Hamro karnali TV

  • Home
  • Hamro karnali TV

Hamro karnali TV नमस्कार अनि हार्दिक स्वागत छ हाम्रो क?

18/03/2024

रुकुम पश्चिमबाट काठमाडौं जादै गरेको यात्रुवाहक बस बागलुङको निसीखोला जाउले पानीमा दुर्घटना भएको छ । हाल सम्म प्राप्त विवरण अनुसार ७ जनाको मृत्यु र २५ जना घाइते भएको खवर छ 😥😥

29/12/2023

पोखरामा श्रीमतीको घाँटी थिची हत्या गर्ने श्रीमान पक्राउ परेका छन् ।

म्याग्दी धौलागिरी ७ ताकम घर भई हाल पोखरा महानगरपालिका २९ नौबिसे बस्ने ३६ वर्षका रत्न बहादुर घर्तीले तोरी बारीको कान्लामा २९ वर्षीया श्रीमती रेखा घर्तिको घाँटी थिची हत्या गरेको प्रहरीले जनाएको छ ।

उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीे बताएको छ ।

30/11/2023

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ जिवाङ्ग खल्डाँडामा एक पुरुषको मृत्यु भएको छ ।

सोहि गाउँका ६३ वर्षिय मनबहादुर सुनारको शुक्रबार दिउँसो मृत्यु भएको हो । मृतकका गाउँले (भतिज नाता पर्ने) गणेश सुनारका अनुसार खाना खाने बेलामा घाँटिमा मासु अड्किएर उहाँको मृत्यु भएको हो ।

आफ्नै भाईको घरमा ढीडो र हड्डिसहितको मासु खाने बेला घाँटिमा अड्किएको थियो । त्यसको केहि समयपछि दिउँसो करिब २ बजे उहाँको मृत्यु भएको मृतकका भतिज सुनारले बताउनुभयो ।

मृतक सुनार अपांगता भएका व्यक्ति हुनुहुन्थ्यो । भारतको बम्बैमा गाडि दुर्घटनामा पर्नुभएका उहाँको एउटा खुट्टा रबरको रहेको र बैशाखीको सहाराले हिडडुल गर्ने गरेको बताईन्छ ।

शुक्रबार राती आएको भुकम्पको कारण रुकुम पश्चिममा मृत्यु ३६ जनाको मृत्युरुकुम पश्चिम ,२०८०।०७।१८ शुक्रबार राती आएको भुकम्प...
04/11/2023

शुक्रबार राती आएको भुकम्पको कारण रुकुम पश्चिममा मृत्यु ३६ जनाको मृत्यु
रुकुम पश्चिम ,२०८०।०७।१८
शुक्रबार राती आएको भुकम्पको कारण रुकुम पश्चिममा मृत्यु ३६ जनाको मृत्यु भएको छ ।
यो समाचार तयार पर्दा सम्म मृत्यु भएका २८ जनाको परिचान भएको छ भने ८ जनाको पहिचान हुन बाकिँ छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार मृत्यु हुनेहरुमा जिल्लाको आठविसकोट नगरपालिकाका १८ र सानीभेरी गाउँपालिकाका १० जना रहेका छन ।
मृत्यु हुनेहरुमा आठविसकोट नगरपालिका वडा नम्वर ११ बस्ने वर्ष ३५ की शिला कामी, वर्ष १३ की सिर्जना कामी, वर्ष ९ की रिया कामी, वर्ष ६ की दिया कामी, वर्ष ४ की आशा कामी, १८ महिनाकी एलिसा कामी रहेका छन ।
त्यसैगरी सोहि नगरपालिका वडा नम्वर १२ सानीबार्खु बस्ने वर्ष १४ को रमेश पुन र वर्ष १३ को डिल बहादुर के।सी।, वडा नम्वर १४ को वर्ष बासु बुढा, वर्ष ३० की अमृता जैसी, वर्ष ५ की भावना जैसी, वर्ष २ को दिपेन जैसी, वर्ष १२ की सरिता वि।क।, वर्ष १३ को मदन गौतम र वर्ष ८३ को करे नेपालीको मृत्यु भएको छ ।
भूकम्पमा परेर पूर्वी रुकुम घर भइ आठविसकोट नगरपालिका वडा नं १४ मा कोठा भाडामा बस्ने गाडि चालक वर्ष ३० को किस्मत पुन मगर, जिल्ला बर्दिया घर भइ कामको सिलसिलामा आएका वर्ष ४७ को खड्क वि।क। र वर्ष ३६ को अनिल वि।क।को पनि मृत्यु भएको छ ।
त्यसैगरी सानीभेरी गाउँपालिका वडा नम्वर १ चाइनाबगर बस्ने वर्ष ३१ को धनविर पुन, वर्ष २८ को चुम्निमा पुन, वर्ष ८ को यमराज पुन, वर्ष २ की सितम पुन, वडा नं २ परियार टोल बस्ने वर्ष १२ की मनिषा परियार, वडा नं ४ बस्ने वर्ष २५ की सन्तदा दमाइ, वर्ष ६ को कृष्ण परियार, वर्ष ८ को निर्जल चन्द, १० महिनाको शिशु रेजन ओली रेगन र वडा नम्वर १ की ६० वर्षिया सरस्वती बिकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
१४३ जना घाईते
यसैबिच यो समाचार तयार पार्दासम्म १४३ जना घाईते भएका छन । घाईते मध्य गम्भिर अवस्थामा रहेका पाँच जनालाई हेलिकप्टर र १२ जनालाई हवाई जहाज मार्फत उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार आठविसकोट नगरपालिका वडा नम्वर ११ का ३० वर्षिय तेजेन्द्र नेपाली, वडा नम्वर १० का ४१ वर्षिय रत्न कुमारी दमाई र वडा नम्वर १३ का ३० वर्षिय धनमाया पुन, वडा नम्वर १४ का ४ बर्षिय प्रताप बिक र ३८ बर्षिय गणेश मल्ललाई थप हेलिकप्टर मार्फत थप उपचारको लागि सुर्खेत पठाईएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत उहाँहरुलाई सुर्खेत पठाईएको हो ।
त्यसैगरी जिल्ला अस्पताल सल्लेमा १२ जनालाई थप उपचारको लागि नेपाल वायु सेवाको हवाई जहाज मार्फत नेपालगञ्ज पठाईएको छ ।
भूकम्पको कारण घाईते भएका १४३ जना मध्य अन्य बाँकिको जिल्लाका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल सल्लेमा २७ जना, चौरजहारी अस्पतालमा २१ जना, आठविसकोट नगर अस्पतालमा ३९ जना र सहिद स्मृति अस्पताल सानीभेरीमा ३६ जनाको उपचार भईरहेको छ ।
भूकम्पको कारण भत्किएका विभिन्न संरचनाको कारण १४२ जना घाईते भएको बताईएको छ । घाईतेहरुको जिल्लाका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ ।
जिल्लाका अन्य स्थानमा पनि मानविय क्षति भएको सूचना आएको र विवरण संकलनहुँदै गरेको प्रहरीको भनाई छ ।
शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६।४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

09/10/2023

indian idol मा मेनुका पौडेलको प्रस्तुतिले धरधरी रुवायो जज हरुलाइ ।

सुर्खेतको एक बिद्यालयको होस्टेलमा बालकको मृत्यु !दैलेख जिल्ला चामुण्डा बिन्द्रासैनि नगरपालिका वडा न.१ निवासी राजेन्द्र प...
30/09/2023

सुर्खेतको एक बिद्यालयको होस्टेलमा बालकको मृत्यु !
दैलेख जिल्ला चामुण्डा बिन्द्रासैनि नगरपालिका वडा न.१ निवासी राजेन्द्र पुलामीको छोरा "सालम पुलामि" कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर-६ स्थित "उषा बाल बाटिका विद्यालयमा" कक्षा १ मा अध्ययन गर्दै होष्टेलमा बसिरहेको अवस्थामा मृत फेला परेका छ ।
पहाडमा दु:ख गरि सम्पुर्ण जिम्मेवारी दिएर होस्टेल बसालेको अवस्थामा कक्षा १ मा पढ्ने कुनै विद्यार्थीले आत्महत्या गर्यो भन्ने विद्यालयको भनाइ गैरजिम्मेवारि पुर्ण एवंम खेतजनक छन । होस्टेलमा बसिरहेको विद्यार्थीको सम्पुर्ण जिम्मेवारी होस्टेल प्रशासनले लिनुपर्ने हुन्छ!बालकका आफन्तले बताएका छन ।
मृतक बालक प्रति हार्दिक श्रद्धाञ्जली ! 💐

Every father has a father
29/09/2023

Every father has a father

24/09/2023

ज्योती मगर ।

18/09/2023

Rabindra Dhant aka ‘Himalion’ from remote village of Bajhang has created history by winning the first fight in the world famous ONE CHAMPIONSHIP against Torepchi Dongak of Russia. He is the first ever Nepali to do so. Dhant has been widely appreciated by the people across the world. 😍

This is just the beginning. Moreee to come! Moreee to WIN!

Address


22000

Alerts

Be the first to know and let us send you an email when Hamro karnali TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro karnali TV:

  • Want your business to be the top-listed Advertising & Marketing Company?

Share