08/07/2026
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको ब'लात्कारपछि ह'त्या भएको आठ वर्ष पूरा हुन लाग्दा नेपाल प्रहरीले अ'नुसन्धानलाई नयाँ ढंगले अघि बढाउने प्रयास थालेको छ। प्रहरी प्रधान कार्यालयले एसएसपी कृष्ण पंगेनीको नेतृत्वमा नयाँ अ'नुसन्धान समिति गठन गरेको छ, जसले केही दिनअघिदेखि नै काम सुरु गरिसकेको छ।
प्रहरीका अनुसार पंगेनी नेतृत्वको टोलीमा १३ जना प्रहरी अधिकारी सहभागी छन्। समिति गठनसँगै अ'नुसन्धान टोली कञ्चनपुर पुगेर हालसम्म संकलित प्रमाण, प्रतिवेदन र सूचनाको पुनः समीक्षा गरिरहेको छ। एसएसपी पंगेनी यसअघि यस प्रकरणको अ'नुसन्धानमा संलग्न थिएनन्।
निर्मला पन्तको २०७५ साउन १० गते ब'लात्कारपछि ह'त्या भएको थियो। त्यसयता यो प्रकरण नेपाल प्रहरीकै इतिहासमा सबैभन्दा धेरै जनशक्ति, समय र स्रोत परिचालन गरिएको अ'नुसन्धानमध्ये एक बनेको छ। यद्यपि, आठ वर्ष बितिसक्दा पनि वास्तविक दो'षी पहिचान हुन सकेको छैन।
यस अवधिमा नेपाल प्रहरीमा आठ जना प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन भए। अनेक अ'नुसन्धान समिति गठन भए, दर्जनौँ प्रहरी अधिकारी काठमाडौंबाट कञ्चनपुर पठाइए, तर अ'नुसन्धान निष्कर्षमा पुग्न सकेन।
प्रहरीका अनुसार अब अ'नुसन्धानको केन्द्रबिन्दु डीएनए परीक्षणभन्दा अन्य प्रमाण र तथ्यमा हुनेछ। राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुख जीवन रिजाल नेतृत्वको समितिले यसअघि डीएनए नमुना संकलन प्रक्रियामै त्रु'टि भएको निष्कर्षसहित प्रतिवेदन बुझाएपछि डीएनएबाट अपराधी पहिचान गर्ने सम्भावना लगभग समाप्त भएको मानिएको छ।
प्रहरी स्रोतका अनुसार हालको अ'नुसन्धान टोलीले घटनासँग सम्बन्धित सबै पुराना विवरण, बयान, भौतिक प्रमाण तथा नयाँ सूचनाको पुनः विश्लेषण गर्दै अनुसन्धान अघि बढाइरहेको छ। सुरुआती अ'नुसन्धानमा भएको कमजोरीका कारण घ'टनाको दिशा मोडिएको प्रहरी अधिकारीहरूको बुझाइ छ।
निर्मला ह'त्या प्र'करणमा यसअघि सयौँ व्यक्तिसँग सोधपुछ गरिएको, २०० भन्दा बढीलाई निगरानीमा राखिएको तथा ठूलो संख्यामा डीएनए परीक्षण गरिएको थियो। तर अहिलेसम्म कसैवि'रुद्ध निर्णायक प्रमाण स्थापित हुन सकेको छैन।
प्रहरीले अब उपलब्ध प्रमाण, नयाँ सूचना र अनुसन्धानका अन्य वैज्ञानिक आधारलाई केन्द्रमा राखेर दो'षी पहिचान गर्ने प्रयास जारी रहने जनाएको छ।