Yeuta Kura

Yeuta Kura Simple news, real facts. We share true stories and daily updates from Nepal to keep you informed every day. Always with you—Yeuta Kura!

ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान सरकारले विगतका ठूला भ्रष्टाचार काण्डहरूको सूक्...
01/10/2026

ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान सरकारले विगतका ठूला भ्रष्टाचार काण्डहरूको सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताएका छन्।

बुधबार रिपोटर्स क्लबले काठमाडौंमा गरेको साक्षात्कारमा सचेतक परियारले पूर्ववर्ती सरकारहरूका पालामा भएका एनसेल काण्ड, गिरीबन्धु टी–इस्टेट, भुटानी शरणार्थी प्रकरणलगायत करिब २५ वटा खर्बौंका ठूला काण्डहरूको सुक्ष्म रुपमा अनुसन्धान भइरहेको बताएका हुन्। समय आएपछि गहिरो अनुसन्धान गरी दोषीलाई आजीवन काराबाससम्म पु¥याउने प्रयास भइरहेको उनको भनाइ छ। परियारले विपक्षीको शक्ति र सहिष्णुतालाई समेत कदर गर्दै सँगसँगै लिएर अघि बढ्ने परिपक्वता रास्वपामा रहेको तर्क गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले भ्रष्टाचार गरेर लुकाइएको कालो धन खरानी बनाउन नोटबन्दी ग...
30/09/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले भ्रष्टाचार गरेर लुकाइएको कालो धन खरानी बनाउन नोटबन्दी गर्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा न्यौपानेले नोटबन्दी गरेर नयाँ नोट जारी गर्नुपर्ने बताएका हुन्। भ्रष्टाचार गरेर लुकाइएको कालो धन खरानी बनाउन नोटबन्दी उत्तम विकल्प भएको न्यौपानेको भनाइ छ।

नेकपा (एमाले)को वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू देश र पार्टी बनाउन पुन: जिम्मेवारीमा आएको बताएक...
30/09/2026

नेकपा (एमाले)को वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू देश र पार्टी बनाउन पुन: जिम्मेवारीमा आएको बताएकी छन् । मंगलबार बुटवलमा पार्टीको पहिलो औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले अब आफ्ना लागि मलामी नघटुन् भन्ने मात्र सोचेर अघि बढ्ने र काम गर्ने बताइन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रमा सरकारका सबै काम विधिसम्मत हुनुपर्ने बताएका छन्। सुशासन र समृद्धिको ...
30/09/2026

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रमा सरकारका सबै काम विधिसम्मत हुनुपर्ने बताएका छन्। सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठूला माछा समात्ने प्रकरणहरूमा एक पछि अर्को गरी पछि हट्नुपर्ने स्थिति आउनु विडम्बनापूर्ण भएको उनको भनाइ छ।

30/09/2026

ओली भन्छन्ः पार्टीबाट पर्याप्त अवसर पाएका असन्तुष्ट छन् | Yeuta Kura | Kp Oli

30/09/2026
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद अमरेशकुमार सिंहले बालेन सरकारले सभापति रवि लामिछाने र आफ्नो पछाडि सुराकी खटा...
30/09/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद अमरेशकुमार सिंहले बालेन सरकारले सभापति रवि लामिछाने र आफ्नो पछाडि सुराकी खटाएको दाबी गरेका छन् । प्राइम टाइम टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा सांसद सिंहले हिजोका सरकारजस्तै अहिलेको सरकारले पनि जो बोल्छ उसको पछाडि सुराकी लगाइरहेको बताए ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका दुई मुख्य कार्यभार र १५ वटा कामको कार्यान्वयनका लागि सबै नेता तथा कार...
30/09/2026

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका दुई मुख्य कार्यभार र १५ वटा कामको कार्यान्वयनका लागि सबै नेता तथा कार्यकर्तालाई अनुशासन र निष्ठामा बाँधिन निर्देशन दिएका छन् ।

हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकले पार्टीभित्रको सन्देह अन्त्य गरेको उल्लेख गर्दै ओलीले भने, ‘अब पार्टीभित्र बढ्दो अराजकता र अनुशासनहीनता चल्दैन । केन्द्रीय कमिटी बैठकलाई हामीले ‘कट-अफ डेट’ मानेका छौँ । अब पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने वा विपक्षी खुसी हुने गरी अभिव्यक्ति दिने जोकोहीमाथि कडा कारबाही हुन्छ ।’

30/09/2026

‘रास्वपाले कमेन्टमा गाली गर्ने टोली खटाएको छ’ | Yeuta Kura | Surya Thapa

नेपाली कांग्रेसका इतर पक्षका नेता डा. प्रकाशशरण महतले संस्थापन पक्षले आयोजना गरेको महाधिवेशनको पूर्वसभापति शेरबहादुर देउ...
30/09/2026

नेपाली कांग्रेसका इतर पक्षका नेता डा. प्रकाशशरण महतले संस्थापन पक्षले आयोजना गरेको महाधिवेशनको पूर्वसभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कुनै सम्भावना नरहेको प्रस्ट पारेका छन्।

सभापति गगन थापासहित कांग्रेसका शीर्ष नेताहरूले सहमतिको लागि देउवालाई महाधिवेशन उद्घाटन गर्न बोलाउने प्रयास जारी राख्ने बताएका थिए। कांग्रेसको महाधिवेशन १८ गते काठमाडौंमा उद्घाटन हुँदै छ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Yeuta Kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share