08/08/2026
लगभग सबै मन्त्रिपरिषद मिटिङमा सबै मन्त्रिहरूकाे उपस्थिति हुन्छ अहिले । सबै जना आफ्नाे कर्तव्य जिम्मेबारि पुर्वक पुरा गर्दैछन् ।
यस्ताे अवस्था बिगत ३६ बर्षमा निकै कम भयाे हाेला । सबै मन्त्रिहरू एकैपटक भएकाे बिरलै थिए । तिनलाइ कार्यकर्ता खुशि पार्न बाेलाएकाे ठाउँमा जानै पर्ने, भातृसंगठनकाे कार्यक्रममा जानैपर्ने, बिचाैलियका काेठे मिटिङमा जानैपर्ने, बिदेश भ्रमणमा जानैपर्ने, मतदाता रिझाउन जिल्ला गइरहनुपर्ने, अनि तालमेलकाे सरकार हुँदा बिबिध कारणले असहयाेग गर्नपर्ने, आदि इत्यादि कारणले उपस्थित हुदैनथे ।
फेरि, निति नियमकाे बारेमा तिनले केहि जान्नु पर्दैनथ्याे,
सबै काम कर्मचारि, बिचाैलिया र INGO, NGO का टिमले तयारि गर्दिन्थे । तिनलाइ यस्ताे झनझट काममा भुल्न फुर्सद नै थिएन । मन्त्रिपरिषदमा पेश भएपछि पास गर्ने मात्र काम थियाे तिनकाे ।
याे कुरा सहि कि गलत, कमेन्ट गर्नुस 🙏