14/04/2022
नव वर्ष २०७९ सालको हार्दिक मङ्गलमय शुभकामना
आजको शुभ दिनको अवसरमा नेपाल र प्रवासमा रहेका नेपालीहरूको साझा र सार्वजनिक सरोकारका विषयहरूमा जनमत र बिचार सङ्कलन र सम्प्रेषण गर्ने अनलाइनमा आधारित मञ्चको रूपमा ’पोल नेपाल डट कम’ तपाईँहरू समक्ष ल्याएका छौ ।
हुन त केही समय अघि देखी हामीले परीक्षणका लागी सार्वजनिक गरिराखेकै थियौँ । तर, आज २०७९ साल वैशाख १ गतेको दिन पारी हाम्रो अनलाइनलाई आधिकारिक रूपमा तपाईँहरू माझ सार्वजनिक गरिएको औपचारिक जानकारी गराउन चाहन्छौँ ।
लोकतान्त्रिक र न्यायसङ्गत समाजमा हामी जनमतको कदर गर्दछौँ । तसर्थ सामाजिक, आर्थिक, राजनैतिक र समग्र देश देखि परदेशसम्मका बिचार र भावनालाई देश चलाउने नीति बनाउने तहसम्म पुगोस् र यसले निर्णय प्रक्रियामा मदत पुर्याओस् भन्नका लागि सानो प्रयासको थालनी गरेका हौँ ।
‘पोल नेपाल’ राजनैतिक, जातीय, क्षेत्रीय, धार्मिक, वा कुनै पनि वादको पक्षपोषण गर्दैन । कुनै पनि यो वा त्यो प्रकारका भेदभाव बाट टाढा रही, निष्पक्ष र स्वतन्त्र पूर्वक आफ्ना उद्देश्य अनुरूपको कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै तपाईँहरूको साथ, सहयोग र सहकार्यको निमित्त हार्दिक अपिल गर्दछौ ।
पोल नेपाल डट कम, परिवार