Neutral Vision Nepal

Neutral Vision Nepal Analyzing Nepal's political landscape through an unbiased lens. No sides, just facts and deep insight

RSP Shabhapati Rabi Lamichhane say, "हामीले ल्याउने अध्यादेशले कसैको पार्टी फुटाउने अभिप्राय राखेको छ कि छैन? हामीले ल्य...
29/04/2026

RSP Shabhapati Rabi Lamichhane say, "हामीले ल्याउने अध्यादेशले कसैको पार्टी फुटाउने अभिप्राय राखेको छ कि छैन? हामीले ल्याएको अध्यादेशले आम नागरिकलाई दुःख दिने कुरा छ कि छैन? हामीले ल्याएको अध्यादेशले अर्कालाई फसाउने, आफ्नालाई बचाउने, सरकारी जग्गा जमिन हडप्ने, बेच्ने... त्यस्तो गलत मनसायले ल्याएको अध्यादेश हो भने अध्यादेश त्यस्तो मनसायले ल्याउनु हुँदैन भन्ने कुरामा हामी पनि खुलेर कुरा गर्न सक्छौँ। हामीले अहिले केका लागि गरेका छौँ? त्यसको content यहाँहरूले सोध्नुभएको भए... अध्यादेश मात्र नभनेर अध्यादेशका विषयवस्तु मात्र भन्नुभएको भए त्यो अझ न्यायपूर्ण हुन्थ्यो होला। तर खैर, केही छैन। प्रश्न त उठिहाल्छन्।"
#नेपाल

यस्तो समाचार सुनेपछि बल्ल खुशि लाग्छ।सरकारले भन्सार यसै कडा गरेको हैन ।   हिजो कुहिएर खाडलमा, आज ट्रकका ट्रक बजारमा: धन्...
28/04/2026

यस्तो समाचार सुनेपछि बल्ल खुशि लाग्छ।सरकारले भन्सार यसै कडा गरेको हैन ।
हिजो कुहिएर खाडलमा, आज ट्रकका ट्रक बजारमा: धन्यवाद बालेन सरकार
सल्यानका एक किसानले आफ्नै बारीमा उत्पादन गरेको केरा मिनी ट्रकमा राखेर नेपालगन्ज पुर्‍याउँदा मात्र दुई घण्टाभित्र सबै बिक्री भएको छ। प्रतिदर्जन १५० रुपैयाँमा झपरि, मुन्ग्रे, फुस्रे र हजारी जातका स्थानीय केरा बिक्री भइरहँदा उपभोक्ताहरूको उल्लेख्य भीड लागेको थियो।

विगतमा बजार नपाउँदा केरा कुहिएर फाल्नुपर्ने, आफैँले खाएर सक्नुपर्ने वा बंगुरलाई दानाका रूपमा खुवाउनुपर्ने बाध्यता रहेकामा अहिले उचित मूल्य पाउँदा किसान निकै हर्षित देखिएका छन्।

भारतीय केराको आयातमा आएको कमीसँगै स्थानीय उत्पादनले बजार पाउन थालेको भन्दै ती किसानले बालेन सरकारलाई समेत धन्यवाद दिएका छन्। पहिलो पटक करिब ५०० दर्जन केरा लिएर आएका उनले मेहनत अनुसारको बजार पाएपछि अब अन्य गाउँका किसानका केरा समेत संकलन गरेर ल्याउने योजना बनाएका छन्।

28/04/2026

तुलसीपुरमा सुकुम्वासीकाे आन्दाेलनकाे तयारी

सम्माननीय प्रधानमन्त्री बालेन शाह ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना! 🎉
27/04/2026

सम्माननीय प्रधानमन्त्री बालेन शाह ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना! 🎉

24/04/2026
PM Balendra Shah writes, "नदी र खोला किनारमा रहेका यस्ता बस्तीहरूका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुग्दा उपत्यका...
24/04/2026

PM Balendra Shah writes, "नदी र खोला किनारमा रहेका यस्ता बस्तीहरूका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुग्दा उपत्यका नै फोहोर र नदीखोलाहरू दुर्गन्धित भइरहेका छन्। यो स्थानान्तरणले काठमाडौँको ढल निकास प्रणालीलाई सहज बनाउनेछ। यी विविध कारणले नै थापाथली, गैरीगाउँ अनि मनोहरा लगायत काठमाडौँका खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेका उहाँहरूलाई बल प्रयोग नगरी, मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको हो।"

मन्त्रिपरिषद् बैठकले गर्‍यो तीन निर्णय ( यस्ता छन् निर्णयहरू )निर्णय नं( १). Integrated Water Supply & Sewerage Manageme...
23/04/2026

मन्त्रिपरिषद् बैठकले गर्‍यो तीन निर्णय ( यस्ता छन् निर्णयहरू )

निर्णय नं( १). Integrated Water Supply & Sewerage Management Project का लागि एसियाली विकास बैठकबाट प्राप्त हुने अमेरिकी डलर एक सय पन्ध्र मिलियन सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी वित्तीय सम्झौता तथा अन्य सम्बन्धित दस्ताबेजलाई अन्तिम रूप दिने विषयमा वार्ता गर्न अर्थ मन्त्रालयको सहसचिवको नेतृत्वमा एउटा वार्ता टोली गठन गर्ने

निर्णय नं ( २ )..नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ भदौ २१ को निर्णयबमोजिम महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पुरै जग्गा (एक सय चौध रोपनी तीन आना) राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने गरी भएको निर्णयको सट्टामा सो जग्गा पूर्ववत् रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले नै प्रयोग गर्ने

निर्णय नं ( ३ )..सरकारी निकायमा भएका सफ्टवेयर तथा सूचना प्रविधि सम्बन्धी विषयमा अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने

कानुनको उपहास कि शक्तिको घमण्ड? मेयर खड्काको चीन भ्रमणमाथि गम्भीर प्रश्न!तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड...
22/04/2026

कानुनको उपहास कि शक्तिको घमण्ड? मेयर खड्काको चीन भ्रमणमाथि गम्भीर प्रश्न!
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काको हालैको चीन भ्रमणले स्थानीय सरकारको विश्वसनीयतामाथि नै प्रश्नचिन्ह खडा गरेको छ। ८ दिनसम्म नगरपालिका प्रमुखविहीन हुँदा पनि कार्यवाहकको जिम्मेवारी नतोकिनुले "स्थानीय सरकार सञ्चालन ऐन २०७४" को ठाडो उल्लंघन भएको छ।
के मेयर खड्का आफूलाई कानुन भन्दा माथि ठान्नुहुन्छ? ८ दिनसम्म कार्यालय अलपत्र छोडेर विदेश जाने अनुमति उहाँलाई कसले दियो?
एकातिर नगरपालिकाका सामान्य कामहरू प्रभावित भएका छन्, अर्कोतिर जनताले सामाजिक सञ्जालमा प्रश्न गरिरहेका छन्— "आफ्नै वडा पुग्न नसक्ने, तर चीन पुग्ने मेयर कस्तो हो?" के यो भ्रमण तुलसीपुरका जनताको लागि थियो कि मेयरको व्यक्तिगत रमाइलोको लागि? प्रशासन चुप लागेर बस्नुले थप सन्देह पैदा गरेको छ।
#जवाफदेहिता #स्थानीयसरकार #नेपाल #तुलसीपुर

नेपाल दक्षिण एसियामै कर्मचारीलाई हरेक १५ दिनमा तलब उपलब्ध गराउने व्यवस्था गर्ने पहिलो मुलुक बनेको छ।
21/04/2026

नेपाल दक्षिण एसियामै कर्मचारीलाई हरेक १५ दिनमा तलब उपलब्ध गराउने व्यवस्था गर्ने पहिलो मुलुक बनेको छ।

Important: आज दिउँसो २ बजेपछि ललितपुर दमकलमोड क्षेत्रमा रातो मच्छिन्द्रनाथको रथयात्रा हुने भएकाले दमकलमोड, पुल्चोक र गाव...
21/04/2026

Important: आज दिउँसो २ बजेपछि ललितपुर दमकलमोड क्षेत्रमा रातो मच्छिन्द्रनाथको रथयात्रा हुने भएकाले दमकलमोड, पुल्चोक र गावहाल क्षेत्रमा भिडभाड हुने छ भने उपत्यका ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
Alternative routes:
1). थापाथली - जावलाखेल: थापाथली चोक, कुपण्डोल, इनारमोड, हरिहरभवन, सुजुकी मोड, ओपेरा होटल, सेन्ट मेरिज स्कुल चोक, सुमेरु अस्पताल, अल्का अस्पताल हुँदै जावलाखेल चोक!

2). जावलाखेल - थापाथली: जावलाखेल चोक, खरीबोट, अल्का अस्पताल, भनिमण्डल चोक, सरस्वती मन्दिर, झम्सिखेल चोक, अरुण थापा चोक, ब्रिटिश स्कूल, सुमित होटल, कानदेवतास्थान, कुपण्डोल हुँदै थापाथली चोक!


Photo.

Former King Gyanendra Shah wishes New Year & says, "प्यारा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु हामी नयाँ वर्ष २०८३ मा आइपुगे...
14/04/2026

Former King Gyanendra Shah wishes New Year & says, "प्यारा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु हामी नयाँ वर्ष २०८३ मा आइपुगेका छौँ । नव वर्ष आरम्भको यो परिवर्तनको पुनित अवसरमा देशभित्र र संसारका विभिन्न भु-भागमा रहे बसेका सबै नेपालीहरुलाई सुख र शान्तिको मंगलमय शुभकामना । समयको प्रवाहसँगै हामिले हाम्रो देश र हाम्रो समाजलाई प्रगतिपथमा अघि बढाउदै जानुपर्दछ । विगतका कमिकमजोरी र त्रृटिलाई सच्याउदै र बाधाबेवधानलाई पन्छ्याउदै हामी हाम्रो उच्चतम गन्तव्य तर्फ लम्किनु पर्दछ तब नै नयाँ वर्षको नवगत समयको अर्थ रहन्छ...।"

गृहमन्त्री सुदन गुरुङले चितवनको तुइन खोला र घोप्टे भीर क्षेत्रको अवलोकन गरेका छन्। हरेक वर्ष मनसुनको समयमा तुइनखोलासँगै ...
12/04/2026

गृहमन्त्री सुदन गुरुङले चितवनको तुइन खोला र घोप्टे भीर क्षेत्रको अवलोकन गरेका छन्। हरेक वर्ष मनसुनको समयमा तुइनखोलासँगै रहेको भिरमा प'हिरो ख'स्दा यात्रुहरु घा'इते हुने र घण्टौ यातयात प्रभावित हुने भएको गुनासो आएसँगै सडक बिभागका अधिकारी र चितवनका सिडिओ गणेश अर्याललाई बर्खा लाग्नु अगाडि नै समस्या समाधान गर्न निर्देशन दिएका छन्।

Address

Salyan
22200

Website

Alerts

Be the first to know and let us send you an email when Neutral Vision Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share