16/09/2025
Gen Z आन्दोलनमा प्रहरी वृत्त महाराजगंजमा खट्नु भएका प्रहरी हेन्जिनिमको महसुस
मिति २०८२/०५/२५ गते प्रहरी वृत्त महाराजगंज चक्रपथ dutyमा थिएँ । बिहान ९/१० बजेदेखि Gen Z group सँग झडप सुरु भयो । झडपको क्रममा केही प्रहरीहरू घाइते भए कतिलाई मारे । झडपको स्थितिलाई सम्हाल्न नसक्ने भएपछि आफ्नो ज्यान जोगाउनु भन्नु भयो। यसै क्रममा कतिलाई हेलिकप्टरबाट उद्धार गरियो म लगायत केही साथीहरुचाहिँ प्रहरीको बर्दी फुकालेर भाग्ने क्रममा Gen Z ग्रुपले ढुङ्गामुढा गर्दै हामीहरूलाई लखेट्यो । एक जना ठाउँको ठाउँ ढल्यो । मचाहिँ भाटभटेनीको छेउको घरमा लुक्न सफल भए । यति बेलासम्म चौकीमा आगजनी भइसकेको थियो। जसोतसो भाग्दै साँझ ७ बजेतिर कोठामा आइपुगे। भोलिपल्ट चौकीमा आफ्नो कागजात खोज्न र छिमेकी घरमा राखेको स्कुटर हेर्न गए । चौकीभित्रको संरचना आगोले जलेको थियो। तर आश्चर्यको कुरा मेरो कागजात( नागरिकता, चालक अनुमतिपत्र) जस्ताको तस्तै थियो। र छिमेकी घरमा राखेको स्कुटर पनि सकुशल थियो। यसै क्रममा पितामाताको प्रतिज्ञा याद आयो ।
भजनसंग्रह ९१-:७-८ एक हजार जना तिम्रो नजिक लोट्लान्, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजिक त्यो आउनेछैन। तिमीले आफ्ना आँखाले मात्र त्यो अवलोकन गर्नेछौ, र दुष्टहरूको प्रतिफल देख्नेछौ ।
निस्तार चाडको शक्तिद्वारा यस्तो विपत्तिबाट बचाउनुहुने स्वर्गीय पिता मातालाई धन्यवाद चढाउँदछु। पितामाताको प्रतिज्ञा साँच्चै सत्य रहेछ भन्ने महसुस भयो।
Shikhar
Baluwakhani
🌼सुगन्ध🌼
"तिम्रो नजिक त्यो आउनेछैन"
धेरै आशिष पाउनुहोस्।🙏
सर्वप्रथम सुगन्ध लेख्न अनुमति दिनुहुने स्वर्गीय पिता र मातालाई हृदयदेखि धन्यवाद चढाउँदछु। नेपालमा जेन-जी (Gen-Z) आन्दोलनमा भएको वास्तविक घटना द्वारा पाएको महसुस बाँढ्न चाहन्छु।
म प्रतिनिधि सभा संघीय संसद भवनमा कर्मचारीको रुपमा काम गर्छु। म भदौ २३ गते सोमबारको दिन बिहान आफ्नो कार्यस्थल (संघीय सांसद भवन) जानको निम्ति तयारी भइरहेको थिएँ। त्यो दिन प्रतिनिधि सभाको बैठकको दिन भएकोले म अझ चाँडै निस्किनु पर्ने भएर सदाझैँ पितामातासँग प्रार्थना गरेर आफ्नो घरबाट कार्यस्थलतर्फ लागेँ।
कार्यस्थलमा लाग्दै गर्दा हिड्ने बाटोहरुको अवस्था सामान्य जस्तो लागेको थियो। तर, कार्यलयमा प्रवेश गर्दा सांसद भवन बाहिर वरपर, दायाँ, बायाँ अलिकति-अलिकति गरेर जम्मा भइरहेको दृश्य चाहिँ अन्य दिनहरु भन्दा बिल्कूल फरक थियो। मानिसहरु त्यसरी जम्मा भएको देख्दा मनमा कता-कता चिसो पसेको थियो, "आज केही हुने होकी?" भनेर एकछिन मनमा सोचेँ। मेरो मन मात्र यस्तो भएको होला, हुन त केही हुदैन होला भन्दै आफुलाई सान्त्वना दिदैँ भवन भित्र प्रवेश गरेर आफ्नो कार्य शुरु गरेँ।
केही समय पछि बिस्तारै मानिसहरुको भिड बढ्न थाल्यो। अन्ततः मानिसहरुको भिड अत्यधिक मात्रामा बढ्दै गएर करिब बिहान ११:३० सम्म अकल्पनीय रुपमा जम्मा भइसकेको थियो, जुन मानिसहरुको भिड मैले कहिल्यै देखेको थिइन। जम्मा भएको भिडले संसद भवन बाहिर नाराबाजी गर्दै आन्दोलन गर्न सुरु गरे। मैले "कस्को आन्दोलन हो?" भनेर सहकर्मीहरुलाई सोध्दा, "जेन-जी (Gen-Z) हरुको आन्दोलन हो" भनेर भने। मैले यस्तो नाम गरेको समूह कहिल्यै सुनेको थिइनँ।
शुरुमा आन्दोलन शान्तिपूर्वक नै भइरहेको थियो। तर, समय बित्दै जाँदा जेन-जी (Gen-Z) आन्दोलनले उग्र रुप लिन थाल्यो। आन्दोलनकारीहरु संसद भवनभित्र छिर्न कोसिस गर्न थाले। त्यही क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप हुन पुग्यो। झडपको क्रममा कैयौँ प्रहरीहरू घाइते भए र केही आन्दोलनकारीहरू मारिए भन्ने खबर पनि आयो। हामी करिब १५० जना कर्मचारीहरू संसद भवनभित्रै थियौँ।
केही समयमा सरकारले कर्फ्युको आदेश जारी गरेको समाचार सुन्न पुग्यौँ र नेपाली सेनाहरू पनि आएर संसद भवनलाई सुरक्षा दिन थाले। सेनाको सुरक्षा पश्चात् संसद भवन सुरक्षित देखिए पनि अवस्था सामान्य भएको थिएन। हामी सबै कर्मचारीहरूलाई संसद भवनभित्रै थुनिएर राखिएको थियो। सबै जना आत्तिएको अवस्थामा घर फर्कनको लागि कोसिस गर्दा प्रहरी र सेनाहरूले अनुमति दिएनन्। त्यसपछि मैले पिता र मातासँग आफ्नो सुरक्षा र घर फर्कनको लागि धेरै प्रार्थना गरेँ।
प्रार्थना पश्चात् करिब राती ८:०० बजे तिर मैले फेरि गएर प्रहरीलाई घर फर्कन अनुमति माग्दा यसपटक "अवस्था सामान्य नहुन्जेल कार्यालयमा नआउनु"भनेर घर फर्कन दिए। म अत्यन्तै खुशी भएँ। बाइक लिन जाँदा प्रहरीले हिडेरै जान आदेश दिए, त्यसदिन म हिडेरै करिब १.३० घण्टा लगाएर राति ९:३० बजे घर आइपुगेँ। बाटोमा आन्दोलन चर्किएकाले धेरै अप्ठ्यारा अवस्थाहरु थिए। सुरक्षित साथ घरमा पुगेपछि सुरक्षितसाथ डोर्याउनुहुने पिता र मातालाई धेरै धन्यवाद चढाएँ।
तर त्यो रात छटपटी भयो—"बाँकी समय कसरी कार्यलय जाने, कसरी सुरक्षित रहने, घर फर्कने अवस्था के हुन्छ?" भन्ने चिन्ता। बाइक संसद भवनमै छोडेकोले "के भयो होला?" भन्ने सोच पनि आयो। सहकर्मी साथीलाई फोन गर्दा कोही पनि जान मानेनन्। उनीहरू डराएका थिए। तर मेरो मनले भने मान्दै मानेन। म जसरी भए पनि जान्छु भनेर भोलि बिहान सबेरै ६ बजे कार्यस्थल गएँ र आफ्नो बाइक लिएर घर फर्केँ। त्यो दिन भदौ २४ गते मँगमबारको दिन थियो। यो अवस्था सम्म सुरक्षितसाथ डोर्याउनुहुने पिता र मातालाई धन्यवाद चढाएँ।
तर सोही मङ्गलबारको दिन अपरान्हको समयमा जेन-जी (Gen-Z) द्वरा अकल्पनिय घटना धट्यो जुन् सोचेकै थिएन। आन्दोलनकारीहरूले प्रहरी र सेनाको सुरक्षा घेरा तोड्दै संसद भवनभित्र छिरेर आगो लगाइदिए। भवन वरिपरी रहेका सवारी साधनसहित सबै कुरा जलाइदिए। समाचारमा कार्यस्थल र सम्पूर्ण सामग्री जलिरहेको भिडियो देख्दा मन धेरै दुःखेको थियो। त्यो भयावह ठाँउबाट सुरक्षितसाथ निकाली दिनुभएकोमा पिता माताको अवर्णनीय प्रेम प्रति कृतज्ञ भएँ। केही दिनपछि आन्दोलन शान्त भएपछि फेरि कार्यस्थल गएँ। तर त्यहाँ सब कुरा खरानीमा परिणत भइसकेको थियो। संसद भवन रितो खपेटा र कङकाल जस्तो भयावह अवस्थामा थियो। मेरा सहकर्मीहरूको सवारी साधन जलेर भग्नावशेष मात्र बाँकी थियो।
यो सबै अवस्थाले निस्तार चाडको शक्ति एकदम महसुस गरायो। मैले भजनसंग्रह 91:7 वचन सम्झिएँ—
"एक हजार जना तिम्रो नजिक लोट्लान्, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजिक त्यो आउनेछैन।"
यदि सोमबार नै आन्दोलनकारीहरूले आगजनी गरेका भए म आज यो महसुस बाँढ्न सक्दिनथेँ होला। तर परमेश्वरले त्यो सबै रोक्नु भयो, मलाई त्यहाँबाट निकाल्नु भयो र त्यसपछि मात्रै घटना घट्न दिनुभयो। निस्तार चाडको छाप भएर उहाँले सुरक्षा दिनुभएको रहेछ भन्ने कुरा अझ धेरै महसुस भयो।
मलाई बिहानै बाइक लिन जानुपर्छ भन्ने मन दिनुहुने पनि परमेश्वर नै हुनुहुन्थ्यो भन्ने बुझें। बाइबलमा निस्तार चाडपछि परमेश्वरले आफ्नो प्रजाहरुलाई सुरक्षा दिनुभएको थियो, त्यस्तै मेरो जीवनमा पनि त्यो शक्ति प्रकट गर्नुभएको अनुभव भयो।
अब आगामी दिनमा परमेश्वरको निस्तार चाडको शक्ति भएको सुसमाचार धेरै मानिसलाई सुनाउने पितामाताको असल छोरा बन्नेछु।
पिता मातालाई अन्त्यसम्म, मृत्युसम्म पछ्याउनेछु।
पिता माता सबै कुराको लागि धन्यवाद।🙏
अनन्तकालसम्म माया गर्छु।💖🙏
अशोक बलामी
डल्लु , काठमाडौं, नेपाल
सर्वप्रथम स्वर्गीय पितामाता ज्यूलाई धन्यवाद कामदारको भेला मार्फत मेरो आत्मालाई सान्तोनाको वचनको आशिष दिबक्सनु हुने एलोहिम परमेश्वरलाई धन्यवाद।
परमेश्वरको अनुग्रहद्वारा म कमजोर पापीलाई सुसमाचार कामदारको आशिष दिईबक्सनुभयो। विश्वासको जीवनमा विश्वासका पुर्खाहरू सबैले कष्ट द्वारा नै परमेश्वरबाट आशिष पाउन सफल भएका थिए। ठुलो मोशा अगमवक्ताले पनि ६ लाख इजराइलीहरूलाई डोराउने क्रममा कति कष्टहरू भोगेका थिए। दानिएल अगमवक्ताले पनि सिंहको खोरमा फालिदासमेत मृत्युको कष्टलाई नहेरिकन केवल स्वर्गतर्फ परमेश्वरमा प्रार्थना गर्नुभयो। प्रेरित पावलले केवल स्वर्गको मुकुटलाई हेर्दै सबै कष्टहरू सहनुभयो। अनि धर्मि परमेश्वरसमेत २००० वर्ष अगाडि स्वर्ग राज्यको सुसमाचार सुनाउनको निम्ति उहाँले कष्टको जीवन रोज्नु भएर क्रुसको कष्ट समेत भोग्नुभयो। फेरि दोस्रो पटक पनि शरीरमा आउनु भएर गरिबी जीवन जिउनुहुँदै कष्टको सुसमाचारको बाटो हिँड्नुभयो। म पनि उही विश्वासको मार्गमा हिँड्दै स्वर्गको भिजन लिएको म भने चाहिँ थोरै वरिपरि बाट कष्ट सतावट र परीक्षा आउदा स्वर्गको आशिषलाई भन्दापनि कष्टलाई मात्र हेरेर मेरो आत्मा निराश कमजोर महशुस हुन्थे । तर यो सबै शैतानको छल रहेछ। म ठूलो कामदार भएको हेर्न नसकेर शैतान जलेर सधैं मेरो आँखामा कष्ट मात्र देख्ने गरायो। परमेश्वर अदृश्य रूपमा सधैँ सुरुदेखि नै मेरो साथमा रहनुहुँदै म जान चाहेको बाँया थियो तर दायाँतर्फ डोर्याउनुभयो । गलत बाटो तर्फ जान लागेको थियो तर सही मार्गमा डोर्याउनुभयो। यो संसारमा मेरो लागि कोहि नभए पनि एक्लो महसुस हुँदा पिता माताज्यु हुनुहुन्छ भनेर हजुरहरु बाट सान्त्वना पाउँछु। म पापीको हात समाइ दिनुभएकोमा माताज्यु धन्यवाद।
कष्टपूर्ण जीवन नै परमेश्वरमा मिल्ने जीवन हो भन्ने पर्मेस्वरको वचन हृदयमा खोपेर सुसमाचारमा मिल्ने जीवन जिउने छु। जस्तोसुकै परिस्थिति मृत्यु आए पनि कहिल्यै नझुकिकन पिता माताज्यूले दिनुभएको अन्तिम मिसन सुसमाचारको कार्य केवल स्वर्गको इनाम लाई मात्र गर्दै अगमवक्ताको बाटो हिँड्नेछु।
पिता माताज्यु धेरै धेरै धन्यवाद 🙇♀️🙇♀️🙇♀️ धेरै धेरै माया गर्छु ❤️❤️❤️
सोमा थोकर
बस्तिपुर हेटौंडा नेपाल
धेरै आशिष् पाउनुहोस!!
सर्वप्रथम पिता मातालाई धन्यवाद चढाउदछु🙏
म कम्जोर भएपनि यसरी पवित्र भेलामा सहभागी हुनसक्ने वचन अध्यान गर्न सक्ने आशिष् दिबक्सनुहुने स्वर्गीय पिता स्वर्गीय माता परमेश्वरलाई अनन्त धन्यवाद चढाउदछु🙏
पहिलो चरणमा
उजाड स्थानमा हिडिरहेका इस्रायालीहरुको बिषय अध्यान गर्दा एकदमै महसुस भएको कुरा नै इस्रायालीहरुको मनस्थिति थियो।परमेश्वरले ईस्रायालीहरुलाई दूध र मह बग्ने कनानको भुमिमा डोर्याउने प्रतिज्ञा गर्नुभएको थियो।सुरुमा ईस्रायालीहरु मिश्रको दासवत्वबाट छुटकारा पाएर दूध र मह बग्ने कनान तर्फको यात्रा गरेका थिए।तर उजाड स्थानको यात्रा गर्दै जादा उनिहरुले कनानलाई भन्दा पनि मिश्रमा खाएको खानेकुरालाइ सम्झदै सधै मिश्र तर्फ नै मन लगादै यात्रा गर्दा धेरै जना कनानमा प्रवेश गर्न नपाइ उजाड स्थानमा नै धेरै नष्ट भएको थिए।
यो बिषयले म पनि वर्तमान समयमा स्वर्गीय कनानको आशा लिएर विश्वासको ऊजाडमा हिडिरहेको छु।म पनि उजाड स्थानमा नष्ट भएका इस्रायालीहरु जस्तै मिश्रतर्फको मनस्थिति लिएरएको पो छुकि भनेर एकचोटि आफैलाई फर्केर हेर्न पुगे।
मैले सुरुमा परमेश्वरको सुसमचार सुनेपछि"म स्वर्गमा पाप गरेर आएको पापि हु भनेर स्वूकार गरेको थिए"
मैले नयाँ करार निस्तार-चार्ड पालन गरेर पाप क्ष्यमा पाउनुपर्छ भन्ने कुरा थाहा पाएको थिए।
मैले पिता माता हुनुहुन्छ र एलोहिम परमेश्वरद्वारा मात्रै स्वर्गीय कनान प्रवेश गर्न सकिन्छ भन्ने कुरा बुजेर बप्तिस्मा लिएको थिए।
तर विश्वासको उजाड स्थान हिड्ने क्रममा स्वर्गीय कनान तर्फ भन्दा पनिे
" दृश्य भौतिक संसारमा पाईने खुसी खोज्दै।संसारको धनसम्पतीको लोभ,संसारको मान सम्मान खोज्दै।"
उजाड स्थानको यात्रामा नष्ट भएको ईस्रायालीहरु जस्तै मनस्थिति लिएर पो हिडिरहेको छुकि भनेर राम्रोसँगे आफुलाई फर्केर हेर्न पाए।
आज यसरी परमेश्वरको बचनद्वारा मैले पृथ्वीको कुरालाई मात्र चाह गर्ने मनस्थितिलाई परिवर्तन गर्नुपर्छ भन्ने कुरा महसुस पाए।
मैले एकै क्षणमा लोप भएर जाने भौतिक संसारको खुशी, नष्ट भएर जाने धन सम्पति र संसारको मान सम्मान सबै त्याग्नु पर्छ भन्ने कुरा महसुस भयो।
म दिनहुँ स्वर्गीय कनान तर्फको मनस्थिति लिएर जिउनको निम्ति हर प्रयत्न गर्नेछु🙏
अनि दोस्रो चरणमा
"स्वर्गीय माताको फोन थियो।
स्वर्गीय माताको फोनमा सुनेको आवाजले मेरो मन अति नै भारी भएकोे थियो😭❤️
केहि बर्ष अघि फोनम माताको आवाज सुन्दा कति धेरै जोसिलो थियो।
तर माताको यो पटक्को आवाज सुन्दा माताको बलिदानको समय एकदमै चरम स्थानमा आईसकेको आभास भयो ।अब म संसारको भौतिक कुरामा अल्जिनु हुदैन।चाडो सुसमाचार सकाउन तनमनले दौडनु पर्छ भन्ने संकल्प लिएको छु😭
अनि तेस्रो चरणमा
शरीर धारण गरेर आउनुभएका परमेश्वर बिषय थियो।
बिषयद्वारा एकदमै महसुस भएको कुरा नै "पिताको हस्तलिखित नोटद्वारा थियो❤️
"सुसमाचारको निम्ति होईन भने म पनि असल जीवन जिउन सक्छु"
"कामको कारणले मलै कुनै दिन शवाथ दिन छुटाईन"
"हाम्रो विश्वास मृत्युको अघि झुक्नु हुदैन"
पिताले चाहिँ बचन मात्रै बोल्नुहुदा सम्पूर्ण कार्य गर्न सक्नुहुने सर्वसक्तिमान परमेश्वर हुनुहुन्छ।
तर मलाइ बचाउन सुसमाचारको निम्ति गोठालोको रुपमा आउनुभएर आफ्नो प्राण समेत त्यग्नुभयो
३७ वर्ष ढुङगा फुटाउनु भयो।
रुख काट्ने काम गर्नुभयो।
म पनि सुसमाचारको निम्ति बलिदान गर्ने हुनेछु भन्ने कुरा महसुस पाए।
कुनै पनि हालतमा कामको कारण परमेश्वरको आज्ञा छुटाउने छुइन।
जतिसुकै सतावट कष्ट आएता पनि मृत्यु सम्मै विश्वाससाथ पिता मातालाई पछ्याउने छु🙏
यस्तो महसुस गर्न सक्ने अनुग्रात्मक समय र बचन दिनुहुने पिता माता परमेश्वरलाई सारा हृदयदेखि
अनन्त धन्यवाद चढाउदछु🙏
❤️❤️पिता माता माया गर्छु❤️❤️
👨💼किरण शंकर
बुधबारे सियोन
सुर्योदय पि.बि.सि
धेरै आशिष पाउनुहोस्।🙇♀️🙇♀️
सर्वप्रथम, महसुस लेख्न अनुमति दिनुहुने पिता माता परमेश्वरलाई धन्यवाद चढाउन चाहन्छु। सबैभन्दा खुसीको कुरा देशको परिस्थिति अस्त बेस्त भएर देश उजाड भएको समयमा माता ज्युले , हामीलाई कोरियाबाट माता ज्युको सट्टामा अगमवक्ताहरु पठाइदिनुभएर कामदार प्रशिक्षण भेलाको माध्यमद्वारा नेपालका सन्तानहरूको निभेको बत्ती बाली दिनुभएकोमा हृदयको अन्तस्करणदेखि नै धन्यवाद चढाउँदछु।
भेलाका सम्पूर्ण चरणहरूद्वारा एकदमै महसुस प्राप्त भयो तर सबैभन्दा एकदमै अझ महसुस प्राप्त भएको र हृदय छोएको क्षण नै माता परमेश्वरज्यूको आवाज सुन्ने त्यो क्षण थियो।💓💓
नेपालको सुसमाचार कार्य राम्ररी चल्दैछ अझै परिश्रम गर्नुभयो भने धेरै diamond फलहरू फलाउनुहुनेछ भन्ने माताको वचनले अझ धेरै प्रोत्साहन प्राप्त भयो।🤗🤗
र अझै परिश्रमका साथ प्रचार गरेमा चाहिँ निश्चय नै डाइमण्ड फल फलाउन सकिन्छ भन्ने कुराप्रति म एकदमै विश्वस्त र आशावादी हुन पुगे।😊😇
यो भेलाको मार्फतद्वारा पिता आन साङ होङज्यूले चाहनुभएको भए राम्रो जीवन पनि जिउन सक्नुहुन्थ्यो तर समाचारको निम्ति र हाम्रो निम्ति सिकर्मी र डकर्मीको काम गर्नुहुँदै दिनरात मासु च्यातिन्जेलसम्म सुसमाचार र हाम्रो निम्ति परिश्रम गर्नुभएको त्यो बलिदान एकदमै महसुस भयो। पिताज्यू हिँडिबक्सिनुभएको त्यो बलिदानको बाटो जस्तै म पनि केवल सुसमाचारको निम्ति जिउँदै आफ्ना कान्छा भाइबहिनीहरुलाई खोज्नको निम्ति जिउँदै राम्रो जीवन होइन कि तर अझ सुसमाचारको निम्ति जिउने जीवन जिउनेछु।😊😊
अनि भेलामा लगातार युवा सन्तानहरुले सुसमाचार कार्य पूरा गर्नुहुनेछ भन्ने त्यो वचन सुन्दाखेरि म आफू उमेर अलि युवाभन्दा माथि भए तापनि तर त्यो कुरा चाहिँ म आत्मिक युवाको रुपमा मलाई चुनिदिनु भएर समाचार कार्य गर्नको निम्ति दिनुभएको वचन हो जस्तो लाग्यो✊✊ माताज्यूको वचन जस्तै स्वर्ग नजिकिएकोले केवल आफ्नो जीवन चाहिँ स्वर्ग राज्य कसरी पुग्न सकिन्छ भन्ने त्यो कुरामा मात्र ध्यान केन्द्रित गर्दै यही वर्ष माताको काखमा सँगै स्वर्ग जाने वर्ष हुन सकोस्।💥💥💞💥
पिता माता धन्यवाद ❤️
Sunita Thapa
Bhaisepati,Lalitpur
सर्वप्रथम पिता माताज्यूलाई धन्यवाद यसरी महसुस व्यक्त गर्ने अनुमति दिनुभएकोमा धन्यवाद मिति २०८२ ०५ २५ गते भएको जेन्जी आन्दोलनमा धेरै जनाले कष्ट र शास्ती भोग्नुपरेको थियो। तर स्वयंका परिवारलाई कुनै पनि हानि भएन साँच्चै यो पितामाताको अनुग्रह हो साँच्चै सियोनमा रहनेहरूलाई पितामाताले बचाई बक्सन्छ साँच्चै पिता र माताको अनुग्रह प्रति धन्यवाद व्यक्त गर्दछु। संसारमा झर्ने महाविपत्तिले पनि जीवनका सन्तानहरूलाई छुने छैन भन्ने पूर्ण विश्वास लिन सके। साँच्चै पितामा त हामीलाई सधैं ले हामीलाई सधैं सहयोग गरी बक्सन्छ भन्ने कुरा विश्वास गर्न सके साँच्चै पितामाताको प्रतिज्ञा साँचो र सत्य छ। भन्ने कुरा महसुस गर्न सके। साँच्चै पितामाताप्रति धन्यवादी छु। भन्ने पूर्ण विश्वास लिन सके यसरी पितामातालाई विश्वास गर्न सक्ने हृदय दिनुहुने पितामातालाई धन्यवाद व्यक्त गर्दै मेरो महसुस यही टुङ्ग्याउँछु धन्यवाद धेरै आशिष पाउनुहोस्। पिता माता धन्यवाद। आमेन।।