National Frame

National Frame नेपालदेखि विश्वसम्मका ताजा, निष्पक्ष र विश्वसनीय समाचार ।
Politics • Trending • Society • Entertainment • Breaking News

धनुषामा प्रहरीले हवाई फायर गरी २ जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।शुक्रबार लागुऔषध नियन्त्रण ब्यूरो शाखा क...
24/07/2026

धनुषामा प्रहरीले हवाई फायर गरी २ जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

शुक्रबार लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, बर्दिबासबाट खटिएको टोलीले धनुषाको मिथिला नगरपालिका वडा नं.६ बाट २ जना भारतीय कारोबारीलाई नियन्त्रणमा लिएको हो ।

धनुषा प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भारतको मधुवनीका २८ वर्षिय सन्तोष कुमार महतो र सोही स्थानका ४५ वर्षिय मिथिलेश साहु रहेका छन् ।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन १ राउण्ड हवाई फायर गरेको थियो । पक्राउ परेका दुबै जनाको साथबाट ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोईन बरामद गरिएको छ ।

साथै उनीहरुबाट २ थान मोबाईल, भारतीय आधार कार्ड र भारतीय सवारी चालक अनुमति पत्र पनि बरामद भएको छ । पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय ढल्केवार, धनुषामा राखिएको छ ।

स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२÷८३ मा अघिल्लो आर्थिक वर्ष र २०८२ पुस महिनासम्म स्वीकृत स्वास्थ्य बीमा दाबीबापत २...
24/07/2026

स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२÷८३ मा अघिल्लो आर्थिक वर्ष र २०८२ पुस महिनासम्म स्वीकृत स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ भुक्तानी गरेको जनाएको छ।

बोर्डले आर्थिक वर्ष २०८२÷८३ मा असोज, कात्तिक र मंसिरसम्म प्राप्त दाबीमध्ये स्वीकृत दाबीको भुक्तानी यसअघि नै सम्पन्न गरिएको थियो। पछिल्लो निर्णयअनुसार २०८२ पुस महिनाको स्वीकृत भएका दाबीहरूको रकम २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा गरिएको हो।

यससँगै आर्थिक वर्ष २०८२÷८३ अन्तर्गत पुस महिनासम्मका स्वीकृत दाबीहरूको भुक्तानी सम्पन्न भएको बोर्डले जनाएको छ।

स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानी नियमित, पारदर्शी र चरणबद्ध रूपमा अगाडि बढाइरहेको जनाएको छ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि सात बुँदे माग राखेर सत्याग्र थालेका डा. गोविन्द केसीलाई सकस परेको छ ।धनगढी स्थित कृष्ण ...
24/07/2026

स्वास्थ्य क्षेत्रको सुधारका लागि सात बुँदे माग राखेर सत्याग्र थालेका डा. गोविन्द केसीलाई सकस परेको छ ।

धनगढी स्थित कृष्ण मन्दिरको धर्मशालामा बिहीबारदेखि सत्याग्रह बसेका केसीलाई मन्दिर व्यवस्थापन समितिले ठाउँ छाड्न पत्र पठाएपछि केसी अफ्ठयारोमा परेका हुन् ।

मन्दिर व्यवस्थापन समितिको पत्र पछि अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको उनका सहयोगी डा.अमृत जैसीले बताए ।

‘डा. केसीले व्यवस्थापन समितिको अनुमति लगेरै सत्याग्र सुरू गरेका हुन्, यसअघि पनि यही स्थानमा बसेर केसीले दुईपटक सत्याग्रह सुरू गर्नुभएकै हो,’ जैसीले भने, तर अहिले धर्मशाला छाड्न भन्दै पत्र आएको छ, यो राम्रो त हैन, अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’

धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले केसीले भने कोठामा बस्ने भनेर जानकारी दिएपनि केसीले सत्याग्र सुरू गरेको बताए । यस विषयमा मन्दिर व्यवस्थापन समितिलाई जानकारी नभएको पन्तको भनाई छ ।

धार्मिक संस्थामा अनसन बस्न किन दिएको भनेर दबाब आउन थालेपछि ठाउँ छाड्न पत्र पठाएको पन्तले बताए ।

डाक्टर केसीले सुदूरपश्चिम स्थित कैलालीको गेटामा बन्न लागेको शहीद दशरथचन्द स्वास्थ विज्ञान विश्वविद्यालयमा अवरोध सिर्जना गर्न खोजेको यहाँका नागरिकको आरोप छ ।

केसीले त्यहाँका उपकुलति र रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने पहिलो माग सहित सत्याग्रह सुरू गरेका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको राजनीतिक घटनाक्रमले नेपालको र...
24/07/2026

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र र वामपन्थी आन्दोलनका कमजोरीबारे गम्भीर तथा वैज्ञानिक समीक्षा आवश्यक रहेको बताएका छन्।

४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै उनले २०८२ भदौ २३ र २४ गतेका घटनालाई प्रतिक्रान्तिकारी परिघटना भन्दै त्यसमा वैदेशिक दबाब र हस्तक्षेप देखिएको दाबी गरे। उनले नेपालको सुरक्षा निकायको भूमिका र वामपन्थी शक्तिको वर्तमान अवस्थामाथि प्रश्न उठाउँदै यथार्थ समीक्षा नगरी वर्तमान चुनौतीको सामना गर्न नसकिने बताए।

प्रचण्डले विगतमा नेपाली सेनाले विदेशी शक्तिविरुद्ध देखाएको वीरताको स्मरण गर्दै अहिलेको निरीहताको कारण खोज्नुपर्ने धारणा राखे। उनले वामपन्थी आन्दोलनले विगतमा भएका कमीकमजोरीको सामान्य समीक्षा मात्र पर्याप्त नभएको उल्लेख गर्दै कतै गम्भीर त्रुटि भएकै कारण अहिलेको अवस्था सिर्जना भएको हुन सक्ने बताए।

उनले नेपालका धरोहर तथा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा भएको आगजनी र विध्वंसका घटनाले गम्भीर प्रश्न उठाएको भन्दै त्यसका कारणबारे गहिरो विश्लेषण र आत्मसमीक्षा आवश्यक रहेको बताए।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको पर्यटकीय क्षेत्र बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस...
24/07/2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको पर्यटकीय क्षेत्र बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन्। सडकमार्फत सामग्री ढुवानी सम्भव नभएकाले हेलिकप्टरबाट उपकरण पुर्‍याउने व्यवस्था गर्न पनि उनले निर्देशन दिएका हुन्।

शुक्रबार मन्त्रालयमा भएको छलफलमा नेपाल टेलिकमले साउन महिनाभित्र टेलिफोन सेवा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ। टावर निर्माणका लागि आवश्यक सामग्री धनगढीसम्म पुगिसकेको र नेपाली सेनाको हेलिकप्टर उपलब्ध भए काम छिट्टै सम्पन्न हुने टेलिकमले जनाएको छ।

सञ्चारमन्त्रीले बडीमालिकासहित दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवा विस्तारका विषयमा प्रधानमन्त्रीका सूचना, सञ्चार तथा प्रविधि सल्लाहकार विवेक मिश्रसँग पनि छलफल गरेका छन्। सो क्रममा अनलाइन बेटिङ एप बन्द गर्ने र अनलाइन ठगी नियन्त्रणका विषयमा पनि छलफल भएको थियो। मन्त्री तिमिल्सिनाले बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्कासँग आवश्यक पूर्वाधार र सडक अवस्थाबारे समेत जानकारी लिएका छन्।

सरकारले दुर्गम क्षेत्रमा डिजिटल पहुँच विस्तारलाई प्राथमिकता दिएको छ। नेपाल टेलिकमले बडीमालिका मन्दिर क्षेत्र (४,२०० मिटर) मा फोरजी सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ भने सगरमाथा आधार शिविरमा पनि फोरजी विस्तारका लागि अध्ययन भइरहेको जनाएको छ। हालै डोल्पा र ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा फोरजी सेवा सञ्चालनमा आइसकेको छ।

दूरसञ्चार सेवाको पहुँच विस्तार गर्न देशभर करिब १,६०० नयाँ टेलिफोन टावर निर्माण प्रक्रिया अघि बढिसकेको छ। ग्रामीण क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारका लागि नेपाल टेलिकमले आगामी आर्थिक वर्षमा करिब ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने जनाएको छ।

अमेरिका र इरानबीच जारी सैन्य तनाव शुक्रबार थप चर्किएको छ। अमेरिकी हवाई आक्रमण लगातार जारी रहँदा इरानले राष्ट्रपति डोनाल्...
24/07/2026

अमेरिका र इरानबीच जारी सैन्य तनाव शुक्रबार थप चर्किएको छ। अमेरिकी हवाई आक्रमण लगातार जारी रहँदा इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानी सम्पत्ति जफत गर्ने चेतावनीलाई उक्साहटपूर्ण कदम भनेको छ। यसैबीच कुवेतमा मिसाइल र ड्रोन आक्रमण, हुथी विद्रोहीको गतिविधि, संयुक्त राष्ट्रसङ्घको चेतावनी तथा अन्तर्राष्ट्रिय तेल मूल्यमा तीव्र वृद्धि भएपछि क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको छ।

अमेरिकी सेनाले लगातार १३औँ रात इरानका सैन्य लक्ष्यमाथि आक्रमण गरेको जनाएको छ। अमेरिकी पक्षका अनुसार जलमार्गमा आक्रमण गर्न सक्ने इरानी सैन्य क्षमतामा कमी ल्याउने उद्देश्यले कारबाही गरिएको हो। इरानी सञ्चारमाध्यमहरूले अहवाज, बन्दर अब्बास, ओमिदियाह र हर्मुज जलघाँटी नजिकका क्षेत्रमा अमेरिकी क्षेप्यास्त्र प्रहार भएको बताएका छन्।

यसअघि ट्रम्पले अमेरिकाले नियन्त्रणमा राखेका इरानी सम्पत्तिबाट अमेरिकी जहाज तथा अन्य सम्पत्तिमा भएको क्षतिको भरपाई असुल्ने चेतावनी दिएका थिए। त्यसप्रति तेहरानले उक्त अभिव्यक्तिलाई भड्काउने प्रकृतिको टिप्पणी भन्दै आलोचना गरेको छ।

क्षेत्रीय तनावबीच कुवेतले इरानतर्फबाट आएको भन्दै मिसाइल र ड्रोन आक्रमण आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत अवरोध गरेको जनाएको छ। यता अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति ट्रम्पलाई कङ्ग्रेसको स्वीकृतिबिना इरानविरुद्ध थप सैन्य कारबाही अघि नबढाउन आग्रह गर्दै प्रतीकात्मक प्रस्ताव पारित गरेको छ।

यमनका हुथी विद्रोहीहरूले लाल सागरमा तेल ट्याङ्करमाथि आक्रमण जारी राखेपछि जर्मनी, बेलायत र युरोपेली सङ्घले त्यसको कडा आलोचना गरेका छन्। ट्रम्पले पनि हुथीहरूले थप आक्रमण गरे ठूलो सैन्य कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वको अवस्था नियन्त्रणबाहिर जान थालेको चेतावनी दिँदै तत्काल तनाव कम गर्न सबै पक्षलाई आग्रह गरेका छन्। युद्धको प्रभाव ऊर्जा बजारमा पनि देखिएको छ। ब्रेन्ट कच्चा तेलको मूल्य आठ प्रतिशतभन्दा बढी बढेर प्रतिब्यारेल १०१.९३ अमेरिकी डलर पुगेको छ भने डब्लुटीआई ९३.४४ अमेरिकी डलर पुगेको छ। यसैबीच बेलायतले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै इरानमा रहेका आफ्ना बाँकी कूटनीतिक कर्मचारीलाई अस्थायी रूपमा फिर्ता बोलाएको छ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति जयन्ती देवी राईले देश वर्तमान समयमा गम्भीर संकटमा रहेको भन्दै जनअधिकार...
24/07/2026

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति जयन्ती देवी राईले देश वर्तमान समयमा गम्भीर संकटमा रहेको भन्दै जनअधिकार कमजोर बन्दै गएको टिप्पणी गरेकी छन् ।

४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशको राजनीतिक अवस्थाबारे चिन्ता व्यक्त गर्दै जनताले निरन्तर विकल्प खोजिरहेको बताइन् ।

उनले भनिन्, ‘साच्चिकै संकटमा छ यो देश । आज जनअधिकारहरू गुम्दैछन् । त्यसकारण हामीले सोच्नैपर्छ। आज हरेक जनताले विकल्प खोजेका छन् ।’

राईले नेपालको राजनीतिक इतिहास स्मरण गर्दै २००७ सालमा जनताले अधिकारको पक्षमा भूमिका निर्वाह गर्ने शक्तिका रूपमा नेपाली कांग्रेसलाई रोजेको उल्लेख गरिन् । त्यसपछि २०४६÷४७ सालतिर पञ्चायती व्यवस्था अन्त्य र जनअधिकार सुरक्षाका लागि संघर्ष गरेका कारण जनताले कम्युनिष्ट शक्तिलाई रोजेको उनको भनाइ थियो ।

उनले २०६२÷६३ को जनआन्दोलनपछि पनि जनताले कम्युनिष्ट शक्तिमाथि विश्वास गरेको उल्लेख गर्दै, जहाँ कमरेड प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीलाई रोजेको बताइन् ।

उनले भनिन्, ‘२००७ सालमा पनि उनीहरुले विकल्प खोजे । त्यतिबेला जसले भूमिका निर्वाह गरेका थिए जनताको अधिकारको निम्ती नेपाली कांग्रेसलाई रोजे । त्यसपछि ४६, ४७ सालपछि पनि कम्युनिष्टलाई नै रोजे । त्यतिखेर पञ्चायत ढाल्नका निम्ती, जनअधिकार सुरक्षाको निम्ती कम्युनिष्टहरुले लडाई गरेका थिए । त्यसपछि ६२,६३ को जनआन्दोलनपछि फेरि उनीहरुले कम्युनिष्टलाई नै रोजे । जहाँ कमरेड प्रचण्डले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीलाई रोजे ।’

राईले अहिले पनि जनताले विकल्पको खोजी गरिरहेको दाबी गर्दै पुराना र नयाँ दुवै राजनीतिक शक्तिप्रति असन्तुष्टि बढ्दै गएको टिप्पणी गरिन् ।

उनले भनिन्, ‘आज पुरानो पार्टी र नयाँ पार्टीको एजेण्डाको नाममा नयाँ पार्टीलाई रोजे, तर त्यो पनि टिक्नेवाला छैन । पुरानो पार्टीले ३५ वर्ष त चलाए, तर नयाँ पार्टी १०० दिनमै बहुत दुःखपूर्ण भएको छ ।’

देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षा र पहिरोका कारण प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। बाढी र पहिरोक...
24/07/2026

देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षा र पहिरोका कारण प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। बाढी र पहिरोका कारण यातायात सेवा प्रभावित भएपछि सम्बन्धित निकायले सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रहरीले दिएको जानकारी अनुसार लगातारको वर्षाका कारण काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ । सम्भावित बाढीलाई मध्यनजर गर्दै यस खण्डमा राति ६ बजेदेखि बिहान ०४ बजेसम्म सवारी आवतजावत निषेध गरिएको छ भने दिउँसोको समयमा खुला रहनेछ। त्यसैगरी, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सबै किसिमका सवारी साधन चलाउन रोक लगाइएको छ।

इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाले बाटो हिलो भई सवारी आवतजावत ठप्प भएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ भने त्यहाँ वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नं. २ कोदारीको इकु पहिरोमा सडक माथिबाट लेदो, माटो र पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ।

यस्तै, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा सडकमाथिबाट ढुङ्गा र माटोसहितको पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा तामाकोशी खोलाको कटानले लामासाघु–रामेछाप राजमार्ग अवरुद्ध भए पनि खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको परिसरबाट वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको छ। रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलावाङमा सुख्खा पहिरो खस्दा घोराही–थवाङ शहीद राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ।

मुगुको छायानाथ रारा नगरपालिका–७ पिना खोलामा पहिरो र ढुंगा खस्दा नाग्म–गमगडी सडक खण्ड बन्द भएको छ भने रसुवाको गोसाइँकुण्ड गाउँपालिका–३ कुलुङमा पहिरो खस्दा पासाङ ल्हामु सडक अवरुद्ध भएको छ। यसैगरी, लमजुङको मस्र्याङदी गाउँपालिका–४ म्याग्दे भिरमा पहिरो झरेका कारण बेसीशहर–च्यामे मनाङ सडक खण्ड पनि पूर्ण रूपमा बन्द रहेको छ।

सडक विभाग तथा सुरक्षा निकायले अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहेको जनाएका छन्। यात्रा गर्नुअघि सम्बन्धित क्षेत्रको सडकको अवस्था बुझ्न अनुरोध गरिएको छ।

कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ। यो गति सन् २०१४–२०...
24/07/2026

कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ। यो गति सन् २०१४–२०१६ को इतिहासकै सबैभन्दा भीषण इबोला महामारीको तुलनामा झण्डै तीन गुणा तीव्र रहेको तथ्याङ्कले देखाएको छ, जसले स्वास्थ्य अधिकारीहरूको चिन्ता बढाएको छ।

कङ्गोको स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलबारसम्म हालको प्रकोपमा दुई हजार ५३६ जना सङ्क्रमित पुष्टि भएका छन् भने एक हजार ३३ जनाको मृत्यु भइसकेको छ। यो प्रकोप गत मे १५ मा औपचारिक रूपमा घोषणा गरिएको थियो। सन् २०१४–२०१६ को महामारीमा २८ हजारभन्दा बढी सङ्क्रमित र ११ हजारभन्दा बढीको मृत्यु भएको थियो। त्यतिबेला पहिलो एक हजार मृत्यु हुन करिब आठ महिना लागेको थियो भने यस वर्षको प्रकोपमा सोही सङ्ख्या दुई महिनाभन्दा केही बढी अवधिमै पुगेको छ। दुई हजार ५०० सङ्क्रमितको आँकडा पनि अघिल्लो महामारीको तुलनामा करिब तीन गुणा छिटो पुगेको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार इबोला रोग इबोला भाइरस समूहका विभिन्न प्रकारका भाइरसबाट फैलिन्छ। यस वर्षको प्रकोप बुन्डिबुग्यो भाइरसका कारण फैलिएको हो। यो दुर्लभ प्रकारको भाइरस भएकाले यसको स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन। अघिल्लो महामारी भने इबोला भाइरसका कारण फैलिएको थियो, जसका लागि अहिले केही खोप र उपचार उपलब्ध छन्।

हालको प्रकोप मुख्यतः कङ्गोमै सीमित छ। केही सङ्क्रमण युगान्डामा देखिए पनि अधिकांश प्रभावित क्षेत्र युगान्डा सीमावर्ती पूर्वी कङ्गोका पाँच प्रान्तमा केन्द्रित छन्। यसअघिको महामारी भने लाइबेरिया, सियरा लियोन र गिनीसहित पश्चिम अफ्रिकाका धेरै मुलुकमा फैलिएको थियो।

यस वर्षको प्रकोपमा हालसम्म करिब ४० प्रतिशत मृत्युदर रहेको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार अधिकांश बिरामी लक्षण देखिएपछि ढिलो स्वास्थ्य संस्थामा पुगेका कारण मृत्यु बढेको हो। उनीहरूले पहिलो सङ्क्रमितको स्रोत अझै पहिचान हुन नसकेको, धेरै नयाँ सङ्क्रमित निगरानी सूचीभन्दा बाहिरबाट भेटिएको र भाइरसको प्रकार पहिचानमा ढिलाइ भएकाले प्रकोप नियन्त्रण चुनौतीपूर्ण बनेको बताएका छन्।

सन् २०१४–२०१६ को इबोला महामारी करिब तीन वर्षसम्म चलेको थियो। पहिलो सङ्क्रमण डिसेम्बर २०१३ मा देखिए पनि मार्च २०१४ मा मात्र प्रकोप पुष्टि भएको थियो र जुन २०१६ मा यसको अन्त्य घोषणा गरिएको थियो।

नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले नेपालको ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात सुधारका लागि पूर्वा...
24/07/2026

नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले नेपालको ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात सुधारका लागि पूर्वाधार र व्यवहारिक नीति आवश्यक रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंस्थित नेपाल पुलिस क्लबमा आयोजित मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले ट्राफिक एफएमले ट्राफिक व्यवस्थापन, सहजीकरण र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले भने, ‘मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जले ट्राफिक व्यवस्थापन गर्न, ट्राफिक सहजीकरण गर्न, जनचेतना फैलाउन विश्वसनीय कुनै एफएम छ भने त्यो ट्राफिक एफएम नै हो । ट्राफिक प्रहरीको जवानदेखि उच्च तहसम्मका सबैलाई सलाम गर्न चाहन्छु ।’

सिटौलाले ट्राफिक प्रहरीको भूमिकाको प्रशंसा गर्दै उनीहरू नभए राजधानीको यातायात व्यवस्था नै अस्तव्यस्त हुने बताए ।

‘ट्राफिक प्रहरी सडकमा नहुँदा शहरै अस्तव्यस्त हुन्छ । मेट्रो ट्राफिक एफएममा म पनि आउँछु । यातायात व्यवसायीहरूको नेतृत्व गर्दै टक शोहरूमा आएका छौँ ।

तर आज विज्ञापन मागेर देउसी खेल्न घर–घरमा गएजसरी जानुपर्ने दुर्भाग्य हो । सरकारले यसलाई विशेष ढङ्गबाट आर्थिक रूपमा व्यवस्थापन गर्न, साधन–स्रोतयुक्त ढङ्गबाट अगाडि लैजानुपर्छ । त्यसका लागि सम्बन्धित मन्त्रालय वा निकायसँग आह्वान पनि गर्न चाहन्छु । मेट्रो ट्राफिक एफएमको आवाज नेपालको कुना–काप्चासम्म पुग्न सकोस्,’ उनले भने ।

उनले सरकारले विदेशी मुलुकको सडक व्यवस्थापनको नक्कल मात्र गरेर नेपालमा नीति लागू गर्न नहुने धारणा राखे ।

‘अमेरिका पुगेर, युरोपका सडक हेरेर नेपालको नियम र नीतिमा जानु हुँदैन । म जिम्मेवारीका साथ नेपालको सार्वजनिक यातायातलाई बदल्छु भनेर आएको हुँ। आज लगानीकर्ता खुसी छैनन्, काम गर्ने कामदार खुसी छैनन्। किन खुसी भएनन् भने सिंहदरबारमा बसेर नीति बनाउने ठाउँमा राम्रो नीति नआएकै कारण आज भद्रगोल छ,’ उनले भने ।

काठमाडौं उपत्यकामा सवारी साधनको चाप अत्यधिक रहेको उल्लेख गर्दै उनले पूर्वाधार विकासलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे ।

‘काठमाडौं उपत्यकामा २३ लाख मोटरसाइकल छन्। २६ लाखभन्दा बढी सवारी साधन छन्, ती कहाँ गुड्ने, त्यसैले पहिला पूर्वाधारको व्यवस्था गरिदिनुहोस्,’ उनले भने।

Adres

बुढानीलकण्ठ
St Nazaire
44600

Telefoon

+9779745689653

Website

Meldingen

Wees de eerste die het weet en laat ons u een e-mail sturen wanneer National Frame nieuws en promoties plaatst. Uw e-mailadres wordt niet voor andere doeleinden gebruikt en u kunt zich op elk gewenst moment afmelden.

Contact

Stuur een bericht naar National Frame:

Snelkoppelingen

Delen