साक्षात मिडिया प्रालि द्वारा संचालित स्पष्ट खबर दैनिक www.spashtkhabar.com

  • Home
  • Nepal
  • Kathmandu
  • साक्षात मिडिया प्रालि द्वारा संचालित स्पष्ट खबर दैनिक www.spashtkhabar.com

साक्षात मिडिया प्रालि द्वारा संचालित स्पष्ट खबर दैनिक www.spashtkhabar.com स्पष्ट खबर दैनिक www.spashtkhabar.com

18/08/2026

बाराको सिमराबाट ३ दिनदेखि हराईरहेकि ३ वर्षिय बालिका गरिमा चौडाहरीको शव फेला परेपछि अहिले उक्त ठाउँमा व्यापक प्रहरी परिचालन सहित तालिम प्राप्त कुकुरको सहायताले अपराधीहरूको खोजी कार्य तिव्र स्थानीयहरुको पनि बाक्लो उपस्थिति।

बाराको सिमराबाट हराईरहेकि ३ वर्षिय बालिका गरिमा चौधरी मृत फेला परेकी छिन् ,बलात्कार गरी हत्या गरिएको आशंका। तालिम प्राप्...
18/08/2026

बाराको सिमराबाट हराईरहेकि ३ वर्षिय बालिका गरिमा चौधरी मृत फेला परेकी छिन् ,बलात्कार गरी हत्या गरिएको आशंका। तालिम प्राप्त कुकुर द्वारा सिमराको गल्ली गल्लीमा अपराधीको खोजी कार्य तीव्र।

17/08/2026

काभ्रेको नमोबुद्ध नगरपालिका भकुण्डेवेसी प्रहरी इन्चार्ज स.ई.गणेश श्रेष्ठ जो उत्कृष्ट प्रहरीको सूचीमा समेत रहेका थिए। उनी मध्यरातमा आपत्तिजनक अवस्थामा गैरमहिला सहित होटेलबाट पक्राउ परेका छन्
उनको यस्तो हर्कतले प्रहरी आचरण माथी गम्भीर प्रश्न चिन्ह उठेको छ...?

*पर्सामा विश्व सनातन हिन्दु महासंघ भयो गठन।* वीरगंज पर्सा/ साउन २५वीरगंजमा आज विश्व सनातन हिन्दु महासंघको गठन भएको छ। दे...
09/08/2026

*पर्सामा विश्व सनातन हिन्दु महासंघ भयो गठन।*
वीरगंज पर्सा/ साउन २५
वीरगंजमा आज विश्व सनातन हिन्दु महासंघको गठन भएको छ। देशमा देखिएको हिन्दुहरु प्रतिको अपमान तथा हिन्दुहरूको आस्थाका केन्द्रकोरूपमा रहेका मठ मन्दिरहरू लगायतका विभिन्न आस्थाका केन्द्रहरूमा भईरहेको चौतर्फी आक्रमण तथा गैरहिन्दुहरुले हिन्दुहरु प्रति देखाएका अपमान मुलक परिस्थितिलाई सहन गर्न नसक्ने अवस्थालाई मध्यनजर गरी यो संगठन निर्माण गरिएको हो।

बिरगंज स्थित रहेको नृसिंह मन्दिरको प्राङ्गणमा भएको एक भेलामा आज विश्व सनातन हिन्दू महासंघको गठन गरिएको हो। नृसिंह मठका मूलपुजारी श्री श्री श्री १०८ श्री शुदर्शन आचार्यको अध्यक्षता बसेको बैठकले गरेकाे निर्णय अनुसार यो संगठन निर्माण भएको हो।

विनेश प्रसाद कुर्मीको संयाेजकत्वमा ११ सदस्यीय कमिटी गठन गरिएको हो। उक्त विश्व सनातन हिन्दु महासंघको महा-सचिव जलेश्वर सर्राफ तथा बाकी रहेका सम्पूर्ण सदस्य पदमा रहेको जानकारी महासचिव जलेश्वर सर्राफले जानकारी गराउनु भएको छ।
आउँदा दिनमा यो संगठनले हिन्दुहरु प्रति कुनैपनि किसिमको कुनै पक्ष बाट अपमान गरिने कार्य भयो भने कडा प्रतिकार समेत गर्ने चेतावनी संयोजक विनेश प्रसाद कुर्मीले बताउनु भएको हो।

कपिलवस्तु। शुक्रबारदेखि सम्पर्कविहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह तिलौराको...
09/08/2026

कपिलवस्तु। शुक्रबारदेखि सम्पर्कविहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएका छन्।
६५ वर्षीय सिंहको शव आइतबार निरन्तर खोजी गर्ने क्रममा जंगलको बीच भागमा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टका अनुसार सिंहको खोजीका क्रममा जंगलको बीच भागमा शव भेटिएको हो। सिंहले प्रयोग गर्दै आएको मोटरसाइकल पनि यसअघि सोही जंगल क्षेत्रमा फेला परेको थियो।
सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नो घरबाट निस्किएका थिए। घरबाट निस्किएको करिब डेढ घण्टापछि अर्थात् साढे ३ बजेतिर उनले आफू निकटका केही व्यक्तिलाई फोन गरेर आफू जंगलमा बाटो बिराएको जानकारी गराएका थिए।
त्यसपछि परिवारका सदस्य, आफन्त, स्थानीय र प्रहरी उनको खोजीमा जुटेका थिए। खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा सिंहले प्रयोग गर्ने लु.प्र. ०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो।
मोटरसाइकल भेटिएपछि प्रहरीले सम्भावित क्षेत्रलाई प्राथमिकतामा राखेर खोजीलाई तीव्र बनाएको थियो। यसअघि खोजीका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली र ड्रोनसमेत परिचालन गरिएको थियो।
स्थानीयका अनुसार सिंह आफ्नो समूहले सञ्चालन गर्दै आएको कृषि फार्मतर्फ जाने क्रममा जंगलको बाटो प्रयोग गरेका थिए। छोटो बाटो पर्ने भएकाले उनी जंगल हुँदै गएको र त्यही क्रममा बाटो बिराएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको थियो।
शुक्रबारदेखि नै प्रहरी, स्थानीयवासी र आफन्तले जंगलका विभिन्न क्षेत्रमा खोजी गरिरहेका थिए। निरन्तरको खोजीपछि आइतबार जंगलको बीच भागमा उनको शव फेला परेको हो।
सिंहको मृत्युको कारणबारे भने प्रहरीले तत्काल केही खुलाएको छैन। शव भेटिएपछि घटनास्थलमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। मृत्युको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ।
सिंह कपिलवस्तु नगरपालिकाका पूर्वमेयर हुनुका साथै नेपाली कांग्रेसमा सक्रिय राजनीतिक व्यक्तित्वका रूपमा परिचित थिए। उनको निधनको खबरपछि स्थानीय राजनीतिक तथा सामाजिक क्षेत्रमा शोक छाएको छ।

01/08/2026

बालेन सरकारको सुशासन र पारदर्शिताको उदघोषलाई बाराको मटिअर्वा नाकामा रहेको शस्त्र सुरक्षा बेसक्याम्पले उडाए धज्जी।

बाराकाे नाकामा सशस्त्र प्रहरीका असईलाई तस्करकाे धम्की : डिएसपीलाई दिएकाे १ लाख फिर्ता ल्याएर दे ,नत्र तलाई बाँधेर घिसारेर लैजान्छु ...(पूरा भिडियो हेर्नुहाेला)
भिडियोका अनुसार, बाराकाे निलकण्ठवा नाकाबाट तस्करीकाे लाइन खाेल्न भारतीय तस्कर (राताे टिसर्ट लगाएका) ले सशस्त्र प्रहरीका असई केशव राना ( हाफ कट्टु लगाएका) मार्फत सशस्त्र प्रहरीको मटिअर्वा बेसक्याम्पका डिएसपी दिपेन्द्र थापालाई १ लाख रुपैयाँ दिएकाे तर सशस्त्र प्रहरीले लाइन नखाेलेपछि आक्राेशित तस्करले निलकण्ठवा नाकामै आएर असई रानालाई सिधा धम्की दिएको भिडियाे प्राप्त भएको छ।

31/07/2026

वीरगंज तनावग्रस्त।
जिल्ला प्रशासन कार्यालय पर्साले आज बोलाएको सर्वदलीय बैठकमा भएको निर्णय अनुसार सदभाव रैलि निकाल्ने सहमति भएको थियो।
उक्त सहमतिबाट असन्तुष्ट रहेका हिन्दुवादी युवाहरुले सदभाव रैलि निकालको केहीवेरमै वीरगंजको घण्टाघरमा टायर बालेर नारावाजी गर्दै
प्रदर्शन गरेका थिए।उक्त प्रदर्शनको क्रममा पर्सा प्रहरी र
प्रदर्शनकारीहरू बीच एकछिन् घम्साघम्सी समेत भएको थियो। प्रदर्शनकारीहरुले वीरगंजका पसलहरू समेत बन्द गराएका थिए।

अहिले वीरगंजको अधिकांश क्षेत्रहरुमा प्रहरी परिचालन गरिएको छ।
मुस्लिम बाहुल्यता रहेको क्षेत्रहरूमा प्रहरीको बाक्लो तैनाथी रहेको छ।
हिन्दुवादी युवाहरु रञ्जित साह, रंजन सिंह राजपुत, तथा विवेक सनातनी सहित प्रमुख जिल्ला अधिकारी भोला दहालको कार्यकक्षमा पर्साका प्रहरी प्रमुख पवनकुमार भट्टाराई लगायत सुरक्षाका तिनै तहको
प्रमुख सहितको छलफल चलिरहेको श्रोतले जनाएको छ। हाल वीरगंज
प्रवेशगर्ने मुख्य ठाउँहरूमा निशेधाज्ञा लगाईएको छ।।

31/07/2026

पर्साका एसपी पवनकुमार भट्टाराई द्वारा अफवाहको पछि नलाग्न सर्वसाधारणमा अनुरोध

30/07/2026

सुनसरी तथा सिरहामा घटेको घटनालाई लक्ष्यित गर्दै आज प्रधानमन्त्री बालेन साहले देशवासीहरुमा आपसी सदभाव कायम राख्न तथा अब उप्रान्त यस्तो घटना कुनैपनी पक्षबाट नघटोस समझदारी तथा हिन्दू मुस्लिमहरुको भाईचारा कुनैपनी कारनले नखलबलियोस सम्बोधन गरेका छन्। साथै उक्त घटनाको निष्पक्ष छानविन तथा दोषी देखिएका हरुलाई सरकारले अनुसंधानको दायरामा ल्याउने भनी आश्वस्त समेत उक्त सम्बोधनमा पार्नु भएको थियो।।

30/07/2026

जलेश्वर सर्राफ वीरगंज पर्सा।
आज साँझ करिब ५:०० बजेको समयमा जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको थियो। उक्त निषेधाज्ञाको विरोध गर्दै प्रदर्शनकारीहरुले सुनसरी तथा सिरहाको गोलबजारमा घटेको घटनालाई लक्ष्यित गर्दै वीरगंजमा हिन्दुवादी समूहहरूले विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय पर्साको मूलगेटमा नारावाजी गरेका थिए। नारावाजी गर्दै प्रदर्शनकारीहरु वीरगंज बजार समेत बन्द गराएका थिए। बजार बन्द गराए पश्चात् पूर्व सन्ध्यामा मसाल जुलुस निकाल्दै वीरगंजको घण्टाघरमा सो विरोधका कार्यक्रम
हरु समापन गरिएको थियोे।।

Address

Www. Spashtkhabar. Com
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when साक्षात मिडिया प्रालि द्वारा संचालित स्पष्ट खबर दैनिक www.spashtkhabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share