सर्लाही मेडिया हाउस

सर्लाही मेडिया हाउस आवाज बिहिनको आवाज सर्लाही आवाज

हार्दिक श्रद्धाञ्जली मलंगवा नगरपालिका वडा अध्यक्ष श्री मुकेश जैसवालज्यूका पूजनीय बुवाको दुःखद निधन भएको खबरले अत्यन्त मर...
04/10/2026

हार्दिक श्रद्धाञ्जली
मलंगवा नगरपालिका वडा अध्यक्ष श्री मुकेश जैसवालज्यूका पूजनीय बुवाको दुःखद निधन भएको खबरले अत्यन्त मर्माहत बनाएको छ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा यस दुःखद घडीलाई सहन गर्ने धैर्य र शक्ति प्राप्त होस् भन्ने कामनासहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। ॐ शान्ति

सर्लाहीमा अमरेश कुमार सिंहको भव्य स्वागत ;मलंगवा नगरपालिकाका रा.स्व.पा का युवा समाजसेवी चन्दन सिंह द्वारा डा. अमरेश कुमा...
04/10/2026

सर्लाहीमा अमरेश कुमार सिंहको भव्य स्वागत ;
मलंगवा नगरपालिकाका रा.स्व.पा का युवा समाजसेवी चन्दन सिंह द्वारा डा. अमरेश कुमार सिंह ज्यूलाई सर्लाहीमा हार्दिक स्वागत तथा अभिनन्दन गरिएको केही झलकहरू। 🇳🇵

मलङ्गवा–१०, तीनबिघ्घामा निर्माण गरिएको दुर्गा मन्दिरका लागि भारतबाट दुर्गा भगवतीको भव्य मूर्ति ल्याइएको छ। सप्तमीका दिन ...
30/09/2026

मलङ्गवा–१०, तीनबिघ्घामा निर्माण गरिएको दुर्गा मन्दिरका लागि भारतबाट दुर्गा भगवतीको भव्य मूर्ति ल्याइएको छ।

सप्तमीका दिन प्राण प्रतिष्ठासहित विधिवत् पूजा–पाठ गरी मूर्ति स्थापना तथा मन्दिरको उद्घाटन गरिने भएको छ। 🙏

विद्युतिय माध्यमबाट अश्लील तस्बिर/भिडियोको दुरुपयोग तथा ब्ल्याकमेलिङ गर्ने व्यक्ति पक्राउ*******************************...
29/09/2026

विद्युतिय माध्यमबाट अश्लील तस्बिर/भिडियोको दुरुपयोग तथा ब्ल्याकमेलिङ गर्ने व्यक्ति पक्राउ
*********************************************************************

27/09/2026

🚨बाढी–पहिरो अपडेट‼️

देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र नदी कटानले ठूलो क्षति पुर्‍याएको छ।

• फर्से: कालीगण्डकीको बहाव बढ्दा करिब ८० घर बगे, ठूलो भौतिक क्षति।
• कुश्मा–बागलुङ: मध्यपहाडी लोकमार्गको सडकखण्ड कालीगण्डकीको बाढीले बगाएको छ।
• मनाङ, चामे: बाढी/पहिरोबाट ठूलो क्षति, स्थानीय ज्यान जोगाउन जंगलमा भागे ।
• मनकामना: केबलकार जाने सडक भासिएपछि केबलकार सेवा बन्द।
• पोखरेबगर: कालीगण्डकीले पुल बगाएको छ ।
• बागलुङ, निसीखोला–३: पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु।
• भरतपुर–१७: नारायणी नदीले कटान सुरु गरेपछि किनाराका बस्ती जोखिममा।
• मुग्लिङ–पोखरा सडक: बिमलनगर नजिक चुनपहाडमा पहिरो खसेको।
• बुटवल–११, टप मझुवा: ६ वटा घर बगेको छ।
• मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइन अवरुद्ध भयको छ ।
•रोशी खोलाम हिजो बनाएको डाइभर्सन फेरि बगायको छ ।

•नारायणी नदीमा बाढी , खतराको तह नाघेर ११ मिटर माथि छ ।

• पृथ्वी राजमार्गको १० ठाउँमा पहिरो, यातायात पूर्ण अवरुद्ध भयको छ।
• राहुघाट जलविद्युत् आयोजनाको टावर बगायकाे छ ।

सबैलाई उच्च सतर्कता अपनाउन, नदी किनार तथा पहिरोको जोखिम क्षेत्रमा नजान र सुरक्षित स्थानमा बस्न अनुरोध।🙏

23/09/2026
नवलपुर–मलंगवा सडकखण्डअन्तर्गत गैर पेट्रोल पम्प नजिक श्रीमानको मोटरसाइकलको पछाडि सवार अन्दाजी ४० वर्षीया महिला अचानक खसेर...
23/09/2026

नवलपुर–मलंगवा सडकखण्डअन्तर्गत गैर पेट्रोल पम्प नजिक श्रीमानको मोटरसाइकलको पछाडि सवार अन्दाजी ४० वर्षीया महिला अचानक खसेर गम्भीर घाइते हुनुभएको छ। अवस्था गम्भीर रहेकाले उहाँलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको बताइएको छ। # Sarlahi

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको छ।आइतबार दिउँसो सडक निर्माणका क्रममा...
20/09/2026

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको छ।

आइतबार दिउँसो सडक निर्माणका क्रममा मुग्लिनमा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा दुवैतर्फ यातायात प्रभावित भएको थियो। पहिरो हटाए पनि सडकमा सवारीसाधनको चापका कारण अझै जाम लागेको छ।

नेपालमा वर्षा जारी रहे पनि यस बर्ष हालसम्म ठूलो क्षति भएको छैन। तर असोज ८ देखि १२ गतेसम्म नेपालको पूर्वदेखि पश्चिमसम्म ध...
20/09/2026

नेपालमा वर्षा जारी रहे पनि यस बर्ष हालसम्म ठूलो क्षति भएको छैन। तर असोज ८ देखि १२ गतेसम्म नेपालको पूर्वदेखि पश्चिमसम्म धेरै स्थानमा भीषण वर्षाको सम्भावना देखिएको छ। तसर्थ समयमै पूर्वतयारी र सतर्कता आवश्यक छ। यो सूचना किसानसम्म पुर्‍याऔँ, ताकि अन्नबाली जोगाउन सकेसम्म तयारी गर्न सकियोस्। सबै सतर्क रहौ, सुरक्षित रहौ।

सशस्त्रका सई लक्ष्मणप्रसाद यादवको हत्या घटनाका अभियुक्त भारतको बिहार राज्य मधुवनीका ३८ वर्षीय मोहम्म्द कुरवान मन्सुरीलाई...
20/09/2026

सशस्त्रका सई लक्ष्मणप्रसाद यादवको हत्या घटनाका अभियुक्त भारतको बिहार राज्य मधुवनीका ३८ वर्षीय मोहम्म्द कुरवान मन्सुरीलाई घटना भएकै ठाउँ कचनारीबाट शनिबार दिउँसो प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो ।

Address

Malangwa/10
Malangwa
45600

Website

Alerts

Be the first to know and let us send you an email when सर्लाही मेडिया हाउस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share