16/03/2026
G4.
शासनका पात्रहरू (The Actors of Governance)
पात्रहरू भन्नाले शासनका मुख्य चालकहरू (drivers) लाई बुझिन्छ। यिनीहरू शासन प्रणालीका पांग्राहरू (wheels) हुन्। शासनलाई के-कसले चलाउँछ भन्ने कुरा शासनका पात्रहरू अन्तर्गत वर्णन गरिन्छ। यहाँ एउटा प्रश्न उठ्न सक्छ—के शासनका पात्रहरूलाई शासनको अवधारणा र सन्दर्भ अन्तर्गत वर्णन गर्न सकिँदैन? यसको उत्तर हो, सकिन्छ, यिनीहरूलाई यि शीर्षकहरू अन्तर्गत पनि व्याख्या गर्न सकिन्छ।
मुख्यतया शासनका पात्रहरूलाई निम्न अनुसार वर्गीकरण गर्न सकिन्छ:
राज्य (State): यसमा औपचारिक सरकारी संस्थाहरू, व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र कर्मचारीतन्त्र पर्दछन्।
गैर-सरकारी र अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थाहरू (NGOs and INGOs): यिनीहरूले विकास, सामाजिक सेवा र मानव अधिकारको क्षेत्रमा राज्यको सहयोगी वा स्वतन्त्र पात्रका रूपमा काम गर्दछन्।
निजी क्षेत्र, कर्पोरेटहरू र बहुराष्ट्रिय कम्पनीहरू (Private Sector, Corporates and MNCs): यिनीहरूले बजार संयन्त्र, लगानी र प्राविधिक विशेषज्ञता मार्फत शासनमा प्रभाव पार्दछन्।
नागरिक समाज (Civil Societies): यसले समुदायको हितको प्रतिनिधित्व गर्दछ र राज्य तथा जनता बीचको सम्बन्धलाई मजबुत बनाउने काम गर्दछ।
बहुआयामिक पात्रहरू (Cross Cutting Actors):
सञ्चार गृहहरू (Media houses): यिनीहरूले सूचना प्रवाह र जनमत निर्माणमा भूमिका खेल्दछन्।
लबिस्टहरू (Lobbyists): यिनीहरूले नीति निर्माणमा प्रभाव पार्न विभिन्न समूहको तर्फबाट पैरवी गर्दछन्।
अनुसन्धान संस्थाहरू र प्राज्ञिक क्षेत्र (Research institutions and academia): यिनीहरूले नीतिगत विश्लेषण र शैक्षिक आधार प्रदान गर्दछन्।
विज्ञ समुदाय (Epistemic Communities): विशेषज्ञहरूको यो अन्तर्राष्ट्रिय नेटवर्कले जलवायु परिवर्तन वा विश्वव्यापी स्वास्थ्य जस्ता जटिल क्षेत्रहरूको व्यवस्थापनका लागि आवश्यक विशिष्ट र प्राविधिक ज्ञान प्रदान गर्दछ।
यसलाई एक सहयोगात्मक नेटवर्क (Collaborative Network) को रूपमा पनि चित्रण गर्न सकिन्छ, जहाँ यी सबै पात्रहरू एकअर्कामा अन्तरनिर्भर रहँदै सार्वजनिक समस्याहरूको समाधानका लागि सामूहिक निर्णय प्रक्रियामा सहभागी हुन्छन्।
शासनका विभिन्न पात्रहरूलाई यसरी पनि राख्न सकिन्छ।