25/12/2025
नेपाली बहुचर्चित टेलिशृंखला मेरी बास्सैबाट उदाएका कलाकार बल्छी धुर्बेले निर्देशन तथा मुख्य भूमिका निर्वाह गरेको चलचित्र “गोबर गणेश” को टाइटल गीत आज युट्युब तथा विभिन्न अडियो प्लेटफर्ममार्फत सार्वजनिक गरिएको छ। गीतमा शब्द, संगीत तथा संगीत संयोजन बाबुल गिरीको रहेको छ भने स्वर मरिचमान श्रेष्ठ आफैंले भरेका छन्। गीतको नृत्य निर्देशन गम्भीर बिष्टले गरेका छन्। गीतको भिडियो छायांकन संकल्प भुजेलले गरेका हुन् भने सम्पादन सन्दीप डाँगीले गरेका छन्।
चलचित्र “गोबर गणेश” यही माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ। चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरेका छन् भने सम्पादन बिपिन मल्लले गरेका छन्।