14/10/2026
जीवन बिष्ट लेख्छन्,' आज खगेन्द्र सुनारको अडियो अरू कसैले सार्वजनिक गरेको भए पत्याउन सकिन्थ्यो, तर जनआस्था र यसका सम्पादक किशोर श्रेष्ठले सार्वजनिक गरेको हुँदा यो ष'ड्यन्त्र हुन सक्छ, पत्याउन सकिँदैन भनेर तर्क गर्ने तिमीहरू ख'राने दो'ग्ला च'रित्र भएकाहरूले के कुरा बुझ भने, हिजो त्यही जनआस्था र किशोर श्रेष्ठले:
१. कृष्णबहादुर महराको यौ*नका*ण्डसँग सम्बन्धित अडियो सार्वजनिक गर्दा किन पत्यायौ?
२. ठूला राजनीतिक नेताहरू मुछिएको भिजिट भिसा प्रकरण सार्वजनिक हुँदा किन पत्यायौ?
३. ऐन महरविरुद्ध लागेको ज*ब*र्ज*स्ती क'र'णीको आ'रोप र त्यससम्बन्धी कानुनी प्रक्रियाबारे समाचार प्रकाशित गर्दा किन पत्यायौ?
४. घरमा काम गर्ने युवतीमाथि भएको भनिएको यौ*न दु*र्व्य*व'हार र मिलापत्रका लागि द'बाब दिएको आ'रोपसँग सम्बन्धित वकिलको फोन संवादको अडियो सार्वजनिक गर्दा किन पत्यायौ?
५. सरकारले सार्वजनिक नगरेको जेनजी आ'न्दो'लनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दा किन पत्यायौ?
६. मन्त्रीसँग जोडिएको कथित ७८ लाख रुपैयाँको घु*स लेनदेनसम्बन्धी अडियो सार्वजनिक गर्दा किन पत्यायौ?
७. आज खगेन्द्र सुनारको अडियो सार्वजनिक हुँदा मात्रै जनआस्था र किशोर श्रेष्ठको नियतमाथि प्रश्न उठाएर अडियो ष'ड्यन्त्र हुन सक्छ भन्दै पत्याउनै नसकिने तर्क किन गर्दै छौ?
कुरा स्पष्ट छ कुनै सञ्चारमाध्यमले पहिले सही समाचार दिएको थियो भन्दैमा उसले सार्वजनिक गरेको हरेक समाचार स्वतः सत्य हुँदैन। त्यसैगरी, कुनै सम्पादकको नियतमाथि प्रश्न उठ्यो भन्दैमा उसले सार्वजनिक गरेको हरेक समाचार स्वतः झु'टो पनि हुँदैन।
यदि श्रीषा कार्की प्र'क'र'ण र रवि लामिछानेलाई दिइएको दुःख बिर्सने हो भने, नेपाली खोज पत्रकारिताको इतिहासमा किशोर श्रेष्ठ र जनआस्था साप्ताहिकको भूमिका विकिलिक्स (WikiLeaks) र त्यसका संस्थापक जुलियन असान्जको जस्तै जस्तै छ भन्दा फरक पर्दैन। त्यही स्तरमा नभएपनि गो'प्य सूचना जनताले थाहा पाउने गरी दिन र अनुसन्धानत्मक समाचारका लागि यसको भूमिका उच्च छ। त्यसैले व्यक्ति हेरेर होइन प्रमाण हेरेर निष्कर्ष निकाल्ने गर तिमीहरूलाई सद्बुद्धि प्राप्त होस् शुभकामना छ।"