20/06/2026
🎉 जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना 🎂
स्मार्टशैलुङ दोलखाका परिकल्पनाकार वरिष्ठ समाजसेवी एवं गीतकार सोभित उप्रेती
#स्मार्ट शैलुङ दोलखाका परिकल्पनाकार, विकासप्रेमी व्यक्तित्व, राष्ट्रिय प्रजातन्त्र पार्टीका सह–कोषाध्यक्ष, उप्रेती समाजका अध्यक्ष, Friends on the Cloud: Platform of Influencers Nepal का अध्यक्ष, एसएस फाउन्डेसनका संरक्षक, वरिष्ठ समाजसेवी एवं गीतकार आदरणीय सोभित उप्रेती ज्यू लाई जन्मदिनको पावन अवसरमा हार्दिक सम्मानसहित लाखौँ–लाख शुभकामना व्यक्त गर्दछौं।
स्मार्ट शैलुङ को अवधारणालाई व्यवहारमा रूपान्तरण गर्दै शैलुङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन, प्रचार–प्रसार गर्न तथा पर्यटन प्रवर्द्धनमा हजुरले निर्वाह गर्नुभएको नेतृत्वपूर्ण भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको छ। देश तथा विदेशका ख्यातिप्राप्त कलाकार, पत्रकार तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमार्फत छोटो समयमै शैलुङलाई चर्चित पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न हजुरको योगदान उल्लेखनीय रहेको छ।
त्यसैगरी, पर्यटन क्षेत्रको सुरक्षा, व्यवस्थापन तथा दीर्घकालीन विकासलाई मध्यनजर गर्दै निजी स्रोतबाट CCTV क्यामेरा जडान, अस्थायी प्रहरी पोस्ट निर्माणमा सहयोग, आवश्यक व्यवस्थापन तथा बसोबास सामग्री उपलब्ध गराउने कार्य, साथै सरसफाइ र वातावरण संरक्षणका लागि डस्टबिन व्यवस्थापन जस्ता कार्यहरू हजुरको सामाजिक उत्तरदायित्व र विकासप्रतिको समर्पणका सशक्त उदाहरण बनेका छन्।
हजुरको सामाजिक योगदान, सिर्जनात्मक यात्रा, विकासप्रतिको समर्पण र समाज रूपान्तरणको अभियानले अझ उचाइ प्राप्त गरोस्। सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सम्मान र निरन्तर सफलताको हार्दिक शुभेच्छा व्यक्त गर्दछौं।
जन्मदिनको धेरै धेरै शुभकामना! 🌺