हाम्रो प्यारो ओखलढुङ्गा

हाम्रो प्यारो ओखलढुङ्गा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाम्रो प्यारो ओखलढुङ्गा, Social Media Agency, Okhaldhunga Bazaar.

काभ्रेबाट हाम फालेर बेप"त्ता भएका दम्पतीमध्ये वृद्धाको श"व ओखलढुंगाको सुनकोशी नदी किनारमा फेला परेपछि परिवारजनले प्रारम्...
10/08/2026

काभ्रेबाट हाम फालेर बेप"त्ता भएका दम्पतीमध्ये वृद्धाको श"व ओखलढुंगाको सुनकोशी नदी किनारमा फेला परेपछि परिवारजनले प्रारम्भिक सना"खत गरेका छन् । प्रहरीले उपलब्ध गराएको तस्बिरका आधारमा आफन्तले प्रारम्भिक पहिचान गरे पनि उनीहरू घट"नास्थलमा पुगेर प्रत्यक्ष हेरेपछि मात्र श"वको पूर्ण पुष्टि हुने प्रहरीले जनाएको छ । मण्डनदेउपुर नगरपालिका–७ निवासी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुुंगाको सुनकोशी गाउँपालिका–१ खुजिङ्कुनास्थित नदीमा फेला परेको परिवारबाट प्रारम्भिक सनाखत भएको हो ।
“श"व अलि डिक"म्पोज भइसकेको अवस्थामा छ । कपालको तस्बिर र शरीरमा पिसाब थैलीको पाइप (क्याथेटर) राखिएको आधारमा काभ्रेका आफन्तले आफ्नै मानिस भएको भन्दै प्रारम्भिक सना"खत गर्नुभएको छ,” जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले भने, “उहाँहरूले फोटो हेरेर हो भन्नुभएको छ र उताबाट हिँडिसक्नुभएको छ । उहाँहरू श"व भएको स्थलमा पुगेर प्रत्यक्ष रूपमा हेरेपछि मात्र पूर्ण रूपमा पुष्टि हुनेछ ।”
आज दिउँसो करिब १:३० बजे नदीमा शव तैरिरहेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हर्कपुरबाट खटिएको टोलीले श"वलाई नदीबाट निकालेर सुरक्षित राखेको छ । घट"नाको कानुनी प्रक्रिया र अनु"सन्धानका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरीक्षक ईश्वर अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ ।
दम्पतीले ३ दिनअघि नदीमा एकसाथ हाम फा"लेका थिए ।

31/12/2024

Address

Okhaldhunga Bazaar
56100

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो प्यारो ओखलढुङ्गा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share