17/01/2026
२२ जना सहिद भए पछि मात्र हो गगनलाई आट आउने ? आफ्नो घर जले पछि मात्र हो गगन लाई आट आउने ? २०६२/६३ मा राजा लाइ निरंकुश भन्दै ढुगा हानेर आएको मान्छेले जनताले आफू तिर फर्केर निरंकुश भन्दै ढुङ्गा हाने पछि मात्र हो आट आउने ? जनताले गगन लाई धेरै पर्खे। धेरै आशा गरे। तर उनले कहिल्यै वास्तविक विद्रोह गर्न सकेनन्। गगनले आटेको भए यो देशमा अरु बैकल्पिक पाटीको उदयनै हुदैनथ्यो होला ।
पार्टीभित्र बोल्नु र लड्नु फरक कुरा हो यो कुरा गगनले धेरै ढिलो भएपनि बुजेको होलान्। जनताको दृष्टिमा काँग्रेस त धेरै अघि नै आफ्नो सिद्धान्त र आत्मा गुमाइसकेको थियो। जनताको लागि काङ्ग्रेस धेरै पहिला नै मरिसक्यो।
अब जब बैकल्पिक शक्ति बलियो देखिन लागेको थियो फेरि गगनको उदय हुनु अर्को कुर्सी र शक्ति शत्ताको लडाइ मात्र हो । इतिहास फेरि घुमेर त्यही आयो फेरि शक्तिको लडाइ फेरि त्यस्तै अस्तिरता निम्त्याउछ्न यिनिहरुले ।
यिनिहरुलाइ कदापी बिस्वाश गर्न सकिँदैन ।
गगन ले प्रतिशोध को राजनीति बाट मुक्त भएर अरु दल ले राम्रो गरेको छ भने राम्रो लाई राम्रो भन्ने हिम्मत राखेर आफू लाई परिमार्जन गरेर देखाउनु पर्ने छ।
कांग्रेस भित्र बुढा र भ्रष्ट हरुको हार युवा को जित मात्र भनुम् अहिले को लागि अरु सारा कुरा समय को हात मा छोडुम। समय बलवान छ।