Online Tms & Other services

Online Tms & Other services �Online Demat AC / TMS Broker AC.� Mobile MDMS दर्ता �MeroShair /Demat Renew. �Personal PAN Card. � Air Ticket .�CORONA खोप QR Code .�POLICE REPORT etc..

Company को 기숙사 मा बस्नेले Immigration visa थप गर्न जाँदा वा नेपालबाट फेमिलि visa लगाउँदा चाँहिने 숙소 제공 확인서 यहि हो है
26/03/2026

Company को 기숙사 मा बस्नेले Immigration visa थप गर्न जाँदा वा नेपालबाट फेमिलि visa लगाउँदा चाँहिने 숙소 제공 확인서 यहि हो है

कोरियामा नेपालीहरुको संख्या ९४ हजार नाघ्यो, डिपेण्डेण्टमा आउनेहरुको संख्या तिब्र बढ्दै, पुग्यो ७ हजार नजिक 😯🇰🇷दक्षिण कोर...
24/03/2026

कोरियामा नेपालीहरुको संख्या ९४ हजार नाघ्यो, डिपेण्डेण्टमा आउनेहरुको संख्या तिब्र बढ्दै, पुग्यो ७ हजार नजिक 😯🇰🇷

दक्षिण कोरियामा बसोबास गर्ने नेपालीहरूको संख्या हाल ९४,१९४ पुगेको छ। पछिल्लो तथ्यांक अनुसार तीमध्ये ७४,०८४ जना पुरुष र २०,११० जना महिला रहेका छन्। यसले कोरियामा नेपालीहरूको उपस्थिति उल्लेखनीय रूपमा बढिरहेको देखाउँछ।

कोरियाको अध्यागमन विभागले सार्वजनिक गरेको विवरण अनुसार नेपालीहरूमध्ये सबैभन्दा ठूलो हिस्सा श्रमिक भिसा E-9 मा रहेका छन्, जसको संख्या ५१,७०४ रहेको छ। यसपछि विद्यार्थी भिसा D-2 र D-4 मा १७,५१६ जना रहेका छन्, जसले अध्ययनका लागि कोरिया रोज्ने नेपालीहरूको संख्या पनि उल्लेख्य रहेको देखाउँछ।

त्यसैगरी, दक्ष कामदार भिसा E-7 मा ११,३३९ जना नेपाली रहेका छन् भने आश्रित डिपेण्डेण्ट भिसा F-3 मा ६,९४१ जना बसोबास गरिरहेका छन्। अस्थायी बसोबास F-2 मा १,२१९ जना, वैवाहिक आप्रवासी F-6 मा ७४९ जना र G-1 भिसामा ७१० जना नेपाली रहेका छन्।

मौसमी कामदार E-8 भिसामा ६८० जना तथा स्थायी बसोबास F-5 भिसामा २५६ जना नेपाली रहेको तथ्यांकले देखाएको छ। साथै, अनुसन्धानकर्ता, प्राध्यापक, लगानीकर्ता र व्यवसायीको रूपमा बसोबास गर्ने नेपालीहरूको संख्या भने निकै कम रहेको उल्लेख गरिएको छ।

यसैबीच, समग्र रूपमा हेर्दा South Korea मा हाल २,७०९,९८९ जना विदेशी नागरिकहरू वैधानिक रूपमा बसोबास गरिरहेका छन्, जसमा नेपालीहरूको पनि महत्वपूर्ण उपस्थिति रहेको छ।

01/03/2026

छिगेछा (Forklift) को लिखित परीक्षा (필기) मा सबैभन्दा धेरै पटक दोहोरिने र झुक्काउने शब्दहरू यहाँ छन्। यी शब्दहरू जान्नुभयो भने तपाईँले प्रश्नको आशय सजिलै बुझ्न सक्नुहुन्छ।

१. प्रश्नमा आउने मुख्य क्रियापद (Action Verbs) - ३० वटा
१. 점검하다 - चेकजाँच गर्नु
२. 확인하다 - पक्का गर्नु
३. 운전하다 - चलाउनु
४. 조작하다 - अपरेट गर्नु
५. 정지하다 - रोकिनु
६. 회전하다 - मोडिनु
७. 상승시키다 - माथि उठाउनु
८. 하강시키다 - तल झार्नु
९. 기울이다 - ढल्काउनु
१०. 교체하다 - फेर्नु (Replace)
११. 보충하다 - थप्नु (Refill)
१२. 수리하다 - मर्मत गर्नु
१३. 정비하다 - मेन्टेनेन्स गर्नु
१४. 청소하다 - सफा गर्नु
१५. 배출하다 - बाहिर निकाल्नु (Drain)
१६. 주입하다 - भित्र हाल्नु (Inject)
१७. 연결하다 - जोड्नु
१८. 분리하다 - छुट्ट्याउनु
१९. 준수하다 - पालना गर्नु (नियम)
२०. 조절하다 - मिलाउनु (Adjust)
२१. 금지하다 - निषेध गर्नु
२२. 허용하다 - अनुमति दिनु
२३. 주의하다 - होसियारी अपनाउनु
२४. 경고하다 - चेतावनी दिनु
२५. 발생하다 - उत्पन्न हुनु (समस्या)
२६. 작동하다 - काम गर्नु (मेसिन)
२७. 검사하다 - जाँच गर्नु
२८. 설치하다 - जडान गर्नु
२९. 제거하다 - हटाउनु
३०. 보관하다 - सुरक्षित राख्नु

२. अवस्था र कारण बुझाउने शब्दहरू - ३० वटा
३१. 이상 - असामान्य/खराबी
३२. 정상 - सामान्य/ठिक
३३. 부족 - अपुग/थोरै
३४. 충분 - पर्याप्त
३५. 과열 - ओभरहिट (धैरे तातो)
३६. 마모 - खिइएको
३७. 누유 - तेल चुहिएको
३८. 누수 - पानी चुहिएको
३९. 손상 - क्षति/टुटफुट
४०. 부식 - खिया लागेको
४१. 불량 - खराब/बिग्रेको
४२. 압력 - दबाब (Pressure)
४३. 온도 - तापक्रम
४४. 점도 - बाक्लोपन (Viscosity)
४५. 비중 - घनत्व (Gravity)
४६. 습기 - चिसोपन (Moisture)
४७. 먼지 - धुलो
४८. 이물질 - बाहिरी फोहोर वस्तु
४९. 소음 - हल्ला/आवाज
५०. 진동 - थर्काइ (Vibration)
५१. 균열 - चर्किएको (Crack)
५२. 변형 - आकार बिग्रेको
५३. 느슨함 - खुकुलो हुनु
५४. 빽빽함 - कसिलो हुनु
५५. 원인 - कारण
५६. 결्과 - नतिजा
५७. 현상 - अवस्था/देखिने कुरा
५८. 방법 - तरिका
५९. 목적 - उद्देश्य
६०. 용도 - प्रयोगको प्रकार

३. सुरक्षा र नियम सम्बन्धी - २० वटा
६१. 서행 - बिस्तारै (Slowly)
६२. 급정지 - अचानक ब्रेक
६३. 급선회 - अचानक मोड
६४. 일시정지 - केही बेर रोकिने
६५. 안전거리 - सुरक्षित दुरी
६६. 시야확보 - दृश्य निश्चित गर्नु
६७. 무게중심 - तौलको केन्द्र/सन्तुलन
६८. 과적 - ओभरलोड
६९. 안전벨트 - सिट बेल्ट
७०. 보행자 - पैदल यात्री
७१. 유도자 - इसारा गर्ने मान्छे
७२. 작업구역 - काम गर्ने क्षेत्र
७३. 통로 - बाटो/गल्ली
७४. 교차로 - चौबाटो
७५. 경사로 - ओरालो/उकालो
७६. 수평 - तेर्सो
७७. 수직 - ठाडो
७८. 하중 - लोड/भार
७९. 용량 - क्षमता
८०. 규정 - नियम

४. प्रश्न सोध्दा प्रयोग हुने झुक्काउने शब्दहरू - २० वटा
८१. 가장 적절한 - सबैभन्दा उचित
८२. 옳은 것 - सही कुरा
८३. 틀린 것 - गलत कुरा
८४. 관계없는 것 - सम्बन्ध नभएको
८५. 거리가 먼 것 - अलि टाढाको (नमिल्ने) कुरा
८६. 설명으로 맞는 - व्याख्यामा मिल्ने
८७. 해당되지 않는 - लागू नहुने
८८. 가장 मुख्य - सबैभन्दा मुख्य
८९. 우선순위 - प्राथमिकता (पहिले गर्नुपर्ने)
९०. 직후 - लगत्तै पछि
९१. 직전 - लगत्तै अघि
९२. 매일 - दिनहुँ
९३. 정기적 - नियमित रूपमा
९४. 수시로 - जतिबेला पनि
९५. 반드시 - अनिवार्य रूपमा
९६. 절대로 - कदापि/कुनै हालतमा
९७. 최대한 - सकेसम्म धेरै
९८. 최소한 - कम से कम
९९. 효과 - प्रभाव/असर
१००. 안전수칙 - सुरक्षाका नियमहरू


language teacher

14/02/2026

अब अर्को १०० वटा महत्वपूर्ण शब्दहरू यहाँ छन्, जसले तपाईंलाई विशेष गरी कोरियन संस्कार, कार्यस्थलको नियम र वस्तुहरूको अवस्था बुझ्न मद्दत गर्नेछ।
यसलाई तपाईंले सेर गरेर आफ्नो सङ्ग्रहमा राख्न सक्नुहुन्छ:

१. कोरियन संस्कार र सम्मान (Culture & Manners - १५ शब्द)
१. 예의 - शिष्टाचार/मर्यादा
२. 인사 - अभिवादन
३. 존댓말 - उच्च आदरार्थी भाषा
४. 반말 - ठाडो भाषा (आदर नगर्दा)
५. 칭찬 - प्रशंसा
६. 질서 - अनुसाशन/लाईन
७. 양보하다 - ठाउँ छोडिदिनु (अरूलाई मौका दिनु)
८. 머리를 숙이다 - टाउको निहुराउनु (ढोग्नु)
९. 신발을 벗다 - जुत्ता फुकाल्नु
१०. 선물을 주다 - उपहार दिनु
११. 악수하다 - हात मिलाउनु
१२. 소리 내다 - आवाज निकाल्नु
१३. 다리를 떨다 - खुट्टा हल्लाउनु (अशुभ मानिन्छ)
१४. 다리를 꼬다 - खुट्टा खप्ट्याउनु
१५. 어른 - ठूला बडा (Elderly)

२. औजार र मेसिनको काम (Tools & Machinery - १५ शब्द)
१६. 작동하다 - चलाउनु (Operate)
१७. 사용하다 - प्रयोग गर्नु
१८. 누르다 - थिच्नु
१९. 돌리다 - घुमाउनु
२०. 끼우다 - घुसार्नु/जोड्नु
२१. 빼다 - निकाल्नु
२२. 걸다 - झुण्ड्याउनु
२३. 적재하다 - लोड गर्नु/थुपार्नु
२४. 실다 - लोड गर्नु (गाडीमा)
२५. 내리다 - अनलोड गर्नु/झार्नु
२६. 두드리다 - ठोक्नु
२७. 박다 - ठोक्नु (किला आदि)
२८. 조이다 - कस्नु
२९. 풀다 - खोल्नु/ढिलो बनाउनु
३०. 운반하다 - ओसारपसार गर्नु

३. कार्यस्थलको सूचना र सुरक्षा (Work Notice - १५ शब्द)
३१. 공지사항 - सूचना (Notice)
३२. 비상구 - आपतकालीन ढोका
३३. 점검 - निरीक्षण/चेकजाँच
३४. 수리 - मर्मत
३५. 관리 - रेखदेख/व्यवस्थापन
३६. 주의 - होसियारी
३७. 금지 - निषेध
३८. 허가 - अनुमति
३९. 보고 - रिपोर्टिङ
४०. 지시 - निर्देशन
४१. 업무 - काम/ड्युटी
४२. 회의 - मिटिङ
४३. 출장 - कामको सिलसिलामा बाहिर जानु
४४. 결근 - अनुपस्थित (बिदा)
४५. 조퇴 - काम सकिनु अघि नै निस्कनु

४. खानेकुरा र भान्सा (Food & Kitchen - १५ शब्द)
४६. 식재료 - खानाका सामग्री
४७. 조리도구 - पकाउने भाँडाकुँडा
४८. 냄비 - डेक्ची/भाँडो
४९. 프라이팬 - फ्राई प्यान
५०. 칼 - चक्कु
५१. 도마 - चपिन बोर्ड (तरकारी काट्ने काठ)
५२. 끓이다 - उमाल्नु
५३. 삶다 - उसिन्नु
५४. 굽다 - सेक्नु/पोल्नु
५५. 볶다 - भुट्नु
५६. 튀기다 - तार्नु
५७. 썰다 - टुक्रा पार्नु/काट्नु
५८. 섞다 - मिसाउनु
५९. 식사 - खाना/भोजन
६०. 후식 - खाना पछिको मिठाई (Dessert)

५. अवस्था र गुण (State & Quality - २० शब्द)
६१. 튼튼하다 - बलियो हुनु
६२. 딱딱하다 - साह्रो हुनु
६३. 부드럽다 - नरम हुनु
६४. 뾰족하다 - तिखो हुनु
६५. 매끄럽다 - चिप्लो/सिल्की हुनु
६६. 거칠다 - खस्रो हुनु
६७. 두껍다 - बाक्लो हुनु
६८. 얇다 - पातलो हुनु
६९. 충분하다 - पर्याप्त हुनु
७०. 부족하다 - अपुग हुनु
७१. 복잡하다 - भीडभाड/जटिल हुनु
७२. 한가하다 - फुर्सद हुनु
७३. 중요하다 - महत्वपूर्ण हुनु
७४. 특별하다 - विशेष हुनु
७५. 익숙하다 - बानी पर्नु/जान्ने हुनु
७६. 서투르다 - नजान्ने/काँचो हुनु
७७. 대단하다 - गज्जब/महान हुनु
७८. 지저분하다 - फोहोर/अव्यवस्थित हुनु
७९. 심각하다 - गम्भीर हुनु
८०. 단순하다 - सरल हुनु

६. विविध शब्दहरू (Miscellaneous - २० शब्द)
८१. 환경 - वातावरण
८२. 자원 - स्रोत साधन
८३. 재활용 - पुनः प्रयोग (Recycling)
८४. 쓰레기 - फोहोर
८५. 절약 - बचत
८६. 낭비 - फजुल खर्च
८७. 전기 - बिजुली
८८. 수도 - धाराको पानी
८९. 가스 - ग्यास
९०. 기름 - तेल
९१. 신호 - संकेत
९२. 속도 - गति (Speed)
९३. 무료 - नि:शुल्क
९४. 유료 - शुल्क लाग्ने
९५. 개인 - व्यक्तिगत
९६. 단체 - सामूहिक
९७. 전부 - सबै/जम्मै
९८. 일부 - केही अंश
९९. 현재 - वर्तमान
१००. 미래 - भविष्य

यन्माल छङ्सान गर्दा पाउने हो कि तिर्ने होला भनेर सोचमा पर्नुभएको छ त्यसो हो भने अब मात्र 4 स्टेपमा चेक गर्नुहोला तर 2025...
12/02/2026

यन्माल छङ्सान गर्दा पाउने हो कि तिर्ने होला भनेर सोचमा पर्नुभएको छ
त्यसो हो भने अब मात्र 4 स्टेपमा चेक गर्नुहोला
तर 2025 को यो महिना को अन्तिम सम्म मा देखाउने छ

कोरियामा केही महतवपूर्ण ट्राफिक संकेतहरू (Traffic Signs) लिखित परीक्षा र कोरियाको सडकमा गाडी चलाउँदा अति नै महत्त्वपूर्ण...
11/02/2026

कोरियामा केही महतवपूर्ण ट्राफिक संकेतहरू
(Traffic Signs) लिखित परीक्षा र कोरियाको सडकमा गाडी चलाउँदा अति नै महत्त्वपूर्ण हुन्छन्।
यहाँ मुख्य ट्राफिक संकेत र नियमहरूसँग सम्बन्धित शब्दहरू नेपाली र कोरियनमा यसप्रकार रहेका छन।

१. मुख्य संकेतहरू (Basic Signs)

१. 교통표지판 (ख्यो-थोङ फ्यो-जी-फान) - ट्राफिक संकेत बोर्ड
२. 신호등 (सि-नो-दुङ) - ट्राफिक लाइट
३. 정지 (जोङ-जी) - रोक्नु (Stop)
४. 일시정지 (इल-सि-जोङ-जी) - एकछिन रोकिनु (छोटो समयको लागि)
५. 양보 (याङ-बो) - बाटो छोडिदिनु (Yield/Give way)
६. 진입 금지 (जिन-इप खुम-जी) - प्रवेश निषेध (No Entry)

२. निषेध गरिएका कार्यहरू (Prohibitions - "गर्न नपाइने")

७. 주차 금지 (जु-छा खुम-जी) - पार्किङ निषेध
८. 정차 금지 (जोङ-छा खुम-जी) - गाडी रोक्न निषेध
९. 유턴 금지 (यु-थोन खुम-जी) - यु-टर्न निषेध
१०. 좌회전 금지 (ज्वा-ह्वे-जोन खुम-जी) - बायाँ मोडिन निषेध
११. 우회전 금지 (उ-ह्वे-जोन खुम-जी) - दायाँ मोडिन निषेध
१२. 횡단 금지 (ह्वेङ-दान खुम-जी) - बाटो काट्न निषेध

३. सावधानी र सतर्कता (Caution/Warning)

१३. 주의 (जु-इ) - होसियार / सावधानी
१४. 위험 (उइ-हम) - खतरा (Danger)
१५. 낙석 주의 (नाक-सोक जु-इ) - पहिरो वा ढुङ्गा झर्ने डर (सावधान)
१६. 미끄러운 도로 (मि-क्कु-रो-उन दो-रो) - चिप्लो बाटो
१७. 공사 중 (गोङ-सा जुङ) - बाटो मर्मत वा निर्माण हुँदै गरेको
१८. 어린이 보호구역 (ओ-रि-नी बो-हो-गु-योक्) - बाल-बालिका संरक्षण क्षेत्र (स्कुल एरिया)

४. बाटोको प्रकार (Road Types)

१९. 일방통행 (इल-बाङ-थोङ-हेङ) - एकतर्फी बाटो (One Way)
२०. 전용도로 (जोन-योङ-दो-रो) - विशेष गाडीका लागि मात्र छुट्याइएको बाटो
२१. 교차로 (ख्यो-छा-रो) - चौबाटो (Intersection)
२२. 횡단보도 (ह्वेङ-दान-बो-दो) - जेब्रा क्रसिङ
२३. 안전지대 (आन-जोन-जी-दे) - सुरक्षित टापु (Safety Zone)

५. गति र दुरी (Speed & Distance)

२४. 최고 속도 (छ्वे-गो सोक-दो) - अधिकतम गति (यो भन्दा बढी कुदाउन नपाइने)
२५. 최저 속도 (छ्वे-जो सोक-दो) - न्यूनतम गति (यो भन्दा ढिलो कुदाउन नपाइने)
२६. 서행 (सो-हेङ) - बिस्तारै (बिस्तारै गाडी चलाउने)
२७. 안전거리 확보 (आन-जोन-गो-री हाक-बो) - सुरक्षित दुरी कायम गर्ने

६. अन्य उपयोगी शब्दहरू (Others)

२८. 일방로 (इल-बाङ-रो) - वान-वे बाटो
२९. 차선 (छा-सोन) - लेन (बाटोको धर्सा)
३०. 견인 지역 (क्योन-इन जी-योक्) - गाडी उठाउने क्षेत्र (नो पार्किङमा राखेमा)

१. सडकका रेखाहरू र दिशा (Road Lines & Directions)

१. 중앙선 (जुङ-आङ-सोन) - बीचको रेखा (डिभाइडर रेखा)
२. 실선 (सिल-सोन) - नटुटिएको रेखा (लेन फेर्न नपाइने)
३. 점선 (जोम-सोन) - टुटिएको रेखा (लेन फेर्न पाइने)
४. 유도선 (यु-दो-सोन) - बाटो देखाउने रेखा (गाइड लाइन)
५. 정지선 (जोङ-जी-सोन) - रोकिने रेखा (स्टप लाइन)

२. ट्राफिक लाइटको नियम (Traffic Light Rules)

६. 적색 (जोक-सेक) - रातो रङ (रोकिने)
७. 황색 (ह्वाङ-सेक) - पहेंलो रङ (होसियार हुने वा रोकिन तयार हुने)
८. 녹색 (नोक-सेक) - हरियो रङ (जाने)
९. 화살표 신호 (ह्वा-साल-फ्यो सि-नो) - काँड (Arrow) चिन्ह भएको बत्ती (इसारा गरेको दिशामा जाने)

३. सवारी साधनका प्रकार (Vehicle Types)

१०. 보행자 (बो-हेङ-जा) - पैदल यात्री (हिँड्ने मान्छे)
११. 자전거 (जा-जोन्-गो) - साइकल
१२. 이륜차 (इ-र्युन-छा) - दुई पाङ्ग्रे सवारी (मोटरसाइकल)
१३. 대형차 (दे-ह्याङ-छा) - ठूला सवारी साधन (ट्रक, बस)
१४. 특수차 (थुक-सु-छा) - विशेष सवारी (जस्तै छिगेछा, क्रेन)

४. बाटोको अवस्था र क्षेत्र (Road Conditions)

१५. 굽은 도로 (गु-बुन दो-रो) - घुम्ती बाटो
१६. 오르막길 (ओ-रु-माक-किल) - उकालो बाटो
१७. 내리막길 (ने-रि-माक-किल) - ओरालो बाटो
१८. 좁아지는 도로 (जो-बा-जी-नुन दो-रो) - साँघुरो हुँदै गएको बाटो
१९. 터널 (थो-नोल) - सुरुङ मार्ग (Tunnel)

५. कार्यक्षेत्र र पार्किंग (Work Zone & Parking)

२०. 견인 (क्योन-इन) - क्रेनले तानेर लैजानु (Towing)
२१. 유료 주차장 (यु-र्यो जु-छा-जाङ) - शुल्क तिर्नुपर्ने पार्किङ
२२. 무료 주차장 (मु-र्यो जु-छा-जाङ) - नि:शुल्क पार्किङ
२३. 비상구 (बि-साङ-गु) - आपत्कालीन ढोका (Emergency Exit)
२४. 소방도로 (सो-बाङ-दो-रो) - दमकल जाने बाटो (यहाँ पार्किङ गर्नै हुँदैन)
२५. 안전지대 (आन-जोन-जी-दे) - सुरक्षा क्षेत्र (पहेलो धर्सा कोरिएको ठाउँ)

📢 📢✍️2026 को लागि न्याय मन्त्रालयले E-7-4 भिषाको कोटा निर्धारण गरेको छ। जसमा   33,000 जनालाई भिषा परिवर्तन गराउन सकिने ज...
10/02/2026

📢 📢
✍️2026 को लागि न्याय मन्त्रालयले E-7-4 भिषाको कोटा निर्धारण गरेको छ। जसमा 33,000 जनालाई भिषा परिवर्तन गराउन सकिने जनाएको छ ।
✍️डाई निर्माण ( 금형원)तर्फ नयाँ भिषा प्रणाली (E-7-3) लागू गर्ने योजना बनाएको छ ।

■ R(Regional) भिसा सम्बन्धी तथ्य जाँच 1.  -4R भिसामा सोचेजस्तो राम्रो कम्पनीहरू प्रायः हुँदैनन्।2. Company को दृष्टिकोणब...
08/02/2026

■ R(Regional) भिसा सम्बन्धी तथ्य जाँच

1. -4R भिसामा सोचेजस्तो राम्रो कम्पनीहरू प्रायः हुँदैनन्।

2. Company को दृष्टिकोणबाट हेर्दा नयाँ कर्मचारीलाई -4R भिसा दिनु भनेको पहिलेदेखि काम गरिरहेका E9 कामदारहरूप्रति निकै अप्ठ्यारो र अन्याय जस्तो महसुस हुने विषय हो।

3. -4R भिसामा राम्रो कम्पनीहरू छैनन् भनेर स्पष्ट जानकारी दिँदै आएको हो। तर काम गर्न सक्छ र गर्ने नै छु भन्नेले परिवर्तन गर्नु होला।

4. CNC, MCT, (사출) जस्ता सीप भएका अनुभवी कामदारहरूको हकमा कहिलेकाहीँ राम्रो कम्पनी भेटिन सक्छ, तर त्यस्ता कम्पनीहरूले अत्यन्तै कम संख्यामा मात्र जनशक्ति लिन्छन्।

5. तुलनात्मक रूपमा राम्रो कम्पनी चाहनेहरूका लागि, उद्योगको कुनै सीमा नहुने र काम गर्ने ठाउँ परिवर्तन गर्न सजिलो हुने -R, -99, -7 जस्ता -2 बसोबास भिसा लिनु राम्रो हुन्छ।

6. निष्कर्षमा भन्नुपर्दा, जनसंख्या घटिरहेको क्षेत्रमा भिसा दिन्छु भन्ने कम्पनीहरूमा कामदार पाउन गाह्रो हुने भएकाले विदेशी कामदार आकर्षित गर्न -4R तुरुन्तै apply गर्न मिल्छ।

7. -4R लागू भएको १ वर्ष पनि पूरा नभए पनि, अहिले नै धेरै मानिसहरू D-10 मा परिवर्तन गर्न वा काम गर्ने ठाउँ बदल्न चाहिरहेका छन्।

8. यदि तपाईंले पहिले नै -4R भिसा पाइसक्नुभएको छ भने, जति गाह्रो भए पनि ३ वर्ष काम गरेपछि F2-R भिसामा परिवर्तन गर्न सिफारिस गरिन्छ।

9. E9 र E7-4 भिसामा काम गर्ने श्रमिकहरूले सम्भव भएमा कोरियामै स्नातक (Bachelor) वा सोभन्दा माथिको डिग्री हासिल गर्न सिफारिस गरिन्छ।

10. हरेक व्यक्तिको “राम्रो कम्पनी” को मापदण्ड फरक–फरक हुन्छ, तर सजिलो काम, कम काम गर्ने समय र धेरै तलब दिने कम्पनी हुँदैनन्।
-5 स्थायी बसोबास (영주권) पाउनु अघि सबैले धेरै मेहनत गर्नुपर्छ, काम पनि धेरै हुन्छ र तलब पनि राम्रो हुने कम्पनीमा काम गर्नु उपयुक्त हुन्छ। यसो गर्दा भिसा नवीकरण गर्दा तनाव बिना सजिलै गर्न सकिन्छ।

बुझ्नु पर्ने कुरा के छ भन्दा , F2-R visa भनेको Korea मा भएका students लाई जनसंख्या कम क्षेत्रमा सजिलै प्राप्त गर्न सक्ने visa हो भने E7-4R भनेको जनसंख्या कम क्षेत्रमा विदेशी कामदार(E-9)लाई आकर्षित गर्ने कोरियन सरकारको निती हो।
मा प्रायः काम गाह्रो नै हुन्छ । ३-५ बर्ष मेहेनत गरे अरू राम्रो visa मा जान पनि सकिन्छ।

#여러분 #화이팅 👏

Hi_korea Nd Sosinet हाई कोरिया , र सोसिनेट को पासवर्ड रिसेट गर्नको लागि यो फर्म भरेर फ्याक्स गर्नु  पर्दछ है .....
03/02/2026

Hi_korea Nd Sosinet
हाई कोरिया , र सोसिनेट को पासवर्ड रिसेट गर्नको लागि यो फर्म भरेर फ्याक्स गर्नु पर्दछ है .....

E-9 को बिषयमा धेरै परिवर्तन हुने भएको छ। आधिकारिक भैनसकेपनी नसोचेका कुराहरु परिवर्तन हुनेछन। जसमा कोरियाले आफ्नो भाषा सं...
28/01/2026

E-9 को बिषयमा धेरै परिवर्तन हुने भएको छ।
आधिकारिक भैनसकेपनी नसोचेका कुराहरु परिवर्तन हुनेछन। जसमा कोरियाले आफ्नो भाषा संस्कृती र इतिहासलाई कसरी अझै धेरै रटाउन सकिन्छ भनेर दिमाग लगाएको देख्न सकिनेछ।
अब E-9 ले भिषा थप्नका लागि पनि भाषा र कामसँग सम्बन्धित व्यावसायिक तालिमहरु लिनुपर्ने छ र E-9 को अबधि अब 9 बर्षे हुनेछ। पहिलो 1 या 2 बर्ष (अझै निश्चित नभैसकेको) कम्पनी परिवर्तन गर्न पाइनेछैन। त्यसपछी कम्पनी परिवर्तन गर्न साहुको अनुमती चाहिनेछैन। प्रत्येक 3/3 बर्षमा भिषा थप हुने छ। तर ब्यबसायिक तालिम नलिएको र भाषा नपढेको भए भिषा नथपिन पनि सक्नेछ।

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Online Tms & Other services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online Tms & Other services:

Share