God's Journey With Me

God's Journey With Me Welcome to God's Journey With Me, Offical Page I share my personal journey of faith and spiritual growth.

विवाह (marriage):-१) विवाह एकजना पुरुष र स्त्रीबिचको स्थायी एकता हो, जुन परमेस्वरले सुरु गर्नुभएको थियो (उत्पत्ती२:२४; म...
05/12/2025

विवाह (marriage):-
१) विवाह एकजना पुरुष र स्त्रीबिचको स्थायी एकता हो, जुन परमेस्वरले सुरु गर्नुभएको थियो (उत्पत्ती२:२४; मलाकि२:१५; मत्ती१९:५-६) ।
२) इसाइ नीति शास्त्र अनुसार पवित्र विवाहमा त्रीएक परमेस्वर, मण्डलीका अगुवा, अभिभावक, साक्षिहरु (निम्तालुहरु) र दुलहा दुलहीको उपस्थिती हुनुपर्छ ।

३) विवाह आदरणीय (कुनै दाग वा चाउरी नपरेको) हुनुपर्छ (एफिसी५:२७; लेवि१८:६-१८) ।

४)छोराछोरीको रुचिलाइ ध्यानमा राखेर आमा बुबाले नै जीवन साथी चुन्ने गर्थे (उत्पत्ती२१:२१; रुथ३:१-५; न्यायकर्ता१४:२)

५) प्राचीन समयमा (पुरानो करारमा) बहुविवाह भएको देखिन्छ तर त्यसमा परमेस्वरको समर्थन भएको हुदैन थियो (लेवि१८:६-१८; मलाकी२:१४; मर्कुस६:१८) ।

६) प्राचीन इस्राएलिहरुको बिचमा मगनी विवाह बन्धन जस्तै हुन्थ्यो (व्यवस्था२२:२३-२७; मत्ती१:१८-२०) ।

७) स्री र पुरुष विवाह बन्धनमा बाधिदा निस्वार्थ भावले एकअर्काप्रती पुर्णरुपले समर्पित हुनुपर्छ (मत्ती१९:५-६; हिब्रु१३:४) ।
८) बाइबलले विवाहपुर्वको शारीरिक सम्बन्धलाइ वा पति पत्निभन्दा बाहिरको सम्बन्धलाइ अनुमति दिदैन (लेवि१८:६-१८; मलाकी२:१४; मर्कुस६:१८; रोमि७:२) ।

९) बाइबलले विवाहमा स्त्री र पुरुषको स्थान बराबर रहेको कुरालाइ जोड दिन्छ (उत्पत्ती२:२३-२४) ।

१०) विवाहपछी उत्तरदायित्त्वको हैसियतले पुरुष वा पति घरको मुल वा शिर हुन्छ (उत्पत्ती३:१९; १कोरिन्थी११:३; रोमि५:१२) ।
११) येशुको प्रेमको अर्थ अरुको सेवा गर्नु हो, पति पत्निले पनि एक अर्कालाइ यस्तै प्रकारको प्रेम गर्नुपर्छ । अर्थात् पतिले पत्निलाइ प्रेम गर्नुपर्छ भने पत्निले पतिलाइ आदर गर्नुपर्छ (एफिसी५:२२-३३) ।
१२) पति पत्नीलाई कसैले नछुटाओस भन्ने परमेस्वरले चाहानुहुन्छ (मति१९:४-६) ।
१३) सकभर गैरइसाइ विवाह नगर्न सल्लाह दिन्छन पावल (१कोरिन्थी७:३९) ।
१४) पति पत्निले शारीरिक सम्बन्धदेखि एक अर्कालाइ इन्कार गर्नुहुन्न (१कोरिन्थी७:५) ।
१५) कारणवस इसाइ र गैरइसाइ विवाह हुदा हुनिहरु छुटिन चाहादैन भने नछुटोस (१कोरिन्थी७:१२-१४) ।

१६) विवाह गर्नुपर्ने केही कारणहरु:-
क) व्यविचारसम्बन्धी परिक्षाबाट बच्न (१कोरिन्थी७:२) ।
ख) संगती गर्नको लागि (उत्पत्ती२:१८,२२-२४) ।
ग) सृष्टिलाई अगाडि बढाउनको लागि (उत्पत्ती१:२८)............ आदि ।
१७) नपुंसकता, आत्मासंयमी र अपरिपक्ताको परिस्थितिमा मानिस अविवाहित रहन सक्छ (मति१९:१२; १कोरिन्थी७:७-८,३२-३५) ।

१८) व्यविचारको कारणबाहेक अरु कारणले सम्बन्ध बिच्छेदको अनुमती बाइबलले दिदैन (मति१९:६-९) ।

१९) विवाहित जोडिमध्ये एकको मृत्यु भएको अवस्थामा दोस्रो विवाह गर्ने अनुमती बाइबलले दिन्छ (१कोरिन्थी७:३९-४०)
२०) विवाह एक करार हो (हितोपदेश२:१७; मलाकी२:१४)
२१) विवाह एक प्रकारको रहस्य हो (एफिसी५:३१-३२) ।

21/11/2025
तपाईं जस्तो परमेश्वर को छ र? जसले पाप क्षमा गर्नुहुन्छ र आफ्नो उत्तराधिकारको बाँकी रहेकाहरूको अपराध क्षमा गर्नुहुन्छ? तप...
21/11/2025

तपाईं जस्तो परमेश्वर को छ र? जसले पाप क्षमा गर्नुहुन्छ र आफ्नो उत्तराधिकारको बाँकी रहेकाहरूको अपराध क्षमा गर्नुहुन्छ? तपाईं सधैंभरि रिसाउनुहुन्‍न तर दया देखाउनमा खुशी हुनुहुन्छ।

मीका ७:१८ (NIV)

12/11/2025

कलवरी शब्द कहाँ लेखिएको छ बाइबलमा ? र यसको अर्थ के हो ?
=> बाइबल इन्स्च्युटमा पढाउने क्रममा एकजना विद्यार्थी भाइले सोध्नुभएको प्रश्न हो । भाइले उत्तर पाउनुभयो । मेरो फेसबुक साथिहरुलाइ पनि यसबारे थाहा नहुन सक्छ भनेर पोस्ट गर्दैछु ।
=> भजन गाउँदा थुप्रैचोटि उच्चारण गरिएको शब्द हो कलवरी । विषेशगरि येशुको मृत्युको समयमा गाइने भजनमा ।

=> नेपाली बाइबलमा कलवरी शब्द मैले पाइन । अंग्रेजी बाइबलमा पनि किङ जेम्स भर्जनलाइ पछ्याउने केही अंग्रेजी बाइबलमा मात्रै । जस्तै:- गिदोन भर्जन बाइबलको लुका२३:३३
त्यसो हो भने हामिले किन भजन गाउदा कलवरी भनेर गाएका हौं ? यसको खास अर्थ के हो ?
=> नेपालि र अंग्रेजि बाइबलमा उल्लेख गलगथा शब्द जुन आरामाइक भाषाबाट आएको हो । जसको अर्थ "खोपडीको वा टाउकोको ठाउँ" भन्ने हुन्छ । र
कलवरी शब्द ल्याटिन भाषाको "क्यालभेरिया" शब्दबाट आएको हो र क्यालभेरियाको अर्थ पनि "खोपडिको वा टाउको ठाउँ" भन्ने नै हुन्छ ।

निचोड:- गलगथा र कलवरीको अर्थ एउटै भएकोले र गाउन सजिलो होस भनेर भजन रचयिताहरुले गलगथाको साटो कलवरी शब्द उल्लेख गरिएको हुनुपर्छ ।
धन्यवाद !!!!

05/11/2025

Shout out to my newest followers! Excited to have you onboard! Devendra Gohil, Thapa Gyanu Magar, Jeewan Bk, Durga Kharel, ابومحمد جنوني اراكاني, Subrata Sing, Rakesh Rager, Lakhan Prajapati, Rijul Laskar, प्ररदेशी कान्छा, Md Babu Howrah, Rutha Rai, Kiyeho Wokhami

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when God's Journey With Me posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share