Newssanchar

Newssanchar News from Kalikot Nepal Online Publishing All News Updated from Kalikot Nepal for Globaly Online News Portal

२ मंसिर, २०७३/अाज शुक्रवार रातिदेखि शनिबार सम्म नेपाल टेलिकमका मोबाइल तथा सिडिएमए फोन सेवाहरु प्रभावित हुने भएका छन् ।टे...
18/11/2016

२ मंसिर, २०७३/अाज शुक्रवार रातिदेखि शनिबार सम्म नेपाल टेलिकमका मोबाइल तथा सिडिएमए फोन सेवाहरु प्रभावित हुने भएका छन् ।टेलिकमले जीएसएम पोस्टपेड सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा माइग्रेशन गर्न लागिएकाले मोबाइल सेवा अवरुद्ध हुनसक्ने टेलिकमले जनाएको हो । टेलिकमले जारी गरेको एक सूचनामा शुक्रबार रातिदेखि वायरलेस सिस्टमका जीएसम तथा सिडिएमए सेवामा भ्वाइस कल, एसएमएस, डाटा, रिचार्ज र वाइम्याक्स सेवा अवरुद्ध हुने जनाएको छ । यसैगरी शनिबार टेलिकमका ग्राहक सेवा केन्द्रसहित कार्ड एक्टिभेसन, रिचार्ज लगायत सबै सेवा बन्द हुने उल्लेख छ । टेलिकमले सिस्टम म्यानेजमेन्टका क्रममा सेवा अवरुद्ध हुँदा पर्नसक्ने असुविधाप्रति आफ्ना ग्राहकहरुसँग माफी मागेको छ ।

http://newssanchar.com/?p=4691

२ मंसिर, २०७३/अाज शुक्रवार रातिदेखि शनिबार सम्म नेपाल टेलिकमका मोबाइल तथा सिडिएमए फोन सेवाहरु प्रभावित हुने भएका छन् ।टेलिकमले जीएसएम पोस्टपेड सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा माइग्रेशन गर्न लागिएकाले मोबाइल सेवा अवरुद्ध हुनसक्ने ...

२ मंसिर, २०७३ कालिकाेट/एक हुल बालबालिकाको साथमा मुस्कुराउदै गफिदै थिइन् नर्बेली नागरिक लेडिया वाकेर । बालबालिका पनि लेडि...
17/11/2016

२ मंसिर, २०७३ कालिकाेट/एक हुल बालबालिकाको साथमा मुस्कुराउदै गफिदै थिइन् नर्बेली नागरिक लेडिया वाकेर । बालबालिका पनि लेडियाले सोधेका प्रश्नको प्रति उत्तर दिदै निर्धक्कले गफिदै थिए । त्यो कुनै अहिलेको पाठ्यक्रम विशेष पढाई कक्षा थिएन एउटा भेटघाटको भलासुकाली, त्यो पनि हाल देशकै एक प्रमुख मुद्धाको रुपमा रहेको विदप ब्यवस्थापन सम्बन्धि । किर्डाक नेपाल कालिकोटको सहकार्यमा सेभ द चिल्डे«न द्धारा जिल्ला सदरमुकाम मान्म देखि पश्चिम कर्नालीपारी पर्ने शंकर उमावि रकु सेरिज्यूलाको अनुगमन गरिएको छ । सेभ द चिल्डे«नको आर्थिक सहयोग किर्डाक नेपाल कालिकोटको सहजिकरणमा संचालित विद्यालय सुधार कार्यक्रमको प्रभावकारीता बारे अनुगमन गरिएको हो । विद्यालयमा हुने विपद जोखिम, सिकाई कक्षा प्रभावकारीता, बालअधिकार, विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन तथा प्रभावकारी पाठ्यक्रमका लागि विद्यालय सुधार कार्यक्रम द्धारा गरिएको विविध शैक्षिक सामाग्री वितरण, कक्षा कोठा ब्यवस्थापन जस्ता क्रियाकलापको प्रभावकारीता बारे विद्यालयका अभिभावक, शिक्षक विद्यालयका बालबालिकाहरु संग छलफल गरिएको छ । हालै गएको विनासकारी भुकम्पका कारण देशका अधिकांश क्षेत्रका विद्यालयहरुमा प्रत्यक्ष परेको प्रभाव न्यूनिकरण तथा देशका हिमाली, पहाडी भेगमा हुने बाढी पहिरो, आगलागी, जस्ता आपत्कालिन घटनाबाट बालबालिकाहरुमा पर्ने प्रत्यक्ष असरलाई न्यूनिकरण गर्न संचालित विद्यालय सुधार कार्यक्रम द्धारा लिखित कार्ययोजना तयार पारी विगत गत बर्षदेखि विद्यालयका बालबालिका शिक्षक तथा अभिभावकहरुलाई सूसुचित गराईएको थियो । विपद जोखिम न्यूनिकरणबारे बालबालिकाहरुलाई सूसुचित गराइ सडक नाटक, देउडा गित, नृत्य जस्ता विभिन्न सास्कृतिक कार्यक्रम समेत कार्ययोजनामा समावेश गरी अभिभावकहरुलाई समेत सूसुचित गराइएको थियो । यस्ता विबिध क्रियाकलाप द्धारा समग्र विद्यार्थी अभिभावकहरुलाई विपदबारे सूसुचित गराए नगराएको बारे प्रत्यक्ष अनुगमनको लागि सेभ द चिल्डे«नका पदाधिकारी, पत्रकार, रेडक्रस, महिला विकास कार्यालय, जिल्ला शिक्षा कार्यालय, किर्डाक नेपाल कालिकोट लगायतका उपस्थीत पदाधिकारीहरुको टोलीले संयुक्त अनुगमन गरेको छ । अनुगमनको क्रममा बोल्दै शिक्षक तथा विद्यार्थी भाईबहिनीहरुले यो कार्यक्रमबाट विपद जोखिमबाट बच्ने उपाय यसका लागि अपनाउनु पर्ने विधि, प्रक्रियाहरुबारे आफु मात्र नभै सम्पूर्ण विद्यालय बालबालिका तथा समुदायहरुलाई समेत सूसुचित गराउन सफल भएकाले कार्यक्रमको निरन्तरताको लागि सम्बन्धित निकाय संग आग्रह गरेकाछन् । अनुगमनका क्रममा बिद्यालयमा संचालित बिद्यालय सुधार कार्यक्रम प्रभावकारी भएकाे र यस्ताे कार्यक्रम अन्य क्षेत्रमा तथा समुदाय स्तर सम्ममा संचालन गराउन सम्बन्धित निकायसम्म कुरा अगाडी बढाउने अनुगमन कर्ताहरूले बताएका छन् ।

http://newssanchar.com/?p=4680

२ मंसिर, २०७३ कालिकाेट/एक हुल बालबालिकाको साथमा मुस्कुराउदै गफिदै थिइन् नर्बेली नागरिक लेडिया वाकेर । बालबालिका पनि लेडियाले सोधेका प्रश्नको प्रति उत्तर दिदै निर्धक्कले गफिदै थिए । त्यो कुनै अहिलेको पाठ्यक्रम विशेष पढाई कक्षा थिएन एउटा ...

कार्तिक २०, २०७३ कालिकोट/हत्या अभियोग लागेको एक २४ बर्षिया युवकलाई प्रहरीले आज जिल्ला सदरमुकाम मान्ममा पक्राउ गरेको छ । ...
05/11/2016

कार्तिक २०, २०७३ कालिकोट/हत्या अभियोग लागेको एक २४ बर्षिया युवकलाई प्रहरीले आज जिल्ला सदरमुकाम मान्ममा पक्राउ गरेको छ । वाँके जिल्ला कोहोलपुर नगरपालिका सुतैयाका स्थानीय युवा सुवास शाहीको हत्या गरी फरार भएका जुम्ला जिल्ला महतगाउ गाविस ४ निवासी २४ बर्षिया दिनेश महतलाई प्रहरीले पक्राउ गरेको हो । बाँके जिल्ला अदालतले फरार अभियुक्त महतलाई दोषी ठहर गर्दै पक्राउको लागि प्रहरीलाई आग्रह गरेको थियो । अदालतको आग्रह पछि फरार अभियुक्तलाई पक्राउ गर्न बाके, सुर्खेत कालिकोट, जुम्लामा रहेका प्रहरीलाई गस्तीमा खटाए अनुसार कालिकोटका इन्सेपेटर टेक बहादुर जोरा नेतृत्वको टोलिले सदरमुकाम मान्ममै पक्राउ गर्न सफल भएको हो । जुम्लाको महतगाउ स्थायी घर भई कोहोलपुर बस्दै आएका महतले गत असोज १७ गते वाँके कोहोलपुरका युवक शाहीलाई हत्या गरी फरार भएका थिए । शाहीको हत्या लगतै हत्या आरोपी महत नै भएको पुष्टि भईसकेको र हत्यारा महतको कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय बाकेमा आजै पठाइएको प्रहरीले बताएको छ ।

http://newssanchar.com/?p=4706

कार्तिक २०, २०७३ कालिकोट/हत्या अभियोग लागेको एक २४ बर्षिया युवकलाई प्रहरीले आज जिल्ला सदरमुकाम मान्ममा पक्राउ गरेको छ । वाँके जिल्ला कोहोलपुर नगरपालिका सुतैयाका स्थानीय युवा सुवास शाहीको हत्या गरी फरार भएका जुम्ला जिल्ला महतगाउ गाविस ४ निवासी ...

कार्तिक २०, २०७३ कालिकाेट/विद्यालयमा चोरी भएको भन्दै प्रहरी समक्ष उजुरी गर्ने अभियुक्तले आफै चोरी गरेको भन्दै सिपखानाका ...
05/11/2016

कार्तिक २०, २०७३ कालिकाेट/विद्यालयमा चोरी भएको भन्दै प्रहरी समक्ष उजुरी गर्ने अभियुक्तले आफै चोरी गरेको भन्दै सिपखानाका एक ब्यक्तिलाई पक्राउ गरी प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । दशैको अधिल्लो दिन विद्यालय चोरी भएको भन्दै सिपखाना गाबिसको सेराचौरमा रहेको मोतीराम उमाविका लेखापाल हर्श बहादुर बमले प्रहरी चौकी मुम्रामा निवेदन दिएका थिए । निबेदन पश्चात प्रहरीले चोरी भएको विद्यालयको मुचुल्का तयार पारी अनुसन्धान अगाडी बढाएको थियो । मचुल्का पश्चात प्रहरीले लेखापाल बम माथि नै निगरानी गरी सोधपुछ गर्दा आफुले नै समान चोरी गरेको स्वीकारे पछि थप अनुसन्धान तथा कार्वाहि प्रक्रिया अगाडी बढाउन जिल्ला प्रहरी कार्यालय ल्याईएको हो । बिद्यालयबाट कम्प्युटर लगायत अन्य समानहरु चोरी भएको भन्दै बिद्यालयका लेखापाल बमले प्रहरी चौकी मुम्रामा निवेदन दिएका थिए । यस अघि गत बर्षपनि विद्यालय चोरी भएको र विद्यालयबाट कम्प्यूटर ल्याब्टव चोरी हुनुका साथै विद्यालयका महत्वपूर्ण लेखासम्बन्धि कागजात जलाईएको अवस्थामा भेटिएको तर चोरीको खोजी कार्यका लागि विद्यालय प्रशासनले कुनै पहल नगरेको स्थानीय अभिभावक नमराज चौलागाईले वताउनु भएको छ । सरकारी सम्पतीको दुरुपयोग गरी चोरी भएको निहुँ पार्दै आफ्नो निजी सम्पती बनाउन खोज्नेलाई प्रहरी प्रशासनले कडा भन्दा कडा कार्वाहि गर्न माग समेत गर्नु भएको छ । चोरीको आरोपी पक्राउ गरी जिल्लामा ल्याई सकिएकाले थप छानविन गरी सार्वजनिक मुद्धा एवं चोरी मुद्धा सहितको कार्वाहि प्रक्रिया अगाडी बढाईने जिल्ला प्रहरी कार्यालय कालिकोटका ईन्सपेटर टेकवहादुर जोराले बताउनु भएको छ ।

http://newssanchar.com/?p=4702

कार्तिक २०, २०७३ कालिकाेट/विद्यालयमा चोरी भएको भन्दै प्रहरी समक्ष उजुरी गर्ने अभियुक्तले आफै चोरी गरेको भन्दै सिपखानाका एक ब्यक्तिलाई पक्राउ गरी प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । दशैको अधिल्लो दिन विद्यालय चोरी भएको भन्दै सिपखाना ...

कार्तिक २०, २०७३ कालिकाेट/सुनको थालीमा बसी नुनको खोजी गर्ने कर्नालीवासीमा जगेडिएर रहेको प्रबृतिलाई कर्नाली जडिबुटी उत्पा...
05/11/2016

कार्तिक २०, २०७३ कालिकाेट/सुनको थालीमा बसी नुनको खोजी गर्ने कर्नालीवासीमा जगेडिएर रहेको प्रबृतिलाई कर्नाली जडिबुटी उत्पादक सहकारीले उजागर गरेको नेकपा एमालेबाट कालिकोटका समानुपातिक सांसद तुलराज विष्टले बताउनु भएको छ । कर्नाली जडिबुटी उत्पादक सहकारी संस्थाको नबौं साधारण सभाको उद्घाटन सत्रमा बोल्दै विष्टले कर्नालीमा खेर गैरहेका बहुमुल्य जडिबुटीहरुको संकलन तथा प्रबर्धन गर्दै औषधीजन्य बस्तु उत्पादन तथा बजारीकरण गरी कर्नालीकै पहिचान दिलाउन सफल भएको भन्दै यस्तो बताउनु भएको हो । साधारण सभाका प्रमुख अतिथि समेत रहनु भएका विष्टले कर्नालीका यूवाहरु बेरोजगार छौ भन्दै विदेशीने र राज्यले पनि कर्नालीवासीलाई गरिवको नाममा दाना वितरण जस्ता कार्यक्रम अगाडी ल्याएको भन्दै कर्नालीवासीको लागि दाना हैन पहिचान दिलाउने खालको नीति तथा योजना आवश्यक रहेको बताउनु भएको छ । कार्यक्रममा बोल्दै विष्टले अब सहकारीले जडिबुटीजन्य बस्तुको उत्पादन मात्र नभै यसको संरक्षण तथा सम्बर्धनका लागि खेती गर्न आवश्यक रहेको बताउनु भयो । कालिकोटमा जैतुन ताराचुक, टिमुर जस्ता जडिबुटीको खेतीका लागि उपयुक्त ठाउ भएकाले पकेट क्षेत्र निर्धारण गरी अभियान अगाडी बढाउन आग्रह गर्नु भएको छ । यसका लागि आफ्नो क्षेत्रबाट गर्न सकिने सहयोग गर्न प्रतिवद्ध रहेको समेत बताउनु भएको छ । यस्तै साधारण सभामा बोल्दै कर्नाली महिला बचत तथा ऋण सहकारीका अध्यक्ष विरु भारतीले घरयासी काम बाहेक अन्य कुनै काम नपाई आर्थिक उपार्जन गर्न नपाएका महिलाहरुलाई कर्नाली जडिबुटी सहकारीले सिस्नु, घोडामच्चो, गुर्जो, तेजपात, दालचिनी, जस्ता जडिबुटीहरु संकलन तथा उत्पादन गराउन अग्रसर गराई उनीहरुले संकलन गरेका जडिबुटी खरिद, प्रशोधन तथा बजारीकरण गरी प्रत्यक्ष आर्थिक लाभ दिलाउन सफल भएको भन्दै प्रशंसा गर्नु भएको छ । कर्नाली जडिबुटी उत्पादक सहकारी संस्थाको प्रत्यक्ष सम्बन्ध सामुदायीक बन संग रहेने भएकाले अब सहकारीले सामुदायिक बन उपभोक्ता समुह संग सहकार्य गरी प्रभावकारी कार्यक्रम अगाडी लैजान आवश्यक रहेको सामुदायिक बन उपभोक्ता महासंघ कालिकोटका अध्यक्ष पुष्पराज गिरीले बताउनु भएको छ । कर्नाली जडिबुटी उत्पादक सहकारीका अध्यक्ष अज बहादुर गिरीले सहकारीको प्रगति प्रतिवेदन पस्तुत गर्दै सहकारी स्थापनाको नबौं बर्ष पार गर्दा सम्म कर्नालीको पहिचान र आजको आवश्यकता बारे राज्यलाई नै उदाहरणीका काम देखाउन सफल भएको बताउनु भएको छ । यस्तै सहकारीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका कोषाध्यक्ष कल बहादुर शाहीले हाल सहकारीमा २ सय २१ शेयर सदस्य रहेको र यो आर्थिक बर्ष २०७२।०७३ मा बार्षिक ५८ लाख ९२ हजार ३ सय बरावरको कारोवार गर्न सफल भएको बताउनु भएको छ । कर्नाली जडिबुटी उत्पादक सहकारी डिभिजन सहकारी जुम्लाबाट कर्नालीकै उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएको र राष्टिय स्तरका प्रदर्शनीमा पुरस्कृत हुनै आएको कोषाध्यक्ष शाहीले बताउनु भएको छ ।

http://newssanchar.com/?p=4697

कार्तिक २०, २०७३ कालिकाेट/सुनको थालीमा बसी नुनको खोजी गर्ने कर्नालीवासीमा जगेडिएर रहेको प्रबृतिलाई कर्नाली जडिबुटी उत्पादक सहकारीले उजागर गरेको नेकपा एमालेबाट कालिकोटका समानुपातिक सांसद तुलराज विष्टले बताउनु भएको छ । कर्नाली जडिबुटी उत्पादक ...

कार्तिक १९, २०७३ काठ्माण्डाै/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा...
04/11/2016

कार्तिक १९, २०७३ काठ्माण्डाै/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डको आग्रहमा दुई शीर्ष नेताबीच भएको घेटमा संविधान संशोधन, कार्यान्वयन र स्थानीय निकायको निर्वाचनका विषयमा गहन छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले काठमाण्डु टुडेलाई जानकारी दिए । अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्दा एक भएका यी दुई नेताबीच पछिल्लो समय राजनीतिक गतिरोध अन्त्यका विषयमा गहन छलफल हुँदै आएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आजको भेटमा संविधान संशोधन, कार्यान्ययन र स्थानी तहको निर्वाचनका विषयमा दुवै नेता सकारात्मक देखिएका छन् । कांग्रेसलाई लोकमानविरुद्धको महाअभियोगको पक्षमा ल्याउने हो भने एमालेले संविधान संशोधनलाई स्वीकार्नुपर्ने विषयमा प्रधानमन्त्रीले ओलीसँग डिल गरेका थिए । जसमा ओली सकारात्मक देखिएका हुन् । प्रधानमन्त्रीले आफूले संविधान संशोधन प्रस्ताव ल्याउने जानकारी दिँदै त्यसमा एमालेलाई साथ दिन आग्रह गरेको बताउँदै आचार्यले भने, ‘प्रधानमन्त्रीज्यूले म संविधान संशोधन प्रस्ताव ल्याउँछु, तपाईंहरु यसमा मलाई साथ दिनुस् । देशमा राजनीतिक गतिरोध आउन नदिऊँ, समस्याको हामी एकै ठाउँ उभिएर हल गरौँ भन्नुभयो यसमा एमाले अध्यक्ष केपी ओलीजी पनि सकारात्मक देखिनुभएको छ ।’ एमाले संविधान संशोधनका लागि तयार भए कांग्रेस लोकमानविरुद्ध महाअभियोगको प्रस्तावमा सकारात्मक हुने र दलबीचको यस्तो सहकार्यले स्थानीय निकायको निर्वाचनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । संविधान संशोधन प्रक्रिया अघि बढेमा मधेसी मोर्चाले छठपछि थाल्ने भनेको आन्दोलन समेत स्थगित हुनेछ ।

http://newssanchar.com/?p=4693

कार्तिक १९, २०७३ काठ्माण्डाै/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डको आग्रहमा दुई शीर्ष नेताबीच भएको घेटमा संविधान संशोधन, ...

दलसिंह गिरी कार्तिक १९, २०७३/हिजो आज मान्म लगायत आसपासका बजारमा काचो सुन्तलाको बेचविखन ब्यापक बढेको छ । मौसम अनुसार कालि...
04/11/2016

दलसिंह गिरी कार्तिक १९, २०७३/हिजो आज मान्म लगायत आसपासका बजारमा काचो सुन्तलाको बेचविखन ब्यापक बढेको छ । मौसम अनुसार कालिकोट जिल्लाको हकमा मंसिरमा मात्र सुन्तला पूर्ण पाक्ने र खान योग्य हुने भएपनि ब्यापारीहरुले छिट्टै पैसा कमाउने दाउका कारण बजारमा काचो सुन्तलाको बेचविखन बढेको हो । काचो सुन्तला विक्रि वितरण गर्दा यसको गुणस्तर खस्किने भन्दै दैलेख अछाम जस्ता जिल्लाहरुमा काचो सुन्तला विक्रि वितरण नगर्न कृषकहरुलाई त्यहाको कृषि विकास कार्यालयहरुले निर्देशन दिने गरेपनि कालिकोट कृषि विकास कार्यालयले काचो सुन्तला बिक्रि वितरण रोकथामको लागि कुनै पहल गरेको पाइदैन । काचो स्याउ विक्रि वितरण रोकथाम एवं स्याउको गुणस्तरियता बारे संचार माध्यम मार्फत प्रचार प्रशार तथा कृषि सेवा केन्द्र मार्फत जागरण अभियान संचालन गरेपनि काचो सुन्तला विक्री वितरणमा रोक लगाउन कुनै खास अभियान संचालन नगरेको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत एवं निमित्त कार्यालय प्रमुख गणेश अधिकारीले बताउनु भएको छ । जिल्ला कृषि विकास कार्यालय कालिकोटले जिल्लाका केही गाउँहरुलाई सुन्तला गाउँ नै घोषणा गरी सुन्तलाको बगैचा विस्तार अभियानलाई अगाडी बढाए पनि बगैचामा फलेका सुन्तलाहरु पूर्ण नपाक्दै बजारमा आउने सुन्तलाको रोक थाम तथा कृषकहरुलाई काचो सुन्तला विक्रीको दिर्घकालिन असरबारे कुनै जानकारी दिन नसकेको जिल्लाका जानकारहरु बताउछन् । जिल्ला कृषि विकास कार्यालय कालिकोटले बदालकोटको बरातु, सिपखानाको जनालीकोट र सुकाटियामा सुन्तला गाउँ अभियान संचालन गरेको छ । हाल जिल्ला भर १ सय १३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भैरहेको र अझै १ सय ९२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तार गर्न सकिने कृषि विकास कार्यालयको तथांकमा उल्लेख गरिएको छ ।

http://newssanchar.com/?p=4689

दलसिंह गिरी कार्तिक १९, २०७३/हिजो आज मान्म लगायत आसपासका बजारमा काचो सुन्तलाको बेचविखन ब्यापक बढेको छ । मौसम अनुसार कालिकोट जिल्लाको हकमा मंसिरमा मात्र सुन्तला पूर्ण पाक्ने र खान योग्य हुने भएपनि ब्यापारीहरुले छिट्टै पैसा कमाउने दाउका कारण ...

कार्तिक १८, २०७३ कालिकोट/हिन्दुधर्मावलम्बीहरुको महान चाड दशै तिहार सकिए संगै जिल्लाबाट मानिसहरुको बाहिरीने संख्या बढेको ...
03/11/2016

कार्तिक १८, २०७३ कालिकोट/हिन्दुधर्मावलम्बीहरुको महान चाड दशै तिहार सकिए संगै जिल्लाबाट मानिसहरुको बाहिरीने संख्या बढेको छ । रोजगार, बढाई तथा अन्य ब्यवसायको शिलशिलामा जिल्ला बाहिर रहेका मानिसहरु दशै तिहार मनाउन जिल्ला भित्री पुन आआफ्नो कार्यक्षेत्रमा फर्किन थालेपछि जिल्ला बाहिरीनेको संख्या बढेको हो । जिल्ला बाहिरीनेमा विशेष गरी विद्यार्थीहरु बढी रहेका छन् । सुर्खेत, नेपालगंज, चितवन, पोखरा, काठ्माण्डौं, लगायतका ठाउहरुमा रहेका विद्यालय, बोर्डिङ्ग स्कुल, तथा क्याम्पसहरुमा अध्ययनको लागि बाहिरीने केटाकेटी तथा यूवाहरुको संख्या बढी रहेका हुन् । तिहार चाड पर्ब सकिए संगै जिल्ला बाहिरीने संख्या बढेपछि मध्यपश्चिम, कर्नाली, काक्रेविहार लगायतका बस ब्यवसायी समितिका बसहरु फूलफिल हुदै जिल्ला बाहिरीने गरेका छन् । एकै दिन धेरै यात्रुहरु बाहिरीने हुदा बसहरुमा टिकट र सिट पाउन गारो हुने गरेको यात्रुहरु बताउछन् । यो समयमा यात्रुहरुको संख्यामा बृद्धि भै बसहरुमा कोचाकोच हुने र दुर्घटना बढ्ने भएकाले बसको सिट संख्या बाहेक अन्य यात्रु नराख्न बस समितिलाई आग्रह गर्दै ट्राफिक प्रहरीद्धारा चेकजाचमा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

http://newssanchar.com/?p=4683

कार्तिक १८, २०७३ कालिकोट/हिन्दुधर्मावलम्बीहरुको महान चाड दशै तिहार सकिए संगै जिल्लाबाट मानिसहरुको बाहिरीने संख्या बढेको छ । रोजगार, बढाई तथा अन्य ब्यवसायको शिलशिलामा जिल्ला बाहिर रहेका मानिसहरु दशै तिहार मनाउन जिल्ला भित्री पुन आआफ्नो ...

कार्तिक १२, २०७३ कालिकोट/जिल्ला सदरमुकाम मान्मको एक मोबाईल पसलमा सोलारको ब्याट्री पट्कीएको छ । सोलार ब्याटी पट्कीदा पसल ...
28/10/2016

कार्तिक १२, २०७३ कालिकोट/जिल्ला सदरमुकाम मान्मको एक मोबाईल पसलमा सोलारको ब्याट्री पट्कीएको छ । सोलार ब्याटी पट्कीदा पसल संचालक समेत गम्भिर घाइते भएका छन् । जिल्ला सदरमुकाम मान्म खाडाचक्रको प्रतिमाचोक नजिकै रहेको विनोद मोबाईल सेन्टरमा १५० वाटको सोलार ब्याट्री पट्कीदा पसल संचालक बिनोद चौलागाई गम्भिर घाइते भएका हुन् । आज दिउसो करिव पौने बाह्र बजेतिर सोलार ब्याट्रीबाट इन्भरटर हुदै मोबाइल चार्जको लागि पावर जोड्दै गर्दा एक्कासी ब्याट्री पट्की संचालक चौलागाईको टाउको तथा आखामा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । घाईते चौलागाईको जिल्ला अस्पतालमा उपचार भैरहेको र विरामीको अवस्था सामान्य बन्दै गएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ । सोलार ब्याटी पट्कीदा पसलमा अन्य सामान्य क्षेति भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

http://newssanchar.com/?p=4666

कार्तिक १२, २०७३ कालिकोट/जिल्ला सदरमुकाम मान्मको एक मोबाईल पसलमा सोलारको ब्याट्री पट्कीएको छ । सोलार ब्याटी पट्कीदा पसल संचालक समेत गम्भिर घाइते भएका छन् । जिल्ला सदरमुकाम मान्म खाडाचक्रको प्रतिमाचोक नजिकै रहेको विनोद मोबाईल सेन्टरमा १५० ...

साधना बस्नेत काठमाण्डौं । ऐश्वर्य बाल गृहको आयोजनामा सानो गौचरणमा श्रीमद् भागवत महापुराणको समुद्घाटन कार्यक्रम नेकपा एमा...
20/10/2016

साधना बस्नेत काठमाण्डौं । ऐश्वर्य बाल गृहको आयोजनामा सानो गौचरणमा श्रीमद् भागवत महापुराणको समुद्घाटन कार्यक्रम नेकपा एमालेका वरीष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गर्नुभयो । कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले, नेपालको ओर्जिनल धर्म हिन्दु र बौद्धिष्ट नै भएको र यस धर्मले सकारात्मक बाटोमा हिडाउन मद्दत गर्ने कुरा बताउनु भयो । साथै धर्मले नै मानिसलाई नैतिकवान बनाउने हुँदा यस्ता धार्मिक कार्य समाजमा भइराख्नु पर्ने जनाउनु भयो । समाजमा अनाथ ,असाहय बालबालीकाको क्षेत्रमा हरेक वर्गले आ आफनो क्षेत्रबाट सक्दो सहयोग पु¥याउनु पर्ने बताउँदै बालबालीकाको उज्वल भविष्यको कामना गर्दे कार्यक्रमको सफलताको कामना व्यक्त गर्नुभयो । महापुराणको समुद्घाटन कार्यक्रममा नेपाली काग्रेस ओखलढुङ्गा क्षेत्र नम्बर २ का सभासद रामहरी खतिवडा, आनन्द अमृत मिडीयाका संञ्चालक स्वामी शिव आनन्द, नेकपा एमाल क्षेत्र नंम्बर ५ का अध्यक्ष बाल कृष्ण श्रेष्ठ, क्लीफिक स्कूलका प्रिन्सिपल रेशम शर्मा, पव्लिक युथका सहायक क्याम्पस प्रमुख बलराम थापा, गर्गाचार्य श्री श्यामबाबु आचार्यज्यू लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो । उक्त श्रीमद् भागवत महापुराण कथा वाचन शिरोमणी पण्डित दिपक प्रसाद पौडेल गर्नुहुनेछ । विगत १३ वर्ष देखि ऐश्वर्य बाल गृहले अनाथ,असाहय पिडीत बालबालीकाको क्षेत्रमा योगदान दिदै आएकोमा यसलाई व्यवस्थित ढङ्गले अगाडी बढाउन श्रीमद् भागवत महापुराण बाट उठेको रकम बाल गृहको निजी जग्गा तथा भवन निर्माणमा खर्च गरीने जानकारी बाल गृहकी अध्यक्ष निर्मला घिमीरेले बताउनु भयो । नेपाली कांग्रेसका सभासद रामहरी खतिवडाले आफु बालबालिकाको क्षेत्रमा सहयोग गर्न सदैव तत्पर रहेको बताउँदै कुनै पनि बेला ढोका ढक्ढकाउन आउँदा खालि हात फर्कन नपर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । साथै कार्यक्रममा बोल्दै आनन्द अमृत मिडीयाका संञ्चालक स्वामि शिव आनन्दले समाजमा विकराल रुप लिदै गएको अनाथ, असाहय, पिडीत बालबालीकाको क्षेत्रमा ऐश्वर्य बाल गृहले पु¥याएको योगदानको प्रशंशा गर्दै आउँदा दिनहरुमा कुनै पनि बालबालिकाकले आफु अनाथ असाहय भएको महशुस गर्न नपरोश भन्दै धार्मिक क्षेत्रबाट बालबालिकाको हितको लागि जस्तोसुकै सहयोग गर्न आफु पछि नहट्ने बताउनु भयो । श्रीमद् भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ कार्तिक ४ गते देखि १२ गते सम्म सानो गौचरणको प्रांगणमा संचालन हुनेछ ।

http://allnepalkhabar.com/?p=4646

साधना बस्नेत काठमाण्डौं । ऐश्वर्य बाल गृहको आयोजनामा सानो गौचरणमा श्रीमद् भागवत महापुराणको समुद्घाटन कार्यक्रम नेकपा एमालेका वरीष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गर्नुभयो । कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री माधव ...

कार्तिक ४, २०७३ कालिकोट/आफ्नो पतिका हत्याराहरु संग एक एक लाख रकम असुली सरकारी वकिल, प्रहरी र जिम्मेवार निकायहरु मिलेर हत...
20/10/2016

कार्तिक ४, २०७३ कालिकोट/आफ्नो पतिका हत्याराहरु संग एक एक लाख रकम असुली सरकारी वकिल, प्रहरी र जिम्मेवार निकायहरु मिलेर हत्याराहरुलाई साधारण तारिखमा छोडेको भन्दै चिलखाया ३ की नेपु शाहीले न्याएको लागि आवाज उठाई दिन अनुरोध गरेकी छन् । प्रेस विज्ञप्ती संगै आज विहान जिल्ला सदरमुकाम मान्ममा पत्रकार सम्मेलन गर्दै पिडित शाहीले यहि गएको भदौ ५ गते राती २ बजे आफ्नो पती मान बहादुर सिंहलाई चिलखाया वडा नं. ५ का स्थानीय मानबहादुर शाहीको घरमा धामिझाक्रीको विषय उठाउदै चिखाया ५ कै कृष्ण बहादुर शाही लगायतका मानिसहरुले दाउरा, लाठी, मुक्का, ढुंगा प्रयोग गरी पाशविक ढंगबाट म्रणाशन्न हुने गरी कुटपिट गरी उपचारको लागि मान्म ल्याउदै गर्दा बाटोमै मृत्यु भएको र मृत्यु पश्चात कुटपिट गरी ज्यान मार्ने अपराधीलाई कार्वाहिको लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतमा मुद्धा दायर गर्दा घटनामा संलग्न २७ जना प्रतिवादीहरुबाट १/१ लाख रकम असुली सरकारी वकिल, प्रहरी र सरोकारवाला निकायको मिलेमतोमा ज्यानमारालाई साधारण तारिखमा रिहा गरेको भन्दै यसको न्याएको लागि आवाज उठाई दिन आग्रह गरेकिहुन् । पत्रकार सम्मेलनमा बोल्दै पैसाको आडमा न्यायलाई कुल्चेर सम्बन्धित निकाय नै अगाडी बढ्छ भने हामी जस्ता सोझासाझा गरिब निमुखा जन्ताहरु न्याएका लागि कहाँ जाने ? के पैसाले अपराध मेटिन्छ ? भन्दै यसको बास्तविक न्यायका लागि आवाज उठाईदिन सम्पूर्ण पत्रकार नागरिक समाज, राजतैतिकदललाई मृृतककी पत्नी शाहीले अनुरोध गरेकी छन् ।

http://newssanchar.com/?p=4660

कार्तिक ४, २०७३ कालिकोट/आफ्नो पतिका हत्याराहरु संग एक एक लाख रकम असुली सरकारी वकिल, प्रहरी र जिम्मेवार निकायहरु मिलेर हत्याराहरुलाई साधारण तारिखमा छोडेको भन्दै चिलखाया ३ की नेपु शाहीले न्याएको लागि आवाज उठाई दिन अनुरोध गरेकी छन् । प्रेस ...

तुलाराम पाण्डे, कालिकोट कार्तिक ४, २०७३/मान्म ६ बद्रीगाउँका कुलप्रसाद आचार्य भालेको डाकोसँगै उठ्छन् । बारीमा पसेर बन्दा,...
20/10/2016

तुलाराम पाण्डे, कालिकोट कार्तिक ४, २०७३/मान्म ६ बद्रीगाउँका कुलप्रसाद आचार्य भालेको डाकोसँगै उठ्छन् । बारीमा पसेर बन्दा, काउली, रायो, गोलभेडालगायत तरकारी टिप्न थाल्छन् । हतार नगरे जुम्ला जाने गाडी छुट्ने पिरलो छ उनलाई । ‘कालिकोटको तरकारी बजार जुम्ला होला भन्ने कल्पनै गरेको थिइनँ,’ २७ वर्षीय आचार्य कर्णाली राजमार्ग सञ्चालनपछि फेरिएको दिनचर्या सुनाउँछन् ‘सातामा एक पटक तरकारी बेच्न जुम्ला–कालिकोट धाउने गरेको छु ।’ उनले गत वर्ष मात्र कालिकोटको बद्रीगाउँ र गल्लीमा उत्पादित बेमौसमी तरकारी जुम्लामा बेचेर ९ लाख रुपैयाँ कमाइ गरेको सुनाए । तरकारीबाटै मान्म बजारमा ३ तले पक्की घर बनाएका छन् । तरकारीबाट मनग्य आम्दानी गर्ने आचार्य एक्ला होइनन् । गाउँकै ऋषि आचार्यका ४ भाइले तरकारी व्यवसायबाटै मान्म बजारमा ४ घर बनाएका छन् । पत्नी कुसा बिहानैदेखि मान्म बजारको तरकारी पसलमा व्यस्त हुन्छिन् । उनी दैनिक १० देखि ५५ हजारसम्मको तरकारी र फलफूल कारोबार हुने सुनाउँछिन् । ‘१० हजारभन्दा कमको व्यापार अहिलेसम्म भएको छैन,’ कुसाले भनिन्, ‘दसैंअगाडि त एकै दिन ५५ हजारको फलफूल र तरकारी कारोबार भयो ।’ उनीहरूको सुर्खेतमा पनि घर छ । गाडी किनेका छन् । बद्रीगाउँकै भवानीप्रसाद आचार्यले तरकारीसहित गाउँमै कुखुरा फर्म पनि सञ्चालन गरेका छन् । सदरमुकाम मान्मबाट एक घण्टाको पैदलमा पुगिने बद्रीगाउँका ३७ युवाले व्यावसायिक तरकारी खेती गरिरहेको स्थानीय सालडाँडा निमाविका शिक्षक लक्ष्मीप्रसाद आचार्यले सुनाए । पहिले ज्यालामजदुरीका लागि भारत पस्ने स्थानीय सुर्खेत–जुम्ला सडक जोडिएपछि गाउँमै व्यवसाय गर्न व्यस्त छन् । ५ वर्षयता कुनै युवा ज्यालामजदुरीका लागि भारत नगएको स्थानीय राजु आचार्यले बताए । कर्णाली राजमार्गले स्थानीयको दिनचर्या फेरिदिएको उनले सुनाए सडक कर्णालीवासीको वषौं जेठो र महत्त्वाकांक्षी सपना हो । यो सपना अहिले आंशिक रूपमा पूरा भएको छ । सडक पुगेपछि कालिकोट, बदालकोटको रेगिल, बरातु, मान्मको ताडी, गैरागाउँ, दाहाको राताडाब, गेलाको पान्तडी, चिल्खायाको कामखेतसहितका डेढ सयभन्दा बढी कृषक व्यावसायिक तरकारी खेतीमा लागेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यहाँका युवाले बेमौसमी तरकारी उत्पादन गरी जुम्ला खलंगा, नाग्म, पिली, सेराबाडा, मान्म, जिते, हुल्म, दैलेखको खिडीज्युलालगायत बजारमा बिक्री गरी सदरमुकाम मान्म, सुर्खेत, कोहलपुर, बर्दिया, कैलालीलगायत स्थानमा घरजग्गा खरिद गरेका छन् । मान्म ६ कै पर्वानन्द आचार्यले तरकारी बेचेरै ३२ लाख लगानीमा मान्म बजारमा पिल्लरसहितको ३ तले घर निर्माण गरेका छन् । अर्का व्यवसायी रूपप्रसाद आचार्यको ४ तले घर अन्तिम चरणमा छ । त्यहीँका भवानीले १६ कोठे घर बनाइसकेका छन् । कालिकोट तरकारी उत्पादनमा आत्मनिर्भर बन्न थालेको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख कलबहादुर शाहीले बताए । ‘बद्रीगाउँ तरकारी उत्पादनका लागि नमुना बनेको छ,’ १० वर्ष पहिलेको कालिकोट सम्झिँदै भर्तामा घर भएका निमित्त प्रमुख शाहीले भने, ‘सुरुमा गाडी चल्न थालेपछि नेपालगन्जको फलफूल र तरकारीले मान्म बजार भरिएको थियो, अचेल जताततै स्थानीय उत्पादन पाइन थालेको छ ।’ उनले बरातु कर्णालीकै अर्गानिक तरकारी उत्पादन गर्ने गाउँ बनेको बताउँदै भने, ‘त्यहाँ कुनै पनि किसानले रासायनिक मल र विषादी प्रयोग गर्दैनन् ।’ मान्म बजारमा खपत हुने तरकारी स्थानीय तहमै उत्पादन हुन थालेको कालिकोट उद्योग वाणिज्य संघ अध्यक्ष सूर्यबहादुर शाहीले बताए । ‘निर्वाहमुखी खेती प्रणालीबाट यहाँका बासिन्दा माथि उठ्न थालेका छन्,’ शाहीले भने । उनले जुम्लाका लागि कालिकोट हिउँदे तरकारी उत्पादनको प्रमुख केन्द्र बनेको सुनाए । कालिकोटमा मात्र वार्षिक ५०/६० लाखको तरकारी र फलफूल व्यापार हुने गरेको शाहीले जनकारी दिए । यसअघि चर्को हेलिकोप्टर भाडा तिरेर आवत–जावत र दैनिक उपभोग्य वस्तु आयात गर्नुपर्ने बाध्यता थियो । सुर्खेत, बाङ्गेसिमलबाट सुरु भएर जुम्ला खलंगा बजारमा पुगेर अन्त्य हुने २३२ किलोमिटर लामो कर्णाली राजमार्ग निर्माण सम्पन्न भएपछि कालिकोट र जुम्ला जिल्लाको रौनक नै फेरिएको छ । जुम्लामा स्याउ खेतीका लागि ‘एक घर एक बगैंचा’ अभियान चलेको छ । कर्णालीमा स्याउ, ओखर, आरुबखडालगायत फलफूल प्रशस्तै उत्पादन गर्न सकिने भए पनि यसअघि बजार पहुँच अभावमा बिक्री गर्न सकिएको थिएन । अब भने अभियानकै रूपमा स्याउ, ओखर, सुन्तला, केराखेती सुरु भएको छ । जुम्लाको १४औं जिल्ला परिषद्ले फलफूलमा रासायनिक मल र विषादी प्रयोग नगर्ने प्रतिबद्धतासहित प्राङ्गारिक जिल्ला घोषणा गर्दै ‘एक घर, एक बगैंचा’ को अभियान थालेको हो । कर्णाली राजमार्गले कालिकोट, जुम्ला र आसपास क्षेत्रमा आर्थिक र सामाजिक रूपान्त्रणको ढोका खोलेको कालिकोटका सामाजिक अभियन्ता मीनबहादुर शाही बताउँछन् । भन्छन्, ‘अब कर्णालीका गाउँगाउँसम्म सडक सञ्जाल विस्तार गरेर आर्थिक समुन्नतितर्फ लैजानुपर्छ ।’ कछुवा गतिमा अघि बढिरहेको कर्णाली राजमार्ग निर्माणका लागि शाहीकै अगुवाइमा २०६० असार १० र ११ गते जुम्लामा भएको कर्णाली सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनले यस क्षेत्रको आर्थिक, सामाजिक रूपान्त्रणका लागि कर्णाली राजमार्ग पहिलो आवश्यकता भएको ठहर गर्दै निर्माणका लागि पहल गर्ने निर्णय गरेको थियो । ०४८ देखि हालसम्म राजमार्गमा २ अर्ब ५ करोड रुपैयाँ खर्च भइसकेको छ । ०४२ सालमा तत्कालीन निर्माण तथा यातायात मन्त्री हरिश्चन्द्र महतको प्रयासमा सम्भाव्यता अध्ययन गरिएको राजमार्ग शिलान्यास ०४८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए । पर्याप्त बजेट अभाव, फितलो कार्यान्वयन, राजनीतिक इच्छा शक्तिको कमि, ढिलासुस्ती, सशस्त्र द्वन्द्वलगायतका कारणले कर्णालीमा सडक पुग्न डेढ दशक लागेको थियो । -इकान्तिपूर बाट साभार

http://newssanchar.com/?p=4649

तुलाराम पाण्डे, कालिकोट कार्तिक ४, २०७३/मान्म ६ बद्रीगाउँका कुलप्रसाद आचार्य भालेको डाकोसँगै उठ्छन् । बारीमा पसेर बन्दा, काउली, रायो, गोलभेडालगायत तरकारी टिप्न थाल्छन् । हतार नगरे जुम्ला जाने गाडी छुट्ने पिरलो छ उनलाई । ‘कालिकोटको तरकारी बजार ...

Address

Kalikot
Manma

Alerts

Be the first to know and let us send you an email when Newssanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Newssanchar:

Share