Hulak Post

Hulak Post Hulak Post Stands for Accurate, Balance, Credible, Decent and Ethical News.

24/08/2026

प्रतिपक्षका अग्रज सांसदले नै गरे बालेनको मुस्ताङ भ्रमणको तारिफ

24/08/2026

जप्रधानमन्त्रीको मुस्ताङ यात्राको कुरामा गरे यस्तो गहन कुरा

राप्रपाले पार्टीको पटकपटकको निर्देशन अवज्ञा गरेको, पार्टीको ह्विप उल्लंघन गरेको र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिक...
24/08/2026

राप्रपाले पार्टीको पटकपटकको निर्देशन अवज्ञा गरेको, पार्टीको ह्विप उल्लंघन गरेको र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेश सभा सदस्यहरु राजु बिष्ट, राजेन्द्र प्रजापति र गिर बहादुर तामाङलाई केन्द्रीय अनुशासन समितिको सिफारिश बमोजिम पदमुक्त गरेको छ।
निजहरुको पदमुक्त सम्बन्धि पत्र आज बागमती प्रदेश सभाका उपसभामुखलाई जानकारी गराइएको र सो पत्र उपसभामुखको आदेशमा प्रदेश सभा सचिवालयमा दर्ता समेत भएको छ ।

केही मिडियाहरुमा मेराविरुद्ध कपोकल्पित समाचार आएको भन्ने सुनेको छु जुन वास्तवमै पार्टीका झगडीया पक्षधरका तर्फबाट नियोजित...
24/08/2026

केही मिडियाहरुमा मेराविरुद्ध कपोकल्पित समाचार आएको भन्ने सुनेको छु जुन वास्तवमै पार्टीका झगडीया पक्षधरका तर्फबाट नियोजित षणयन्त्रका रुपमा यो क्रियाकलाप गरेका हुन सक्छन् : दीपक खड्का, नेता नेपाली कांग्रेस

काठमाडौं :नेपाली कांग्रेसको आधिकारीकता विवादमा परेको मुद्धा सुरुबाटै सुनुवाई गर्नेगरि निवर्तमान सभापति शेरबह.....

उद्धब थापालाई पदमुक्त गर्न सभामुखलाई पठाइएको राप्रपाको औपचारिक पत्र अन्ततः प्रदेशसभामा दर्ता भएको छ।सम्मानित अदालतले भदौ...
24/08/2026

उद्धब थापालाई पदमुक्त गर्न सभामुखलाई पठाइएको राप्रपाको औपचारिक पत्र अन्ततः प्रदेशसभामा दर्ता भएको छ।
सम्मानित अदालतले भदौ १० गते अन्तरिम आदेशका लागि छलफलमा बोलाएकाले त्यसबेलासम्म बागमतीका मुख्यमन्त्रीले विश्वासको मत लिने काम भएमा अदालतको मानहानी हुनेछ ।

24/08/2026

हर्क साम्पाङको विचारप्रति नियमापत्ति गर्दै खुश्मु ओली

चलचित्र आशाकाे सुटिङ सकियाे, माघेसंक्रान्तिमा प्रदर्शन हुने
24/08/2026

चलचित्र आशाकाे सुटिङ सकियाे, माघेसंक्रान्तिमा प्रदर्शन हुने

काठमाडौँ । उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को छायांकन सम्पन्न भएको छ । एक महिने सेड्युल लिएर .....

24/08/2026

'प्रधानमन्त्री' भन्ने पदको निजी जीवन हुँदैन : हर्क साम्पाङ

फिल्म निर्माता तथा व्यवसायी भविष्य खड्का र व्यवसायी केदारनाथ अधिकारीले अरबी साझेदारसँगको सहकार्यमा सुरु गरेको सुल्तान अर...
24/08/2026

फिल्म निर्माता तथा व्यवसायी भविष्य खड्का र व्यवसायी केदारनाथ अधिकारीले अरबी साझेदारसँगको सहकार्यमा सुरु गरेको सुल्तान अरबिक ग्रिलमार्फत् नेपालमा अरबी खानाको स्वाद र परम्परालाई नेपाली तथा विदेशी ग्राहकसम्म पुर्‍याउने प्रयास गरिएको छ ।

काठमाडौं । नेपाली खानाको परम्परागत स्वादसँगै अन्तर्राष्ट्रिय परिकारको माग बढिरहेका बेला काठमाडौंको लाजिम्पाट...

कांग्रेस प्रमुख सचेतक थापा र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ताकाठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख स...
24/08/2026

कांग्रेस प्रमुख सचेतक थापा र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच शिष्टाचार भेटवार्ता भएको छ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार भएको भेटमा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, शिक्षा, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो।

भेटमा प्रमुख सचेतक थापाले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्धलाई थप बलियो बनाउन संसदीय तहको सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताइन्। उनले दुवै देशका सांसदबीच नियमित संवाद र अनुभव आदानप्रदान बढाउनुपर्नेमा जोड दिइन्।

थापाले नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूहलाई प्रभावकारी रूपमा परिचालन गरी दुई देशका सांसदबीचको संस्थागत सम्बन्ध विस्तार गर्नुपर्ने बताइन्। साझा हितका विषयमा सहकार्य र पारस्परिक समझदारी बढाउन संसदीय मैत्री समूह महत्वपूर्ण माध्यम बन्न सक्ने उनको भनाइ थियो।

त्यस अवसरमा उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा अष्ट्रेलियाले लामो समयदेखि गर्दै आएको सहयोगको प्रशंसा गरिन्। विशेषगरी अष्ट्रेलिया अवार्ड स्कलरसिप, क्षमता अभिवृद्धि तथा तालिमका अवसरमार्फत नेपालको मानव संसाधन विकासमा अष्ट्रेलियाले पुर्‍याएको योगदानप्रति उनले आभार व्यक्त गरिन्।

थापाले उच्च शिक्षाका लागि अष्ट्रेलिया नेपाली विद्यार्थीको प्रमुख गन्तव्य रहेको उल्लेख गर्दै अष्ट्रेलियामा अध्ययनरत विद्यार्थी तथा त्यहाँ बसोबास गर्ने नेपाली समुदायले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताइन्।

भेटमा थापाले राजदूत अन्स्र्टमार्फत अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकप्रति हार्दिक अभिवादन तथा शुभकामना व्यक्त गरिन्।

भेटवार्तामा राजदूत अन्स्र्टले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउन संसदीय सहकार्य र जनस्तरीय सम्बन्ध महत्वपूर्ण रहेको बताए। उनले शिक्षा, मानव संसाधन विकास तथा संसदीय सहकार्यलगायतका क्षेत्रमा हुँदै आएको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्न अष्ट्रेलियाका तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

Address

New Baneshwor/10
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Hulak Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hulak Post:

Shortcuts

Share

Category