15/08/2026
💓 देउती बज्यैको मन्दिर निर्माणमा श्रद्धापूर्ण सहयोग 💓
सधैं सकारात्मक सोच राख्ने, सामाजिक कार्यमा सक्रिय तथा प्रेरणादायी मेलमिलाप ग्रुपका सक्रिय सदस्य, सिम्ता गाउँपालिका वडा नं. ५, पानीखोला निवासी श्री टिकाराम पौडेल ज्यूले आफ्नी स्वर्गीय माता श्री पिम्सरा पौडेल ज्यूको पवित्र स्मृतिमा आफ्नो गाउँको देउती बज्यैको पावन माटोमा निर्माणाधीन मन्दिरका लागि रु. ५,५५५/- (पाँच हजार पाँच सय पचपन्न रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
जन्मभूमि, संस्कृति र आस्थाप्रति देखाउनुभएको उहाँको यो श्रद्धापूर्ण, सम्माननीय तथा प्रेरणादायी योगदानका लागि मेलमिलाप ग्रुप तथा सम्पूर्ण पानीखोला बासीको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं। 🙏
🙏 देउती बज्यै मन्दिर निर्माणको करिब ९०% काम सम्पन्न भइसकेको छ भने अब अन्तिम १०% काम मात्र बाँकी रहेको छ। त्यसैले यस पवित्र तथा गौरवशाली कार्यलाई पूर्णता दिन सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, इष्टमित्र तथा शुभेच्छुक महानुभावहरूलाई आफूले सकेको आर्थिक सहयोगसहित अभियानमा जोडिन हार्दिक आह्वान गर्दछौं।
तपाईंको सानो सहयोग पनि मन्दिर निर्माण सम्पन्न गर्ने ठूलो आधार बन्न सक्छ।
🙏 स–साना योगदानहरूले नै ठूला कार्य सफल बनाउँछन्।
🌺 जय देउती बज्यै! 🌺
सिम्ता गाउँपालिका वडा नं. ५
मेलमिलाप ग्रुप, पानीखोला