देशदर्पण- Desh Darpan

देशदर्पण- Desh Darpan “देशको आवाज, जनताको विश्वास”
-Deshdarpan

12/08/2026

धनुषा जिल्ला अदालत अगाडि मिटरब्याजपीडित महिलाद्वारा आत्मदाहको प्रयास ||

30/07/2026

प्रधानमन्त्री बालेन शाहको राष्ट्रको नाममा सम्बोधन ! B***n shah

26/07/2026

भोटेकोशीमा यसरी खस्यो ईभी गाडी, चालक बेपत्ता...

घुमुवा प्रहरी भन्दै रकम असुल्ने एक जना नक्कली पेस्तोलसहित पक्राउरुपन्देहीमा घुमुवा प्रहरी भन्दै रकम असुल गरेको आरोपमा एक...
25/07/2026

घुमुवा प्रहरी भन्दै रकम असुल्ने एक जना नक्कली पेस्तोलसहित पक्राउ

रुपन्देहीमा घुमुवा प्रहरी भन्दै रकम असुल गरेको आरोपमा एक जना पक्राउ परेका छन् । नक्कली घुमुवा प्रहरी बनेर रकम असुल गर्ने गरेको आरोपमा सिद्धार्थनगर नगरपालिका-१३ घर भई ओमसतिया गाउँपालिका-४ बालापुरमा भाडामा बस्ने ४९ वर्षीय राकेशरताप राणा पक्राउ परेका हुन् ।
घुमुवा प्रहरी भन्दै दश हजार रकम मागिरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सिद्धाथर्नगर-१३ शान्तिनगरबाट उनलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट नक्कली पेस्तोल, गाँजा, मोबाइल र २६०० रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।

पेट्रोलमा २० रुपैयाँ र खाना पकाउने ग्यासमा १०० रुपैयाँ मूल्य घट्योकाठमाडौं । पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाइ...
30/06/2026

पेट्रोलमा २० रुपैयाँ र खाना पकाउने ग्यासमा १०० रुपैयाँ मूल्य घट्यो
काठमाडौं । पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाइएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १०० रुपैयाँले सस्तो भएको छ। नयाँ मूल्य सम्बन्धित निकायले लागू गरेको जनाएको छ। मूल्य समायोजनसँगै उपभोक्ताले पेट्रोल र खाना पकाउने ग्यास खरिद गर्दा केही राहत पाउने अपेक्षा गरिएको छ। नयाँ मूल्य आजदेखि लागू भएको छ।

बेहोस बनाएर लुट्ने गिरोहका तीन जना पक्राउ, १८ वर्षदेखि अपराधमा संलग्न रहेको खुलासाबेहोस बनाउने औषधि प्रयोग गरी सर्वसाधार...
29/06/2026

बेहोस बनाएर लुट्ने गिरोहका तीन जना पक्राउ, १८ वर्षदेखि अपराधमा संलग्न रहेको खुलासा

बेहोस बनाउने औषधि प्रयोग गरी सर्वसाधारणको सुन, नगद र मोबाइल लुट्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुद्धकुमार श्रेष्ठ, केदार श्रेष्ठ र चोरीको सुन खरिद गर्ने जय शिव शक्ति ज्वेलर्सका सञ्चालक नवराज घिमिरे रहेका छन्।

प्रहरीका अनुसार आरोपितहरूले पेय पदार्थमा नसालु पदार्थ मिसाएर पीडितलाई बेहोस बनाउने र त्यसपछि सुन, नगद तथा मोबाइल लुट्ने गरेका थिए। अनुसन्धानका क्रममा उनीहरूले बनेपाकी एक महिला र मण्डनदेउपुरका एक वृद्धलाई पनि यही तरिकाले लुटेको खुलेको छ।

लुटिएको सुन ज्वेलर्समा बिक्री गरेको आधारमा सुन पसल सञ्चालकसमेत पक्राउ परेका हुन्। प्रहरीले तीनै जनाविरुद्ध म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। अनुसन्धानबाट उनीहरू विगत १८ वर्षदेखि यस्तै प्रकृतिका लुटपाटमा संलग्न रहेको र २०६५ सालमा पनि यस्तै मुद्दामा सजाय भोगिसकेको तथ्य खुलेको प्रहरीले जनाएको छ।

प्रधानमन्त्री बालेनलाई हत्या गर्ने धम्की दिने दुई किशोर पक्राउ धनुषामा प्रधानमन्त्री बालेन शाहलाई गोली प्रहार गरेर हत्या...
29/06/2026

प्रधानमन्त्री बालेनलाई हत्या गर्ने धम्की दिने दुई किशोर पक्राउ
धनुषामा प्रधानमन्त्री बालेन शाहलाई गोली प्रहार गरेर हत्या गर्ने धम्की दिएको आरोपमा दुई किशोर पक्राउ परेका छन्। पक्राउ पर्नेमा मुखियापट्टीका कमन यादव र सुधिर मुखिया रहेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरूको साथबाट एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको जनाएको छ।

ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ चढ्ने सरकारी गाडीको कालो सिसा हटाएको छ। स...
29/06/2026

ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ चढ्ने सरकारी गाडीको कालो सिसा हटाएको छ। सिंहदरबार पुगेको ट्राफिक टोलीले गाडीमा जडान गरिएको कालो स्टिकर हटाएको हो। गृहमन्त्री गुरुङले आफ्नै गाडीबाट अभियान सुरु गर्दै उपत्यकाभर निजी तथा सार्वजनिक सवारीका कालो सिसा हटाउने अभियानलाई तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्।

29/06/2026

विनियोजन विधेयक २०८३ माथि संसदमा उठेका प्रश्नहरुको जवाफ दिैद अर्थमन्त्री स्वर्णिम वाग्ले Swornim Wagle

29/06/2026

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

Address

Sindhuli
45900

Website

Alerts

Be the first to know and let us send you an email when देशदर्पण- Desh Darpan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share