर्णयसमेत गरिएको छ।
बैठकमा समितिका विभिन्न समसामयिक एजेन्डामाथि गहन छलफल भएको थियो। विशेषगरी समितिको विधान संशोधन, आर्थिक हिसाब–किताब, कागजात तथा जिम्मेवारी हस्तान्तरण (बरबुझारथ) लगायतका विषयमा विस्तृत छलफल गरिएको छ।
भर्चुअल माध्यमबाट सम्पन्न भएको यो बैठकलाई समितिको संगठनात्मक गतिविधिलाई आधुनिक प्रविधिसँग जोड्ने ऐतिहासिक सुरुआतका रूपमा सहभागीहरूले लिएका छन्। बैठकले आगामी दिनमा संगठनलाई अझ प्रभावकारी, व्यवस्थित र सशक्त बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

24/07/2026

साउन २४ गते काठमाडौं खुल्ला मंचमा हुने ३२ औ विश्व आदिबासी दिबसका अवसरमा राजवंशी समाज विकास समिति केन्द्रिय कार्य समितिका अध्यक्ष कमल प्रसाद राजवंशी शुभकामना व्यक्त गर्दै

18/07/2026

हार्दिक बधाई छे मेनुका राजवंशी !

हार्दिक निमन्त्रणा
18/07/2026

हार्दिक निमन्त्रणा

https://www.facebook.com/share/p/18t1XPxfVU/
17/07/2026

https://www.facebook.com/share/p/18t1XPxfVU/

श्रमिक आन्दोलनका भरोसायोग्य नेतृत्व सिरतलाल राजवंशी ‘सुमन’ पुनः अध्यक्षमा सर्वसम्मत
सेवाभाव, समर्पण र सामाजिक उत्तरदायित्वले निर्माण गरेको श्रमिक नेताको सफल यात्रा

बिर्तामोड, झापा । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) झापाको आठौं जिल्ला अधिवेशनले अनुभवी श्रमिक नेता सिरतलाल राजवंशी ‘सुमन’ लाई दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ। नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध उक्त संघको नेतृत्वमा उनको पुनरागमनलाई श्रमिक आन्दोलनको निरन्तरता, अनुभव र विश्वासको जितका रूपमा हेरिएको छ।

बिर्तामोड नगरपालिका–५ निवासी सिरतलाल राजवंशी स्वर्गीय कालु राजवंशी र दरबारी राजवंशीका सुपुत्र हुन्। २०६५ सालदेखि श्रमिक आन्दोलनमा सक्रिय बनेका उनी २०७० सालदेखि संगठनको नेतृत्वमा रहँदै श्रमिकहरूको हक, हित र सम्मानका लागि निरन्तर संघर्षरत छन्। श्रमिकको आवाजलाई नीति तथा कार्यक्रमसँग जोड्ने, संगठनलाई एकताबद्ध बनाउने र श्रमिकका समस्यालाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउने उनको नेतृत्वशैलीले उनलाई झापाका श्रमिक समुदायबीच लोकप्रिय बनाएको छ।

उनको नेतृत्वको अर्को महत्वपूर्ण पक्ष सामाजिक सेवाप्रतिको प्रतिबद्धता हो। कोरोना महामारीको कठिन समयमा रोजगारी गुमाएका तथा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुर परिवारलाई खाद्यान्न राहत वितरण गरेर उनले मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका थिए। आर्थिक अभावका कारण उपचार गराउन नसकेका निम्न आय भएका बिरामीहरूका लागि सहयोग संकलन अभियान सञ्चालन गरी धेरै परिवारलाई राहत दिलाउने कार्यमा पनि उनी अग्रपङ्क्तिमा रहे।

२०८२ सालमा कन्काई नदीको बाढीबाट प्रभावित परिवारहरूलाई खाद्यान्न राहत वितरण अभियानमा समेत उनले सक्रिय नेतृत्व गरेका थिए। विपद्का बेला पीडित समुदायसँगै उभिने उनको कार्यशैलीले उनी केवल श्रमिक नेतामात्र नभई समाजसेवी व्यक्तित्वका रूपमा पनि स्थापित भएका छन्।

सिरतलाल राजवंशीले आगामी कार्यकालमा श्रमिकको सामाजिक सुरक्षा, सीप विकास, सुरक्षित रोजगारी, श्रमिकमैत्री कानुनी व्यवस्था, संगठन विस्तार तथा युवालाई श्रमिक आन्दोलनसँग जोड्ने कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले संगठनलाई अझ जिम्मेवार, समावेशी र प्रभावकारी बनाउँदै श्रमिकको सम्मान र अधिकार सुनिश्चित गर्ने अभियानलाई निरन्तर अघि बढाउने विश्वास दिलाएका छन्।

दोस्रो कार्यकालका लागि उनको सर्वसम्मत चयनले झापाको श्रमिक आन्दोलनमा नयाँ ऊर्जा थपिएको छ। अनुभवी, सेवाभावी र समन्वयकारी नेतृत्वका रूपमा परिचित सिरतलाल राजवंशी ‘सुमन’बाट आगामी दिनमा श्रमिक समुदायले अझ प्रभावकारी नेतृत्व, सशक्त संगठन र सामाजिक उत्तरदायित्वका नयाँ आयामहरू स्थापित हुने अपेक्षा गरेका छन्।

हार्दिक श्रद्धाञ्जली
17/07/2026

हार्दिक श्रद्धाञ्जली

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
16/07/2026

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

अनेक सावालेर जवाफ , दिवा बडा मुस्किल
14/07/2026

अनेक सावालेर जवाफ , दिवा बडा मुस्किल

13/07/2026

Address

Gauriganj - 6, Jhapa
Jhapa
023

Website

Alerts

Be the first to know and let us send you an email when रासविस केन्द्रिय कार्य समिति गौरीगंज - २०८३ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share