04/08/2025
✅️नयाँ परीक्षा खुल्ने सम्बन्धी जानकारी🇰🇷
HRD korea ले आफ्नो वेबसाइटमा नेपालको लागि UBT तर्फ नयाँ परीक्षा फाराम खोल्ने तालिका प्रकाशन गरेको छ। उक्त वेबसाइटमा देखाइए अनुसार परीक्षा फाराम सन् 2025 August 11 देखि 16 सम्म ६ दिन खुल्ला रहनेछ। कुन कुन सेक्टरमा कति कति कोटाको फाराम खुल्ने भन्ने अन्तिम जानकारी इपिएस शाखा, ग्वार्कोद्वारा प्रकाशन हुनेछ। हामी जानकारी गराउनेछौँ। आफ्नो तयारी निरन्तर गर्नुहोला।
नोट: यो परीक्षा फाराम नयाँ परीक्षार्थीहरुका लागि खुल्ने हो। अर्थात् १८ देखि ३९ वर्ष उमेर समुहका जो सुकै नेपाली नागरिकले भर्न पाउनुहुनेछ। यस सम्बन्धी विस्तृत विवरण पुनः प्रकाशन हुनेछ।
पढाइ भनेको गोडिएको बिउ हो,
समयमै पानी हाल्यौं भने ज्ञानको बोट उम्रिन्छ,
नत्र बिर्सिने ओसारिने हुन्छ।
याद राख,पढेको कुरा बिर्सिनु कमजोरी होइन, तर सुधार गर्न नमानेर बस्नु दुर्भाग्य हो।तिमीमा क्षमता छ, तिमीमा बल छ ।
बस, तरिका मिलाउनु बाँकी छ।
आजैदेखि पढ्न थाल,बुझेर, लेखेर, दोहोर्याएर,
अनि आत्मा भित्रसम्म ज्ञान भरौं ताकि जिन्दगीको जुनसुकै मोडमा पढेको कुरा बिर्सिएँ भन्नु नपरोस्।
अबको आसा कोरियन भाषा🇰🇷