वैदेशिक रोजगार - Baideshik Rojgar

वैदेशिक रोजगार - Baideshik Rojgar सत्य तथ्य र भरपर्दो सूचनाको लागि...
(3)

स्वागत छ हाम्रो पेजमा ! यो पेज Baideshik Rojgar App को आधिकारिक पेज हो । यो पेजमा आउने हरेक सूचना सत्य, तथ्य र विश्वसनीय हुनेछ ।
हामी नेपालबाट वैदेशिक रोजगारमा जान चाहने र बिभिन्न देशमा रोजगारी गरिरहेका लाखौँ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई विश्वसनीय, सटिक, र उपयोगी सूचना प्रदान गर्दैछौं । हाम्रो मुख्य उद्देश्य वैदेशिक रोजगारीको अवसर खोजिरहेका नेपालीहरुलाई आवश्यक जानकारी, सुझाव, र मार्गदर्शन उपलब्ध गराउनु हो, जसले उनीहरूको यात्रा सुरक्षित, सहज र सफल बनोस्।
हामी तपाईलाई वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण जानकारी, रोजगारीको अवसर, भिसा प्रक्रिया, सुरक्षा उपाय र अन्य आवश्यक जानकारीहरूको बारेमा निरन्तर अपडेट दिनेछौं । साथै, विदेशमा कार्यरत नेपाली श्रमिकहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्याहरू बुझ्न र समाधान गर्न समेत प्रयास गर्दछौं ।
हाम्रो पेज मार्फत तपाईले निम्न सेवाहरू प्राप्त गर्न सक्नुहुन्छ:
१. नयाँ रोजगारका अवसरहरू: विभिन्न देशहरूमा उपलब्ध रोजगारीका अवसरहरूको बारेमा जानकारी दिनेछौं ।
२. भिसा र कागजी प्रक्रिया: वैदेशिक रोजगारका लागि आवश्यक कागजी प्रक्रिया र भिसा सम्बन्धी जानकारी दिने कोसिस गर्नेछौं ।
३. सुरक्षा र सचेतना: विदेशमा सुरक्षित र अधिकारसहित कार्य गर्नका लागि आवश्यक सुरक्षा उपायहरू र कानूनी सल्लाह दिनेछौं ।
४. समुदाय सहयोग: विदेशमा रहेका नेपाली समुदायसँग सञ्जाल बनाउने र समस्यामा परेका नेपाली श्रमिकहरूको सहयोग गर्ने प्रयास गर्नेछौं ।
५. ध्यानाकर्षण: वैदेशिक रोजगार सम्बन्धि बेथिति र अवैध क्रियाकलापको सम्बन्धमा नियमित सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनेछौं ।
हामी नेपाली श्रमिकहरूको अधिकार र सुरक्षाको लागि प्रतिबद्ध छौं । वैदेशिक रोजगारीमा जाने सबै नेपालीहरुलाई आवश्यक सूचना प्रदान गरेर उनीहरूको भविष्यलाई उज्ज्वल बनाउन हामी सधैं तत्पर छौं ।
हाम्रो पेजलाई फलो गर्नुहोस् र विदेशमा सुरक्षित र सफल जीवनयात्राको लागि आवश्यक सबै जानकारीहरू नियमित पाउनुहोस् ।

03/09/2026

🚨 युरोप पठाइदिन्छु भन्दै काठमाडौंमै ‘अवैध म्यानपावर’ ८०० भन्दा बढीसँग पैसा अशुलेको भेटियो ।
काठमाडौँ स्थित सुकेधारामा QR INTERNATIONAL PVT LTD नामबाट सञ्चालन भइरहेको कार्यालयमा पुग्दा चकित पार्ने विवरण भेटिएको छ । युरोप रोजगारमा जान चाहनेहरुलाई झुक्याउनको लागि अर्कै म्यानपावरको लाइसेन्स नम्वर प्रयोग गरेर बिज्ञापन गरेको भेटियो । हामी पुग्दा पैसा बुझाउन गएका युवा समेत भेटिए, युरोप जान भन्दै बुझ्न गएकाहरु पनि भेटिए । यो अखडा खोल्ने प्युठानका असिम बसेल रहेको पाइएको छ । साथै अनिल बिसीको पनि संलग्नता रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । सम्बन्धित पक्षलाई महाराजगंज स्थित प्रहरी कार्यालयमा थप अनुसन्धानको लागि राखिएको छ ।

वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण
31/08/2026

वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले रसुवा बाढी तथा पहिरोपीडितको राहत तथा पुनःस्थापनाका लागि सञ्चालन...

31/08/2026

नेपाल सरकारसँग मलेसियादेखि बुबा-आमा सनिबार नेपाल आईपुगेका छोराछोरीको यस्तो अनुरोध । सक्दो सेयर गरेर उनिहरुको अपिललाई सम्बन्धित पक्षसामक्ष पुर्याउन अनुरोध छ ।

30/08/2026

रसुवा बाढीपछि बेपत्ता भएका चार मलेसियन नागरिकका छोराछोरी आफ्ना आमाबुबाको खोजीमा नेपाल आइपुगेका छन् र नेपाल तथा मलेसिया सरकारलाई खोजी कार्य तीव्र बनाउन आग्रह गरेका छन्।
Children of four Malaysians missing after the Rasuwa flood have travelled from Malaysia to Nepal in search of their parents. Here is their appeal to the governments of Nepal and Malaysia.

28/08/2026

भदौ १० गतेको भिषण बाढीका कारण हजारौं पीडितहरु घरबार बिहिन बनेका छन् । सबैले आ - आफ्नो ठाउँबाट सहयोग गरौँ ।

वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार
24/08/2026

वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार

काठमाडौं । मलेसिया रोजगारीका लागि २५ वटा नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थाको सूची सार्वजनिक भएपछि आफू र आफू ...

एनआरएनए ११ औँ एसिया प्यासिफिक सम्मेलन सम्पन्न, २१ बुँदे घोषणापत्रमार्फत नागरिकता, लगानी र मतदानको अधिकारमा जोड
17/08/2026

एनआरएनए ११ औँ एसिया प्यासिफिक सम्मेलन सम्पन्न, २१ बुँदे घोषणापत्रमार्फत नागरिकता, लगानी र मतदानको अधिकारमा जोड

भदौ १, ग्वान्जाओ (चीन) | गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन चीनको पर्यटकीय सह....

16/08/2026

विदेशमै हुर्किएका नेपालीसँग >>
एनआरएनए एशिया प्याशिफिक सम्मेलन गोन्जाउ चीन(LIVE)

गैरआवासीय नेपालीहरु नेपालमा घर–जग्गा र सेयर बजारमा लगानीको लागि अवसर खोज्दै
15/08/2026

गैरआवासीय नेपालीहरु नेपालमा घर–जग्गा र सेयर बजारमा लगानीको लागि अवसर खोज्दै

अनिल अधिकारी । साउन ३१, ग्वाङ्झाउ, चीन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन.....

Address

Baluwatar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when वैदेशिक रोजगार - Baideshik Rojgar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share