04/08/2026
For primary market
नेपाल धितोपत्र बोर्डबाट "प्राथमिक बजार सुधार सहजीकरण कार्यदल (Primary Market Reform Facilitating Task Force)" गठन भएको सम्बन्धमा ।
मितिः २०८३ साउन १९
नेपाल धितोपत्र बोर्डले प्राथमिक बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्ता मैत्री बनाउने लगायतका उद्देश्य सहित नेपाल धितोपत्र बोर्डका नियमन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा प्राथमिक बजार सुधार सहजीकरण कार्यदल (Primary Market Reform Facilitating Task Force) गठन गरेको छ। बोर्डबाट तीन जना कर्मचारी, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका एक जना प्रतिनिधि, मर्चेण्ट बैंकर्स एशोसिएसन अफ नेपालका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ, पूँजी बजार समितिको संयोजक गरी सात सदस्यीय रहेको कार्यदल गठन भएको हो।
उक्त कार्यदलले आवश्यकताअनुसार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN), बिद्युत नियमन आयोग (ERC), स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (IPPAN), स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (SBAN), सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (CDSC) लगायत अन्य सरोकारवाला संघ संस्थाका विज्ञ समेत आवश्यकताको आधारमा आमन्त्रित गर्न सक्नेछ। आर्थिक वर्ष २०८३।८४ को पूँजीबजार नीति अन्तर्गत रहेको नियामकीय सुधार (Regulatory Reform Agenda) कार्यान्वयन गर्ने उद्देश्यका साथ गठित उक्त कार्यदलको पहिलो बैठक मिति २०८३ साउन १९ मा बोर्डको कार्यालयमा बसी प्राथमिक बजारको सुधार सम्बन्धमा छलफल गरेको छ।
उक्त कार्यदलको प्रमुख कार्यशर्तहरूमा प्राथमिक बजारको सुधार नीति, धितोपत्रको सार्वजनिक निष्काशन, बुक बिल्डिङ्ग, मर्चेन्ट बैंकर, IPO Allocation, Digital IPO, IPO Eligibility, IPO Pricing, संस्थागत लगानीकर्ता, Anchor Investors, Due Deligence, Post Issue Monitoring लगायत प्राथमिक बजारसँग सम्बन्धित अन्य विषयवस्तुहरू रहेका छन् ।