29/08/2026
🕊️ भावपूर्ण श्रद्धाञ्जली 🕊️
धादिङको गल्छी प्रहरी चौकीमा ल्याइएको हातमा ‘गोपाल’ लेखिएको ट्याटु भएकी महिलाको शव सुन्दरी महर्जनको भएको परिवारले पुष्टि गरेको छ।
परिवारका अनुसार सुन्दरी महर्जन मुक्तिनाथ विकास बैंकमा कार्यरत हुनुहुन्थ्यो। उहाँ २०८३/०५/१० गते बुधबार श्रीमान् गोपाल महर्जन, छोरी अर्सना महर्जन लगायतसँग गोसाइँकुण्ड यात्राका लागि निस्किनुभएको थियो।
यात्रामा निस्किनुभएकी सुन्दरीको यस दुःखद निधनको खबरले परिवार, आफन्तजन, सहकर्मी तथा शुभेच्छुकहरूलाई गहिरो पीडा दिएको छ।
यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ। 🙏
हार्दिक श्रद्धाञ्जली, सुन्दरी महर्जन।
तपाईंको आत्माले चिरशान्ति पाओस्। 🕊️🙏